जन बिहानी

1509 Posts
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम भेला सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम भेला सम्पन्न

मकवानपुर : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। उक्त भेलाले सद्दाम हुसेनकाे नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ भने बाँकी १ जना सदस्य पछि थप गर्ने निर्णय गरेकाे जानकारी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गणेश खड्की 'गगन'ले जन बिहानीलाई दिनु भएकाे छ । निर्वाचित हुनेहरू सचिवमा सद्दाम हुसेन, सदस्यहरूमा मनकुमार न्याैपाने, हरिकुमार विक, दिपक लामा, मिन बहादुर गाैतम, सचिता देवकाेटा, प्रभा श्रेष्ठ, जावेद अन्सारी, सेराद अन्सारी, अमर लामा रहेका छन् । भेलालाई प्रमुख अतिथि एवं क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला…
Read More
एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

देशका ३ वटा कम्युनिस्ट पार्टी ने.क.पा. (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीच २०७९ सालको मंसिरबाट पार्टी एकताका लागि औपचारिक वार्ता शुरु भएको थियो । त्यसभन्दा पहिले अनौपचारिक वार्ता तथा एमसीसी विरोधी आन्दोलन, चुनाव बहिष्कार आन्दोलन, राष्ट्रघाती नागरकिता विधेयक सम्बन्धी आन्दोलन र अन्य राष्ट्रियता, जनतन्त्र, जनजीविकाका आन्दोलनमा सहकार्य भएका थिए । सहकार्य, वार्ता र छलफलको पृष्ठभूमिमा तीन पार्टीहरुबीच पार्टी एकतालाई अगाडि बढाउने निस्कर्षमा पुगेका थियौं । आधारभूत रुपमा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्तलाई तीन वटै पार्टीले स्वीकार गरेका थियौं । देशको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अंग भएको र सर्वहारा अन्तर्राष्ट्रवादलाई स्वीकार गर्दै विद्यमान दलाल नोकरशाही…
Read More
आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज ३ प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडाैँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ। दिउँसो कोसी, बागमती…
Read More
रक्तिम सांस्कृतिक अभियानले उचाल्यो पोखरा

रक्तिम सांस्कृतिक अभियानले उचाल्यो पोखरा

रक्तिम र सामना परिवारका कलाकारहरुको बेजोड प्रस्तुती पोखरा : रक्तिम सांस्कृतिक अभियानद्वारा बुधबार पोखरा सभागृहमा आयोजित ‘विविध जनसांस्कृतिक कार्यक्रम’मा गीत प्रस्तुत गर्दै गायक जीवन शर्मा । तस्बिर : राम थापा/रासस गण्डकी ।‘चाहिँदैन मलाई सुनको दरबारचाहिँदैन मलाई हिरामोती हारयसै राम्रो छ मेरो पैदल यात्राचाहिँदैन मलाई टल्कने कार‘’जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए, कतिले नाचेर साथ दिए । बुधबार सन्ध्यापख जनगायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहको मञ्चमा उभ्याएपछिको माहोल यस्तै थियो । उहाँले ‘चाहिँदैन मलाई सिसाको महल‘’, ‘सिमली छायाँमा बसी‘’ लगायत आफ्ना चर्चित सुनाउनुभयो ।वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको…
Read More
जारी छ सदस्यता नवीकरण अभियान

जारी छ सदस्यता नवीकरण अभियान

पाण्डिचेरी : अखिलभारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीले सदस्यता नवीकरण अभियान निरन्तर रुपमा जारी राखेको छ । नयाँ नयाँ ठाउँमा नयाँ सदस्यता र २०२४ को सदस्यतानविकरण अभियान गरिरहेको नगर समितिले मिति २९ सेप्टेम्बर २०२४ कादिन आरोभिल एरियामा व्यापकता साथ अभियान सञ्चालन गरेको छ । अभियानमा नगर अध्यक्ष सुर्य थापा , सदस्य राकेश चौधरी र एरिया समितिका चित्रबहादुर चौधरी , आलश चौधरीको उपस्थिति रहेको थियो । अखिल भारत नेपाली एकता समाजको बारेमा प्रशिक्षणकासाथ संगठनको विधान र सदस्यता प्रमाणपत्र संगठनका अध्यक्ष सुर्य थापाले प्रधान गरेका छन् ।
Read More
क्रान्तिकारी आन्दोलनको वर्तमान अवस्था

क्रान्तिकारी आन्दोलनको वर्तमान अवस्था

अहिले विश्वकै क्रान्तिकारी आन्दोलनले धक्का खाएको अवस्था छ ।विश्वमा पूँजीवादी साम्रज्यवादी शक्तिहरुको बोलवाला रहेको छ । विश्वव्यापी रुपमा कही पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको शासन सत्ता आफ्नो हातमा रहेको छैन ।आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु प्रतिक्रियावादी सत्ताको हिस्सेदार बनेका छन् ।संसदीय व्यवस्थामा रमाइरहेका छन् ।संसदीय निर्वाचनलाई नै आफ्नो रणननीति बनाएका छन् । यही व्यवस्थाबाट नै समाजवाद आउँछ भनिरहेका छन् र उस्तै परे यही व्यवस्था नै समाजवादी व्यवस्था हो भन्दै जनतालाई गुमराहमा राखिरहेका छन् । विश्वको परिवेश जस्तो रहेको छ ।अहिलेको नेपालको परिवेशपनि त्यही प्रकारको रहेको छ ।यहाँका आफूलाई कम्युनिष्ट बताउने पार्टीहरु यस्तै गरिरहेका छन् । संसदीय व्यवस्था नै उत्तम व्यवस्था हो भनिरहेका…
Read More
प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई ज्याग्दीखोला साहित्य प्रतिष्ठानले पुरस्कृत गर्ने

प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई ज्याग्दीखोला साहित्य प्रतिष्ठानले पुरस्कृत गर्ने

कास्की : ज्याग्दीखोला साहित्य प्रतिष्ठानले बरिष्ठ प्रगतिवादी समालोचक तथा सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र भण्डारी सहित माक्र्सवादी लेखक रामराज रेग्मी र काजी रोशनलाई तीन फरक फरक साहित्यिक पुरस्कारले सम्मान गर्ने भएको छ । स्याङ्जामा जन्मिएका प्रा.डा.जगदीशचन्द्र भण्डारीले विगत चालीसको दशसदेखि निरन्तर प्रगतिवादी साहित्य लेखन, समालोचना तथा सौन्दर्यशास्त्रीय लेखनमा कृयाशील रहेर कलम चलाउँदै आउनुभएको छ । उहाँलाई ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०८१’ ले सम्मान गरिने भएको छ । त्यस्तै, प्रतिष्ठानले पोखरामा जन्मेर संस्कृति तथा दर्शनका क्षेत्रमा साधनारत रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान – २०८१’ द्वारा सम्मान गर्ने भएको छ ।…
Read More
आज कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेशका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न

कञ्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कञ्चनपुरको जिल्ला सम्मेलन असोज ६ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला संयोजक बिष्णु राम दमाईको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय कार्यालय सदस्य इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो । सम्मेलनमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्री, प्रदेश संयोजक रामबहादुर चौधरी, प्रदेश सहसंयोजक रामबहादुर केसी लगायतको आतिथ्यता रहेको थियोे । सम्मेलन उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज विक्रान्त, प्रदेश संयोजक चौधरी, प्रदेश इन्चार्ज जाग्रीले शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रमुख अतिथि सिग्देलले आगामी महाधिवेशनमा पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति कस्तो हुने र क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विषय बहसको मुख्य विषय भएको बताउँदै कञ्चनपुरको जिल्ला सम्मेलन…
Read More
आज रक्तिम साँस्कृतिक अभियानको प्रस्तुति हुँदै

आज रक्तिम साँस्कृतिक अभियानको प्रस्तुति हुँदै

पोखरा : रक्तिम साँस्कृतिक अभियानले असोज १६ गते पोखरामा सम्पन्न गर्न गइरहेको साँस्कृतिक प्रस्तुति हुँदैछ । रक्तिम सास्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले मंगलबार हाँक सित कुरा गर्दै सो कुराको जानकारी गराएका हुन् । अध्यक्ष शर्माले पोखरास्थित पोखरा सभागृहमा दिउँसो २ बजे देखि ५ बजेसम्म विशेष साँस्कृतिक प्रस्तुति रहने बताए । रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहने पनि बताईएको छ । रक्तिम साँस्कृतिक अभियानका महासचिव उदय रिजाल , पूर्व केन्द्रीय अध्यक्ष नारायण योगी ,उपाध्यक्ष दलबहादुर वि.क. ,कोषाध्यक्ष डम्बर भण्डारी कलाकारहरु धनबहादुर थापा , पम्फा वञ्जाडे पूर्व केन्द्रीय कोषाध्यक्ष भरत श्रेष्ठ , प्रतिभा पौडेल ,सुजन…
Read More