
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले देशभरी “जनसम्बन्ध विस्तार अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ । यही चैत्र १ गते देखि २०८२ वैशाख १९ गते मे दिवशसम्म ४५ दिने लम्वे अभियान मध्य पहाडी लोकमार्गको पूर्वमा चुवाभन्ज्याङग, पश्चिमको झुलाघाट र पुर्व–पश्चिम तराइ लोकमार्गको पूर्वमा काँकडभिट्टा र पश्चिमको गड्डाचौकी गरी देशका चार स्थानबाट एक दिन ( चैत्र १ गते) जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरिने भएकोछ । नेपालको राजनीतिक इतिहासमा यसरी पूर्व–पश्चिम, पश्चिम– पूर्व दुवै लोकमार्गलाई आधार बनाएर फरक फरक समयमा विभिन्न पार्टी संगठनले अलग–अलग मार्गमा अभियानको कार्यक्रम गरे पनि देशको मध्य पहाडी लोकमार्गको पूर्व–पश्चिम, तराई लोकमार्गको पूर्व–पश्चिमबाट एकैदिन उद्घाटन गरेर काठमाण्डौमा केन्द्रित हुने गरी जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मात्र पहिलो पार्टी हो ।
पहाडी लोकमार्गको पूर्वी पहाडीखण्ड चुवाभन्ज्याङ टोली न. १ को नेतृत्व क. राजविरले गरेर उक्त टोली देशका १४ जिल्ला पाँचथर, तेहथुम, धनकुटा, भोजपुर, खोटाङग, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र ललितपुर गरी प्रत्येक जिल्लामा सरदर तीन दिन १४ जिल्लामा ४५ दिन सम्म निरन्तर अभियान सञ्चालन गर्दै काठमाण्डौमा २०८२ वैशाख १९ गते मे दिवश तथा पार्टी एकता घोषणा भएको दिन आइपुग्ने छ । मध्यपहाडी लोकमार्गको पश्चिम टोली न. ४ को नेतृत्व क. सुदर्शनले गरेर उक्त टोलीले चैत्र १ गते बैतडीको झुलाघाटबाट अभियान शुरु गरेर देशका १४ वटा जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, दाङ्ग, प्युठान, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, नवलपुर, चितवन, धादिङ्ग हुँदै काठमाण्डौ वैशाख १९ गते पुग्ने छ । तराइ लोकमार्गलाई आधार बनाएर कञ्चनपुरको गड्डाचौकीबाट चैत्र १ गते टोली न.३ को नेतृत्व क. कुमुदले गर्दै १३ जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, रुकुम, बाग्लुङ्ग, पर्वत, कास्की, तनहुँ, लमजुङग, गोरखा, नुवाकोट हुँदै वैशाख १९ गते काठमाण्डौ पुग्ने छ । देशको पुर्वी तराई खण्डको झापाको काँकडभिट्टाबाट टोली न. २ को नेतृत्व क. प्रतिकले गर्दै देशका १३ जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिराह, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर हँुदै वैशाख १९ गते काठमाण्डौमा आइपुग्ने छ । काठमाण्डौमा २०८२ वैशाख १९ गते चारवटै टोली सहित विशाल जनसभा गरी जनसम्बन्ध विस्तार अभियानको समापन हुनेछ ।
देशमा क्रान्तिकारी आन्दोलन कमजोर भएको अवस्थामा क्रान्तिकारी पार्टीहरुको सांगठनिक अवस्था पनि न्यून रहेको स्थितिमा जनताका माझ पार्टी जानुको विकल्प थिएन । संगठनको आकार छाता प्रकारको वा केन्द्रीय समिति ठूलो तर जनवर्गीय संगठन, मोर्चा, पेशागत संगठन नाम मात्रका आफै कुनै गतिविधि गर्न नसक्ने अवस्थामा र व्युरो जिल्ला संगठनमा पनि नामसम्म भएको तर तिनको वैचारिक सांगठनिक संघर्ष उठान गरेर हजारांै हजार जनता परिचालन गर्ने क्षमता दक्षता नभएको जिल्लास्तरमा पनि जनवर्गीय संगठन मोर्चाका भूमिका प्रभावकारी हुन नसकेको परिस्थिति, जिल्ला भन्दा तल एरिया नगर गाउँपालिका वडा गाउँ टोल क्याम्पस विद्यालय कारखाना समुदाय माझ संगठन नपुगेको अवस्थामा क्रान्तिका लागि हजारांै हजार संगठनमा लाखांै लाख जनतालाई गोलवन्द गर्ने आवश्यकता महशुस गरेर पार्टीले देशका दुई तिहाइ भू–भागमा एकै पटक चार टोलीले चारै दिशाबाट ४५ दिने जनसम्बन्ध विस्तार अभियान निरन्तर सञ्चालन गरिने भएकोछ ।
अभियानमा केन्द्रीय टोलीले जिल्ला–जिल्लामा सरदर ३३ दिन कार्यक्रम गर्ने छन् । केन्द्रीय टोली अर्को जिल्ला गए पछि सो जिल्लामा जिल्ला पार्टीले निरन्तर ४५ दिन अभियान सञ्चालन गर्ने छन् । अभियानका क्रममा साना (चुलो, चौतारी चियापसलमा कोण सभा), ठूला कार्यक्रममा सभा, ¥याली, जुलुस, अन्तक्रिया, टिभि, रेडियो एफएम प्रिन्ट वा अनलाईन पत्रिकामा सुचना विज्ञापन अन्तक्र्रिया लाईभ प्रसारण समेतका कार्यक्रम गर्न सकिने छन् । जहाँ जनता त्यहाँ पार्टी पुग्ने नीति अन्तर्गत जनता खेतमा विद्यालयमा मिल, कारखाना वा कार्यस्थलमा वा विवाह वर्त मेलापात वा जहाँ छ त्यही गएर कार्यकर्ताले पार्टी विचारलाई जनतासँग राखेर सदस्यता दिई एक जनादेखि लिएर जति जनासम्मको सम्भव हुन्छ । कमिटी निर्माण गरेर सम्बन्धित जिल्ला पार्टीलाई बुझाउनु पर्ने हुन्छ । केन्द्रीय टोली अर्को जिल्लामा गएपछि जिल्ला पार्टीले जिल्लाभरीका नगर, गाउँ, वडामा यस्तै प्रकारका कार्यक्रम निरन्तर २०८२ वैशाख १९ गते सम्म सञ्चालन गर्नुपर्ने हुन्छ ।
देशको दुई तिहाइ भु–भागमा एकै पटक सञ्चालन हुन गइरहेको जनसम्बन्ध विस्तार अभियानमा केन्द्रीय टोलीहरुले एकदिनमा सरदर पाँच हजार जनतासँग भेटघाट गर्न सकेमा पन्ध्र हजार जनतासँग जिल्लामा एउटा टोलीले प्रत्यक्ष भेटघाट गरेर पार्टी विचार प्रवाह गर्न सकिने छन् । चार वटै केन्द्रीय टोलीले ४५ दिने अभियानको क्रममा करिव २८ लाख जनतासँग प्रत्यक्ष र रेडिया, टिभि, एफएम सामाजिक सञ्जाल प्रिन्ट वा अनलाईन पत्रिकाका माध्यमबाट अप्रत्यक्षरुपमा करोडौ जनता समक्ष पार्टीका धारण पु¥याउन सकिनेछ । साथै जिल्ला पार्टीले प्रत्येक दिन ५ सय व्यक्तिसँग प्रत्येक्ष भेटघाट गरेमा ४५ दिनमा ५४ वटा जिल्लामा करिव १२ लाख जनतासँग प्रत्यक्ष र लाखौलाख जनतासँग अप्रेत्यक्षरुपमा गरी ४५ दिने अभियानका क्रममा करिव ४० लाख जनतासँग प्रत्येक्ष भेटघाट गरी त्यसको दश प्रतिशत जनतालाई मात्र पार्टीमा भर्ना गर्न सकेमा यो अभियानबाट चालिस हजार नयाँ व्यक्तिहरुलाई पार्टीको वरिपरी गोलवन्द गर्न सकिने प्रवल सम्भावना अभियानले बोकेको छ ।
चालिस हजार नयाँ व्यक्ति संगठित गर्नका लागि केन्द्रीय र स्थानीय टोलीमा सहभागीहरुको कार्यक्षमता, दक्षता कार्यकुशलताका आधारमा कार्यविभाजन गरि टोलीका सहभागीहरुमा टिम स्पीरिटमा मिल्नुका साथै क्रान्ति पार्टी जनताप्रति अगाध विश्वास, आशा, भरोसा हुनु जरुरीछ । जसलाई क्रान्ति प्रति आशा भरोसा विश्वास हुँदैन ऊ भौतिकरुपमा सहभागी भएपनि दृढतापूर्ण कामको जिम्मेवार पूरा गर्न सक्दैन । विभिन्न वहानावाजी गलत झुठ रिपोर्ट तथा टालटुलेकाम मात्र गरेर आउने छ । अभियान विकट वस्तीमा रहेका किसान, सुकुम्वासी, मजदुर, विद्यार्थी, युवा, महिला, दलितका माझमा सञ्चालन गरिने भएकोले अवश्य पनि सुविधायुक्त सहज सजिलो मनोरञ्जनात्मक हुने छैन । कैयौं अप्ठ्यारा, असहजता कठिनाइका पहाडहरुसँग अभियानले जुध्नुपर्ने छ । पद, पैसा, प्रतिष्ठा प्रचारका लागि मरिहत्य गर्ने, पार्टीको आवश्यकता भन्दा आफु अनुकूलताको जिम्मेवारी र कार्यक्षेत्रमा मात्र जाने, चिया गिलासमा क्रान्तिको तुफान सिर्जना गर्ने प्रवृत्तिका लागि गाउँवस्तीका ओकाली ओराली कहिले भोक्कै तिर्खा अनिदै हिंड्न गाह्रो अप्ठ्यारो भए पनि हिडेर संगठन निर्माण गर्नै पर्नेहुन्छ । मासु खानु छ भन्ने रगत बगाउनै पर्छ मासु, चरा, कुखुरा, माछा, खसी, बोका, रागा, बंगुर जे को खाए पनि रगत विनाको मासु हँुदैन त्यसैगरी क्रान्ति गर्नका लागि क्रान्तिकारी पार्टी निर्माण गर्ने हो भन्ने संघर्षको मैदानमा आएका जस्तासुकै बाधा अवरोधको सामना गरेर मात्र हामी अगाडि बढ्न सक्छौ । निराशा, संकिर्णता, कुण्ठा, प्रतिशोष, रिस, डाहाले हामीलाई निष्कृय, पलायन तथा क्रान्ति प्रति विमुख हुने ठाउँमा पु¥याउनेछ । आशा विश्वास भरोसाले हामीलाई क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्न मद्दत गर्नेछ । निश्चित पनि अभियानले पार्टी जीवनमा नयाँ आशा भरोसा र विश्वासको सन्देश प्रवाह गर्नेछ ।
केन्द्रीय टिमका सहभागीहरुले कम्तिमा १४ वटा जिल्ला तराइ–पहाडका अध्ययन गर्न पाउने छन् । अभियानको मुल उद्देश्य राजनितिक विचारको प्रवाह र संगठन निर्माण भएपनि सगँ–सँगै नयाँ नयाँ ठाउँ वस्तीका विभिन्न सँस्कृति संस्कार बोकेका जनतामा माझ हामी जाने भएकोले उनीहरुको जीवनशैली, सँस्कृति, कला, ज्ञान सीपको नजिक बाट अध्ययन गर्न र टिमकै कामरेडहरुको एक अर्कासँग भएको ज्ञान सीप क्षमता पनि हेर्ने सिक्ने राम्रो कुरालाई आत्मासात गर्ने सुवर्ण अवसर प्राप्त हुनेछ । जनता माझ जाउँ जनताबाट सिकौ र जनतालाई नै दिउँ भन्ने कुरा अभियानले व्यवहारतः पुष्टि गर्नेछ । केन्द्रीय र स्थानीय टीममा नपरेका परेको भए पनि अभियानमा विविध कारणले हिंड्न नसकेका कमरेडहरुले जनसम्बन्ध विस्तार अभियानको ज्ञान, अनुभव र अनुभूति प्राप्त गर्ने सक्ने छैन्न । आफुलाई अझ खदिलो तरिकाले खार्ने तिखो बनाउने अवसर गुमाउने छन् । तसर्थ स्थानीयस्तरमा वा अन्य ढंगले सबै कामरेडहरु यस अभियानमा जोडिनुपर्दछ ।
अभियानको क्रममा स्थानीय जनसरोकारका विषयहरु पनि उठान गर्नुपर्ने हुन्छ । जुन मुद्दा स्थानीय जनताको प्रत्येक्ष सरोकार रहन्छ तथा प्रभावित पनि गर्छ । बैतडीको झुलाघाटको टोली न. ४ ले मध्ये पहाडी लोकमार्गका जिल्लामा वसाइ सराइका कारण गाउँ विद्यालय रित्तिएको, जग्गा घर बाझा भएका, कृषि अनुदान वास्तविक जनताले नपाई कांग्रेस, एमाले, माकेका कार्यकर्ताले किसानको नामको अनुदान अपचलन गरेका छन् । केन्द्र प्रदेश र स्थानीय तहहरुले कमिसनमा योजना खरिद विक्रि गरी भ्रष्टाचार गरेको, जातका आधारमा छुवाछूतको चलन कानुनले दण्डनीय गर्दा पनि समाजमा कायमै रहेको, साना किसानले सरकारी बैंकबाट सहुलियत ऋण प्राप्त गर्ने नसकेको, किसानका वस्तुभाउलाई नगदी सम्पत्तिका रुपमा बंैकले स्वीकार नगरेका जस्तै कैयौं किसान मजदुरका जीवनसँग दैनिकरुपमा सरोकार राख्ने विषयवस्तुहरुलाई केन्द्रीय तथा जिल्लाका टोलीहरुले अवस्था र स्थिति हेरेर उठान गरेर संघर्ष गर्दा अभियानको सफलताका लागि स्थानीय मुद्दा अभिन्न अङ्ग हुने छन् ।
५४ जिल्लामा ४५ दिनसम्म पूर्णकालीन रुपमा केन्द्र जिल्लास्तरमा करिव एक हजार जना र पार्टटाइमका रुपमा हजारौं कार्यकर्ता परिचालित भएर चालिस लाख जनतासँग प्रत्यक्ष र करोडांै जनतासँग विभिन्न माध्यमबाट पार्टीका विचारहरु पु¥याउन सकिने छ । चालिस लाखको दश प्रतिशतले हुन आउने चालिस हजार जनतालाई पार्टी नजिकका विभिन्न संगठनमा संगठित गर्ने ध्येयका साथ अभियानमा सहभागी भइ क्रान्तिकारी आन्दोलनमा व्यवहारतः जोडिनु सवै पार्टी सदस्य शुभचिन्तकको परम कर्तव्य र दायित्व रहने छ । त्यसकारण अभियानको स्प्रिटलाई आत्मासाथ गरौ यसको महत्व बुझी सफल पारौं । हजारौ हजार जनतालाई पार्टी नजिकका संगठनमा आबद्ध गरेर मात्र अभियानको सार्थकता पुष्टि हुनेछ ।
(लेखक– अधिवक्ता तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम र कर्णाली व्युरो इञ्चार्ज हुनुहुन्छ)