खेम थपलिया र कृष्णहरि भट्टकाे ‘कम्युनिस्ट समाजवाद’ र ‘कम्युनिस्ट जनवाद’ सार्वजनिक
काठमाडौं : अर्काे माेर्चाका संयाेजक लेखक खेम थपलिया र लेखक कृष्णहरि भट्टकाे ‘कम्युनिस्ट समाजवाद’ र ‘कम्युनिस्ट जनवाद’ नयाँ पुस्तक सार्वजनिक आज आइतबार सार्वजनिक भएकाे छ । उहाँहरू दुबैकाे पुस्तक काठमाडाैँकाे बागबजार स्थित भूँडीपूराण प्रकाशनले संवाद डबलीमा सार्वजनिकीकरण गरेकाे हाे । उक्त कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे । विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खासगरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताए । विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर…