क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने
काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् । उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी…