पूर्व जनमुक्ति सेनाका कमान्डर आफ्नै पूर्व सहकर्मीबाट कुटिए,नेता सुदर्शनले भेटे कमान्डरलाई

काभ्रे : पुर्व जनमुक्ति सेनाका कम्पनी सहायक कमान्डर ग्याङ्जा लामा ( भाैतिक) लाई साेहि जिल्लाका पुर्व सहकर्मी साथिहरुले कुटपिट गरि घाइते बनाएका थिए । काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँ पालिका – २ मा गत फाल्गुन ३ गते साेहि ठाउमा बस्ने बर्ष २८ का बस्ने देवराज तामाङ र बर्ष ४७ का कान्छा लाल तामाङले राति १० बजे कुटपिट गरि घाइते अवस्थामा छाेडेर भागेका थिए।

हाल घाइते भाैतिक ललितपुर जिल्लाको बि एण्ड बि हस्पिटलमा उपचारक्रममा छन् । राजनैतिक प्रतिसाेधका कारण एक्कासि आक्रमण गरेकाे र मरनासन्न अवस्थामा छाेडेर भागेकाे घाइते बताउँछन्। पहिला संगै माओवादी पार्टीमा काम गरियाे अहिले आयर साथिहरुले राजनैतिक दुरी टाढा हुनुले यसरी कुटपिट गरेर ज्यान मार्ने किसिमको धम्की दिनुभयाे । म असुरक्षित भयकाे बिरामी बताउँछन् ।

शुक्रबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि सुदर्शनले घाइते अवस्थामा रहेका भाैतिक लाई भेटेर स्वास्थ्य लाभकाे कामना गरेका छन्।

नेता सुदर्शन का साथमा ,पार्टी केन्द्रीय सदस्य जिवित, ३ नम्बर प्रदेश कार्यलय सचिव झनक श्रेष्ठलगायतको टाेलीले बिरामीलाई भेटेर स्वास्थ्य लाभकाे कामना गरेका छन् । कुटपिट मा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लियकाे छ भने एक जना फरार रहेकाे बताएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?