क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरको सचीवमा विवेक शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौं महानगरकाे एकताकाे सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

एकता सम्मेलनमा पार्टीका पाेलिटब्युराे सदस्य एंवम ९ नं. ब्युरो सेक्रेटरी चिन्तामणि पाैडेलकाे प्रमुख अतिथित्वमा, जिल्ला सचिब केदार खतिवडा र महानगर इन्चार्ज बन्धुदेव पान्डेकाे अतिथित्वमा सिद्धेश्वर माबि,तिनकुनेमा शनिबार सम्पन्न भएको जानकारी जन बिहानीलाई नवनिर्वाचित सचीव विवेक शर्माले बताउनुभयो ।

सम्मेलनले ४ जना पछि थप्ने गरि १३ पुर्ण कमिटी सहित सम्मेलन बाट १७ सदस्यीय काठमाडौ महानगर समिति निर्माण भएको छ।

सचिव विवेक शर्माले सम्मेलनलाई सफल बनाउन सहयाेग गर्नुहुने सम्पुर्ण नेता-कार्याकर्तालाई विशेष धन्यवाद दिनुभयो ।


जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?