नवलपरासीमा मनाइयाे ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नवलपरासी : २०८१ फागुन २४ गते क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा, जिल्ला सेक्रेटरी रवि पाण्डेय, सहिद तथा बेपत्ता परिवार समाजकी जिल्ला संयोजक उर्मिला थापा र क्रान्तिकारी महिला संगठन नेपालकी जिल्ला संयोजक मुक्तमाया महतोले सम्बोधन गर्नुभयो ।

कार्यक्रमको अखिल (क्रान्तिकारी) जिल्ला सदस्य आर्जु ढकालले संचालन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका संयोजक राम प्रसाद अर्गेजा ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल , सहिद परिवार धनकुमारी सुनार लगायतको आतिथ्यता थियो ।कार्यक्रम पछि तीनवटा महिला संगठनहरु अनेमसंघ (क्रान्तिकारी) ,अनेमसंघ(क्रान्तिकारी) र अखिल नेपाल महिला संघबीच एकता घोषणा गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?