क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली
सिन्धुपाल्चोक : क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल जिल्ला संगठका समिति सिन्धुपाल्चोक जिल्ला सदस्य रेशम माक्तानकाे ममतामही आमा कर्म तामाङको यही फागुन ३ गते ७२ वर्षकाे उमेरमा निधन भएकाेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ । फागुन ११ गते जिल्ला संयाेजक सृष्टिले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ४ निवासी कर्म तामाङको निधनले अत्यन्तै दुःखित भएकाे बताउदै रेशम मोक्तानलगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । संयाेजक सृष्टिले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य कमरेड रेशम मोक्तानको ममतामही आमा तथा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वडा नं. ४…