पाेखरामा कृियाशील ६ राजनीतिक दलको अन्तरक्रिया

पाेखरा : कास्कीमा कृयाशील छ वटा राजनीतिक दलको आयोजनामा गणतन्त्रको रक्षा , कास्की जिल्लामा भएका अनियमितता, ढिलासुस्ति, भ्रष्टाचार, विकास निर्माण र जन्ताको जनजीविकाको सरोकारका विषयमा बृहत अन्तर कृया कार्यक्रम बुधबार सम्पन्न भएको छ। पोखराको घन श्याम स्मृति भवनमा सम्पन्न कार्यक्रमका सभापति नेकपा विप्लवको तर्फबाट उमेस सि,सन्चालन नेपाल समाजबादी पार्टी नयाँ शक्तितर्फबाट राजु क्षेत्री,र धन्यवाद सहित कार्यक्रम समापन राजमो कास्कीको तर्फ रबि मोहन ढकाले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका पुर्ब अध्यक्ष आनन्दराज मुल्मि हुनुहुन्थ्यो। मुल्मिले कास्कीको कृयाशील साना दलहरु बिकास निर्माण र भ्रष्टाचार बिरुद्धको अभियानमा एक ठाउँमा उभिएर खबरदारी सभा, अन्तरक्रिया कार्यक्रम गर्न लागेकोमा धन्यवाद दिनु भयो।म अत्यन्तै खुसि छु। तपाईंहरुलाई मेरो तर्फ देखि पुर्ण सहयोग समर्थन रहने जानकारी दिनु भयो।पोखरा एयरपोर्ट निर्माण प्रकृयादेखि नै पोखरेली जन्तामाथि छलछाम र षड्यन्त्र माथि केन्द्रदेखि नै भएकोले निर्माण प्रकृियामा ठेक्का पाएको चिनिया कम्पनि सि ए एम सी
(चाईना एग्रो मेशिनरी कम्पनी)माथि शंका लागेको बताए सी ए एम सी ले कतिवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ। छानबिन हुनु पर्ने समेत बताए।यसमा मुख्य तीन राजनीति पार्टी जोडिर आउने भएकोले थप जिम्मेवार बन्न सुझाएका छन।
अन्य अतिथिहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार रामजि थापा ,राजमोका के उपाध्यक्ष शंकर बराल, नेपाल समाजबादी नयाँ शक्तिका टिकाराम पौडेल , नेकपा बिप्लवका साबित्रि दुरा, आस्था सि, नेकपा बहुमतका स्थायी समिति सदस्य गुणराज लोहनी,एकिकृत समाजवादीका ब्युरो सचिव ठाकुर प्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिश्व प्रकाश ,वरिस्ठ पत्रकार श्याम कुवरको पनि उपस्थिति रहेको थियोे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?