जाजरकोट : जनयुद्धका सहिद ललित बहादुर सिंह (मण्डल)काे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।तत्कालीन जनयुद्धको क्रममा २०६२ साल फाल्गुन १६ गते पाल्पा जिल्लाको तीन गिरे भन्ने ठाउँमा जनमुक्ति सेना र तत्कालीन शाहि नेपाली सेना बिच दाेहाेराे भिडन्त भएकाे थियाे । साेहि भिडन्तमा कम्पनी कमाण्डर ललित बहादुर सिंह ( मण्डल ) काे सहादत भएकाे थियाे ।

प्रत्येक बर्ष फाल्गुन १६ गते सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै आएकाेमा आज पनि विभिन्न कार्यक्रम गरि सहिद मण्डलको १८ ओै स्मृति दिवस सम्पन्न भएकाे हाे।

ललित बहादुर सिंह ( मण्डल) २०५५ सालमा तत्कालीन जनयुद्धमा भुमिगत भई ,वाइसीएल सदस्य , हुदै कम्पनी कमान्डर काे जिम्मेवारी मा काम गर्दै आयका एक शाहासिक र निडर कमान्डर थिए । उनकाे सानै देखिकाे बिद्रोहि स्वभाव र अन्याय कहिलै नसहने न्यायका लागि सधै आवाज बुलन्द गर्ने बालापन देखिका स्वभाव थिए।