दाङमा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दाङ : २०८१ फागुन २५ मा क्रान्तिकारी महिला संगठन दाङव्दारा ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न गरिएको छ ।क्रान्तिकारी महिला संगठन दाङ जिल्लाको अध्यक्ष हेमन्ता घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी महिला संगठन केन्द्रीय सदस्य सुशिला आचार्यले मन्तव्य राख्नु भयो । ११५ बर्ष अगाडि अमेरिकामा महिलाहरुले पुरुष बराबर समान काम ,समान ज्याला, समान समय ,लगाएत मागहरु उठाएर गरिएको आन्दोलनले तत्कालीन शासकले महिला अधिकारका लागि कानुनी ब्यबस्था गर्ने र लागू गर्ने बाध्य भए । तर पनि हाम्रो समाजमा अहिलेसम्म पनि विभेद छ । सरकारले अहिलेसम्म ध्यानदिन सकेको छैन । यो राज्य ब्यवस्थाबाट पुर्ण अधिकार प्राप्त गर्न महिलाहरु बञ्चित भएका छौ । त्यसकारण यो राज्यब्यबस्थाको बिकल्प रोज्न महिलाहरु जुरमुराउनु पर्ने भएको छ भन्ने मन्तब्य राख्नु भयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङका इञ्चार्ज हुकुम खडकाले अमेरिकी महिलाले गरेको बलिदानका कारणले आज बिश्वमा समान ज्याला समान समय श्रममा महिलापुरुषको समान ज्याला लगाएका महिला अधिकारका बारेमा कुरा राख्दै बर्तमान राज्यब्यबस्थाबाट नागरिकका अधिकार सुरक्षित नभएकोले पुर्ण स्वतन्त्रताका लागि महिला मुक्ति आन्दोलनमा सहभागी भई यो ब्यबस्था अत्यका लागि नयाँ किसिमको आन्दोलनमा आउन आग्रह गर्नुभएको थियो । यो ब्यबस्था दलाल तस्कर भ्रष्टहरुको भएको पुष्टि यिनिहरुकै ब्यबहार हेर्दा पुग्छ । त्यसकारण यो ब्यबस्थाको बिकल्प नयाँ जनबादी क्रान्तिको खुड्किला पार गर्दै बैज्ञानिक राज्यब्यबस्था स्थापना भए मात्र जनताको मुक्ति हुने भएकोले त्यसतर्फ ध्यानदिन आग्रह गर्नुभयो ।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङका सचिव ईश्वरीप्रसाद गैरे , क्रान्तिकारी युवा संगठन दाङका संयोजक बिरेन्द्र खडका , सहिद परिवारका तर्फबाट सुन्दरलाल चौधरी ,रजनी चौधरी र जानकी चौधरी लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य घोराही नगर सदस्य गोमा पोख्रेलले गर्नु भएको थियो । उक्त कार्यक्रम सञ्चालन संगिता चौधरीले गर्नु भएको थियो ।सोही कार्यक्रम पश्चात् रजनि चौधरीको अध्यक्षता ९ सदस्यीय घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा क्रान्तिकारी महिला संगठनको समिति गठन गरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?