दुई दलित संगठनहरूबीच ऐतिहासिक एकता सम्पन्न
काठमाडौं: नेपालमा दलित मुक्तिको संघर्षलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ एकीकृत दलित मुक्ति मोर्चा नेपाल र दलित विभाग (पूर्व जातीय समता समाजं) बीच २०८१ फागुन १७ गते ऐतिहासिक एकता सम्पन्न भएको छ। यस एकताले बिखण्डित दलित आन्दोलनलाई एकीकृत गर्दै अन्याय, विभेद र शोषणको विरुद्ध सशक्त प्रतिरोध खडा गर्ने विश्वास गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष भेलामा दुई संगठनबीच औपचारिक रूपमा एकता घोषणा गरिएको हो। नवगठित संगठनको संयोजकमा टेक बहादुर विश्वकर्मा चयन भएका छन्। साथै, ८१ सदस्यीय केन्द्रीय समिति, २७ सदस्यीय केन्द्रीय सचिवालय, र ९ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ।केन्द्रीय कार्यालय सदस्यहरू ः१. टेक बहादुर विश्वकर्मा (काभ्रेपलान्चोक) संयोजक२.शोभा विश्वकर्मा (काभ्रेपलाञ्चोक)३.जितामित्र…