क्रान्तिकारी ट्रेड युनियन महासङ्घ काभ्रेमा भेला सम्पन्न, मुकुन्द ढकालको नेतृत्वमा समिति गठन

काभ्रे : क्रान्तिकारी ट्रेड युनियन महासङ्घ काभ्रेको भेला आज काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ। भेलाले नयाँ नेतृत्व चयन गर्दै सात सदस्यीय भेला आयोजक समिति गठन गरेको छ, जसको संयोजकमा मुकुन्द ढकाल चयन भएका छन्।

भेलाले आउँदो असोज महिनाभित्र जिल्ला स्तरीय भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। जिल्लामा क्रान्तिकारी मजदुर आन्दोलनलाई सशक्त बनाउने र सांगठनिक पुनर्गठनमार्फत श्रमिक अधिकारका पक्षमा संघर्षलाई तिव्रता दिने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ।

उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको सचिव परिवर्तनको साथै महासङ्घको १० नम्बर ब्युरो संयोजक प्रदीप अस्तानीको विशेष उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले संगठनको सुदृढीकरण, वर्गीय संघर्षको प्रवर्द्धन, श्रमिक हितका सवालमा अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलाले जनवादी आन्दोलनको विकास र वर्गीय सचेतनाको विस्तारमा ट्रेड युनियनको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?