जन बिहानी

1502 Posts
विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

काठमाण्डौ : विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा युवाहरु प्रवेश गरेका छन् । २०८१ साल भाद्र १५ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेको थियो । कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा वागमती प्रदेश संयोजक अटलको अध्यक्षता, कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यता रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश सह–संयोजक प्रभात ,काठमाण्डौ जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ ,ललितपुर जिल्ला इन्चार्ज खगेन्द्र रहेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र अध्यक्षबाट अविर सहित खादा ओढाएर स्वागत गरिएको थियो । ने.क.पा.माओवादी केन्द्र , ने.क.पा. विप्लव समुह…
Read More
शनिबार मध्यरातबाट लागू हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार मध्यरातबाट लागू हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४…
Read More
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…
Read More
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडाैँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशीलाइ प्रहरीले गिरफ्तार गरेकाे छ । उनलाइ काठमाडाैँकाे नरेफाट काेटेश्वरबाट भदाै १३ गते बिनाकारण प्रहरीले गिरफ्तार गरेकाे छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय संयाेजक महेश श्रेष्ठले उनलाइ तत्काल ससम्मान रिहाइ गर्न माग गरेका छन् ।
Read More
क्रान्तिकारी द्वारा बेपत्ता विद्यार्थीको खोजी गर्न माग

क्रान्तिकारी द्वारा बेपत्ता विद्यार्थीको खोजी गर्न माग

काठमाडौ : अखिल (क्रान्तिकारी)ले रूस अध्यन गर्न भनी गएका विद्यार्थी दिनेश नायक अलपत्र भएकोमा खोजी गर्न नेपाल सरकार सित माग गरेकोछ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले २०८१ भाद्र १४ मा एक वक्तव्य प्रकाशित गरी सो माग गरेका हुन। वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –नेपाली विद्यार्थीहरू शैक्षिक बेरोजगारीको समस्याका कारण ठूलो संख्यामा विदेशिन बाध्य भैरहेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार ड्रीम कन्सल्टेन्सी,ल्याण्डमार्क कन्सल्टेन्सी लगायत शैक्षिक परामर्श केन्द्रबाट अध्ययन सँगै उचित रोजगारीको प्रलोभन देखाइ रूस पुर्याइएका विद्यार्थीहरूलाई भने जस्तो रोजगारीको ब्यबस्था हुन नसकेकाले लगभग १५० विद्यार्थीहरू अलपत्र पर्नुका साथै यसै कारण दिनेश नायक रसियाली सेनामा भर्ती हुन बाध्य…
Read More
सर्वहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने वस्तु केही छैन

सर्वहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने वस्तु केही छैन

लेखक : गंगा पौडेल कम्युनिष्ट घोषणा पत्र वैज्ञानिक साम्यवादका आविष्कारद्वय कार्लमाक्स र फ्रेडरिक एंगेल्सको ऐतिहासिक कृति हो । १८४७ मा वेलायतमा भएको युरोपियन कम्युनिष्टहरुको सम्मेलनमा कम्युनिष्ट लिगको गठन भएपछि माक्र्स एेंगेल्सले घोषणापत्र तयार गरेका थिए । कम्युनिष्ट घोषणापत्र विश्वका मजदुर र क्रान्तिकारी आन्दोलनको एउटा धारिलो हतियार बनेको छ । यो हतियारले अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनको कामलाई गतिशिल बनाएको छ । घोषणापत्र विश्व विख्यात कृतिको रुपमा स्थापित भएको छ । १८४८मा जर्मनभाषामा यसको पहिलो प्रकाशन भएको थियो । संसारका धेरै भाषामा यसका संस्करणहरु निष्केका छन् । नेपालीभाषामा पनि यो प्रकाशन भएको छ । विश्वका विभिन्न मुलुकहरुमा मजदुर आन्दोलन र प्रगतिशील जनवादी आन्दोलनको…
Read More
देशको गीत गाउँछु माइती देशमा गएर

देशको गीत गाउँछु माइती देशमा गएर

लेखक : मनु विक फेरी आयो तीज पनि म चेलीलाई रुवाउनआका छैनन् माइती लिन दर खुवाउन ।साह्रै शून्य हुँदै गयो माइतीको आगनटोलाउँदै छन् रुख,पात साँझ ,बिहान ।चरी पनि विरहमा रुँदै बोल्छे डालीमायसपालीको तीजमा पनि जान पाईन म ।जान्छु भन्छु ,तीज आउँदा ,माइतीलाई सम्झेरदिन त्यसै बिताउँदै छु आँसु पुछेर ।आउँ चेली माइत भनी बोलाउँछे चरीलेविरहको गीत गाउँछे मिठो बोलीले ।पङ्ख खोली उड्ने चरी डाली समाइ रुँदैछझरी, बतास, असिनाको चोट खाँदैछ ।साह्रै निष्ठुर ,चोटहरु वषौंदेखि सहेकोमुटुभित्र पीडा लुकाई बाँची रहेको ।चोटले विदेश पुगेका छन् माइतीमा दाजुभाईएक्लै आँगन हेर्नुपर्छ बुढीआमालाई ।घर शून्य ,गाउँ शून्य भयो माइती देशमादिदीबहिनी ,दाजुभाई पुगे परदेशमा ।रित्तो गाउँमा हुन्न…
Read More
भक्तपुर काण्ड : सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र

भक्तपुर काण्ड : सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा पञ्चायती राज्यस्तरबाट रचित २०४५ सालको भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘भक्तपुर काण्ड’ सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र भएको स्पष्ट पार्नुभयो ।जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताहरू पद र पैसाको निम्ति नभई देश र जनताको निःस्वार्थ सेवामा लाग्नुपर्ने बताउँदै उहाँले अन्यायको विरोध नगर्ने कम्युनिष्ट नहुने बताउनुभयो ।नगरपालिकाका कर्मचारीहरूले आफ्नो पदअनुसार इमानदारीपूर्वक काम गर्न मार्गनिर्देश गर्दै उहाँले नैतिक रुपमा पतन भएका व्यक्तिको समाजमा कुनै इज्जत हुँदैन भन्नुभयो ।राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक रुपमा परिपक्व हुनुपर्ने भन्दै उहाँले जनप्रतिनिधि र कार्यकर्ताहरूले व्यक्तिगत फाइदा भन्दा पनि समाजको हितको निम्ति काम…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा २०८१ भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम हुने भएको छ । राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको पक्षमा तथा देशमा व्याप्त महंगी ,भ्रष्टाचार वेरोजगारी तमाम प्रकारका वर्तमान अवस्थामा देखिएका वेथितिको विरोधमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कार्यक्रम गर्ने भएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको तीन न. प्रदेश अन्र्तगत काठमाण्डौ, भक्तपुर र ललितपुरको संयुक्त आयोजनामा १७ गते १२ बजे रत्नपार्कको शान्तिवाटिकामा जम्मा भई जुलुसको कार्यक्रम गर्ने पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली 'सुदर्शन'ले हाँक टुडेलाई जानकारी दिए । जुलुस रत्नपार्कबाट शुरु भएर शहिदगेट ,न्यूरोड हुँदै जनवहालमा पुगेर सभामा परिणत हुने र सभामा प्रवक्ता तथा तीन न. प्रदेश इञ्चार्ज…
Read More
अखिल भारत नेपाली एकता समाजमा मूल प्रवाहका दर्जनौं सदस्यहरू प्रवेश

अखिल भारत नेपाली एकता समाजमा मूल प्रवाहका दर्जनौं सदस्यहरू प्रवेश

महेन्द्र बस्याल/लखनउ, भारत : भारतमा कार्यरत नेपाली मजदुरहरुको प्रमुख संगठन अखिल भारत नेपाली एकता समाजमा मूलप्रवाहका दर्जनौं सदस्यहरु प्रवेश गरेका छन् । २८ अगस्त २०२४ का दिन एक बृहत भेलामा उनीहरु मूलप्रवाह परित्याग गरी अखिलभारत नेपाली एकता समाजमा प्रवेश गरेका हुन् । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य विकास थापा र बसन्त वलीको पहल र केन्द्रीय सचिवालय सदस्य धनविर सुनारको विषेश उपस्थितिमा भारतको लखनउ शहरमा कार्यरत नेपाली मजदूरहरूबीच २८ अगस्त २०२४ का दिन एक बृहत भेला सम्पन्न भएको थियो ।उक्त भेलामा मूल प्रवाहका दर्जनौ सदस्यहरूले मूल प्रवाहको माउ पार्टी राष्ट्रिय जनमोर्चा र ने.क.पा (मसाल) ले जनताको हितमा भन्दा पनि…
Read More