दाङमा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
दाङ : २०८१ फागुन २५ मा क्रान्तिकारी महिला संगठन दाङव्दारा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न गरिएको छ ।क्रान्तिकारी महिला संगठन दाङ जिल्लाको अध्यक्ष हेमन्ता घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी महिला संगठन केन्द्रीय सदस्य सुशिला आचार्यले मन्तव्य राख्नु भयो । ११५ बर्ष अगाडि अमेरिकामा महिलाहरुले पुरुष बराबर समान काम ,समान ज्याला, समान समय ,लगाएत मागहरु उठाएर गरिएको आन्दोलनले तत्कालीन शासकले महिला अधिकारका लागि कानुनी ब्यबस्था गर्ने र लागू गर्ने बाध्य भए । तर पनि हाम्रो समाजमा अहिलेसम्म पनि विभेद छ । सरकारले अहिलेसम्म ध्यानदिन सकेको छैन । यो राज्य ब्यवस्थाबाट पुर्ण अधिकार प्राप्त गर्न महिलाहरु बञ्चित भएका छौ ।…