जन बिहानी

1512 Posts
नेता उजिरकाे स्वास्थ्य अवस्था बुझ्न पुगे प्रवक्ता सुदर्शन

नेता उजिरकाे स्वास्थ्य अवस्था बुझ्न पुगे प्रवक्ता सुदर्शन

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले पूर्व नेकपा (बहुमत) रामेछापका संयाेजक ज्ञानबहादुर खड्का 'उजिर'लाई भेट्नु पुग्नुभएकाे छ । लामाे समयदेखि दुवै मृगाैलाकाे उपचारमा रहनु भएका नेता उजिरकाे स्वास्थ्य अवस्था बुझ्नुकाे लागि पार्टी प्रवक्ता सदर्शन लगायत नेताहरू डायलाइसिस गरिरहेकाे बि एण्ड बि अस्पतालमा शुक्रबार पुग्नु भएकाे जानकारी पारिवार स्राेतले दिएकाे छ। उहाँकाे स्वास्थ्यमा पहिलाकाे भन्दा सुधार भएकाे जानकारी पारिवार स्राेतले दिएकाे छ । २०६३,०६४ साल देखि निरन्तर रूपमा उपचार गराउदै आइरहनु भएका नेता उजिरलाई ललितपुरकाे ग्वार्खु स्थित बि एण्ड बि अस्पतालका डा. जगदीश लाल वैद्यले निशुल्क उपचार गराउदै आइइरहनु भएकाे छ । नेपाल सरकारबाट डायलाइसिस हप्ताकाे दुइपटक निशुल्क गरेकाे…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रूकुमकाे एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रूकुमकाे एकता भेला सम्पन्न

रूकुम: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रूकुमकाे एकता भेला सम्पन्न भएकाे छ । २०८१ कात्तिक १३ गते रूकुममा सम्पन्न भएकाे भेलाले रिस्कलाइ सचिवमा चयन गर्दै ३ सदस्यीय पछि थप्ने गरि १९ सदस्यीय सङ्गठन समिति गठन गरेकाे छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनि प्रदेश संयाेजक अटल प्रमुख अतिथि रहनु भएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता गगनले गर्नु भएकाे थियाे भने सञ्चाल सुदिपले गर्नु भएकाे थियाे ।
Read More
अखिल भारत नेपाली एकता समाजले बेंलोरमा मनाइयो स्थापना दिवस

अखिल भारत नेपाली एकता समाजले बेंलोरमा मनाइयो स्थापना दिवस

बेंगलोर,भारत : ७ नवम्बर २०२४ का दिन अखिल भारत नेपाली एकता समाजको दक्षिण नगर समितिले समाजको ४६ औँ वार्षिक मनाएकोछ। कार्यक्रम को संञ्चालन सेर सिह बि क ले गर्नु भएको थियो । राम दत्त पाण्डेको अध्यक्षतामा र केन्द्रीय उपाध्यक्ष किसन बहादुर बि क को प्रमुख अतिथि रहेको थियो भने(विशेष अतिथि केन्द्रीय सचिव राम सिह बि क, विशिष्ट अतिथि केन्द्रीय प्रतिनिधि धर्माराम बि क हुनुहुन्थ्यो अन्य अतिथिमा हाँक साप्ताहिक सम्बादाता कर्नाटाका राज्यका करन दयाल, केन्द्रीय सदस्य गणेश बि क, सेर बहादुर दयाल, ज्ञानमति बि क, मिना बि क, कलावति दयाल रहनु भएको थियो । बिद्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल,क्षेत्रिय सदस्य हरू…
Read More
कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीको एकता महाधिवेशन आयोजक समितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जलीसभामा कमरेड पुष्पगोपाल श्रेष्ठले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता र कार्यालय सदस्य दिनेश शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा अतिथिहरु सीपी गजुरेल, रामसिंह श्रीस, सुदर्शन, प्रतीक, कुमुद लगायतका नेताहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक किरणले कमरेड पुष्पगोपाल श्रेष्ठमा निडरतापूर्वक आफ्नो कुरा राख्ने बेजोड कला भएको बताउनु भयो । उहाँले भन्नुभयो, “क्रान्तिप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । क्रान्तिकारी शक्तिलाई कसरी…
Read More
रामपरी देवी साहप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे श्रद्धाञ्जली

रामपरी देवी साहप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे श्रद्धाञ्जली

काठमाडौं : गरुडा नगरपालिका वडा नं. ५ रौतहट निवासी रामपरी देवी साहप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । यही २०८१ कात्तिक १५ गते उपचारको क्रममा सर्लाहीको अस्पतालमा ६० वर्षको अल्पायुमै साहको दुःखद निधन भएको थियो । क्यान्सर रोगले पीडित उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका सदस्य कमरेड प्रल्हाद साहकी ममतामयी आमा हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनलाई नजिकबाट सहयोग गर्दै आउनुभएकी साहको निधनबाट पार्टीले एकजना शुभचिन्तक गुमाएको पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । उहाँका श्रीमान, चार छोरी, तीन छोराहरु तथा नाति नातिनाहरु हुनुहुन्छ ।वक्तव्यमा दुःखको यस घडीमा पार्टीले रामपरि देवी साहप्रति…
Read More
रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा  दुर्घटना,२३ जना घाइते

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना,२३ जना घाइते

काठमाडौ : रुकुमबाट काठमाडौँ आउँदै गरेको ना ८।ख ८४१४ नम्बरको बस बागलुङको निसिखोला ६, जाउलेपानीमा बुधबार दुर्घटना भएको छ । बसमा करीव ४० जना यात्रु छन् । दुर्घटनाबारे हाँक टुडेले बागलुङको इलाका प्रहरी कार्यालय बुर्तिबाङ सित जानकारी लिदा अहिले सम्म कुनै पनि व्यक्ति मृत्यु नभएको ,करीब २३ जना घाइते भएको र करीव पाँच जना गम्भीर घाइते भएको जानकारी गराएकोछ । अहिले उद्दार कार्य चलिरहेको र अन्तिम रिपोर्ट आउन बाँकी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयले जनाएकोछ । यस भन्दा पहिले गत साल चैत्रमा निसी खोलामै बस दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु भएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, धादिङको सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, धादिङको सम्मेलन सम्पन्न

काठमाडौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल धादिङको सम्मेलन सम्पन्न भएको छ । पार्टीका कार्यालय सदस्य तथा ३ नं.प्रदेश संयोजक अटलले आज एक समारोहका बीच पार्टीको धादिङ जिल्ला सम्मेलनको उद्घाटन गर्नु भयो । जिल्ला ईञ्चार्ज विश्वासको अध्यक्षता र अङ्कलको उद्घोषणमा धादिङ वेसीमा सम्पन्न उक्त सम्मेलनमा स्वागत भाषण विजयले गर्नुभएको थियो भने प्रदेश सदस्य लता र प्रदेश सल्लाहकार जानुकाले शुभकामना मन्तव्य राख्नु भएको थियो। सम्मेलनले विश्वासको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति पनि गठन गरेको छ ।
Read More
जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ : संयोजक मोहन वैद्य ‘किरण’

जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ : संयोजक मोहन वैद्य ‘किरण’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले आसन्न महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्ने बताउनु भएको छ । वर्गदृष्टि र मूलबाटो डटकमलाई अन्तर्वार्ता दिंदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा राजनीतिक संकट चुलिएको, देशमा जनअसन्तुष्टी चुलिएको र जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको विश्लेषण गर्दै उहाँले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै नेपाली राजनीतिको एकमात्र क्रान्तिकारी विकल्प रहेको पनि दावी गर्नुभयो । उहाँले मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट नेपालमा विद्यमान राजनीतिक संकट समाधानका लागि आवश्यक पर्ने राजनीतिक क्रान्तिको कार्यभार पूरा गर्ने गरी राजनीतिक कार्यदिशाको विकास गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीभित्र ‘माओवाद र माओविचारधारा’, जनयुद्धको मूल्यांकन,…
Read More
राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसार काभ्रेमा तीव्र

राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसार काभ्रेमा तीव्र

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसारलाई तीव्रता दिएको छ । महाधिवेशनको प्रचारको क्रममा जिल्लाकाे नाका र पालिकाकाे नाकाहरुमा होडिङ बोर्डहरु झुण्ड्याइएका छन् भने सडकमा भित्ताहरुमा महाधिवेशनका मूल नाराहरुसहित वाल पेन्टिङ गरिएको छ । यसैक्रममा ३ नं. प्रदेश अन्तरगत काभ्रे जिल्लामा वालपेन्टिङ र होडिङ बोर्ड झुण्ड्याउने कार्यलाई तीव्र दिएको जिल्ला सेक्रेटरी ढाेगप्रसाद अधिकारीले जन बिहानीलाई बताउनु भएकाे छ । “राष्ट्रिय एकता महाधिवेशन भव्य रुपमा सफल पारौं, नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं !” भन्ने मूल नारालाई होडिङ बोर्ड तथा भित्ते लेखनमा उल्लेख गरिएको छ । यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजै साँझ ७ बजे…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, तनहुँको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, तनहुँको एकता अधिवेशन सम्पन्न

तनहुँ भिमाद नगरपालीका -४, रजी डाँडा: क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँको एकता जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । पार्टीका कार्यालय सदस्य तथा ४ नं.प्रदेश इञ्चार्ज क. हरिभक्त कँडेल (प्रतीक) ले अधिवेशनको अधिवेशनकै ब्यानर पढेर उदघाटन गर्नु भएको थियो । अधिवेशनको सफलताको शुभकामना दिने अतिथिहरुमा पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नं.प्रदेशका इञ्चार्ज क.हरिभक्त कँडेल (प्रतीक), संयोजक क.चिन्तामणि पौडेल(प्रवाह), केन्द्रिय सचिबालय सदस्य क.असोक लम्साल (अनुकुल) र एकता महाधिवेशन आयोजक समिति सदस्य क.निश्चल हुनुहुन्थ्यो । क.बाबुराम सुवेदी (रबि)को अध्यक्षता, क. नारायण लंसाल(नवीन)को सञ्चालन र क. जित महतको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो । महान सहिदहरु प्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गर्दै…
Read More