क्रान्तिकारी प्रेस संगठनको संयोजकमा नारायण शर्मा
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकतापछि ती पार्टी निकट पत्रकार सङ्गठनहरुका बिचमा केन्द्रीय कार्यालय स्तरीय संयुक्त बैठक २०८१ असार १ गते काठमाडौंमा सम्पन्न भएको जनाइएको छ । बैठकले लिएका निर्णय सार्वजनिक जानकारीका लागि संयोजक नारायण शर्माले जारी गरेको वक्तव्यमा बैठकले दुबै पत्रकार सङ्गठनका बिचमा एकता गर्न नारायण शर्मा संयोजक, सह संयोजकमा कमल बुढा र नारायण पङ्गेनी रहनु भएको ८१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । एकता राष्ट्रिय भेला २०८१ श्रावण ५ गते काठमाडौंमा गरिने जनाइएको छ । एकता राष्ट्रिय भेला आयोजक समिति निम्नानुसार…