रामेछाप : सहिद सप्ताहकाे अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेकाे छ ।
माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापकी जिल्ला नेतृ एवम् क्रान्तिकारी महिला संगठन नेपाल रामेछापकी संयाेजक सिता गाैतमले महान सहिद निलराज लामाकी आमा शान्ति कुमारी लामालाई सुनापति गापा-१ स्थित उहाँकाे घरमा पुगी खादा लगाएर सम्मान व्यक्त गरेकी छन् ।
त्यसैगरी महान सहिद भिष्मराज गाैतमकाे श्रीमति मञ्जु गाैतम र दाइभाउजुलाई खादा लगाएर सम्मान सम्मान गरिएकाे छ । शनिबार सैलुङ दाेरम्बा गापा-६ स्थित रिट्ठेमा पुगी सम्मान गरेकाे बताइएकाे छ ।
त्यसैगरी बेपत्ता हुनु भएका डुन्डु तिवारीकी श्रीमती सितामाया तिवारी र छाेरी राधिका तिवारीलाइ नेतृ सिता गाैतमले शनिबारै उहाँकै घरमा पुगी खादा लगाइ सम्मान व्यक्त गरेकी छन् ।
बेपत्ता परिवारले भने ‘बेपत्तामा परेकाकाे न राज्यले सहिद घाेषणा गर्छ, खाेजतलासी गरेर परिवारलाई जिम्मा लगाउछ । हामीलाई अन्यय परिरहेकाे छ कसले न्याय दिन्छ, कि सास चाहियाे कि त लास चाहियाे ।’ अहिलेसम्म राज्यबाट पाउने सुविधासमेत नपाएकाे गुनासाे समेत नेतृ गाैतमलाई व्यक्त गरिएकाे छ ।