शहिद शोभाखर धनन्जयको ४०औं स्मृति दिवश सम्पन्न

काठमाडाैँ : हाँक साप्ताहिक पत्रिकाको प्रधान सम्पादक प्रकाशक शोभाखर धनन्जयको ४० औं स्मृति दिवश कार्यक्रम हाँक साप्ताहिकको कार्यालय बागबजारमा प्रधान सम्पादक गोविन्दबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा अतिथिहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिङ श्रीस,सन्तबहादुर नेपाली, कृष्णराज पौडेल, हेमन्तप्रकाश ओली, पोलिटव्यूरो सदस्यहरु रामबहादुर बुढा ,बालकृष्ण ओली, ९ नं व्यूरो सचिव चिन्तामणि शर्मा ,शहिद परिवारको तर्फबाट इन्दु पाण्डे क्रान्तिकारी महिला संगठनका सहसंयोजक मनु वि.क. रहनु भएको थियो । शहिदप्रति एक मिनेट मौनारण र श्रद्धाञ्जली अर्पण पछि अगाडि बढेको कार्यक्रममा अतिथिहरुले शोभाखर धनन्जयको पार्टी,क्रान्तिकारी आन्दोलन र जनपक्षीय पत्रकारितामा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । शोभाखर धनन्जयकी भान्जी इन्दु पाण्डेले शोभाखर धनन्जय जस्तै कैयौ शहिदहरुलाई राज्यले सम्मान दिन नसकेको कुरा राख्नु भयो । पोलिटव्यूरो सदस्यहरु रामबहादुर बुढा र बालकृष्ण ओलीले शहिदप्रति श्रद्धासुमन प्रकट गर्दै वहाँले देखाएको बाटोमा निरन्तर अगाडि बढ्नु पर्ने बताउनु भयो । ९ नं व्यूरो सचिव चिन्तामणि शर्माले शोभाखरले शुरुवात गरेको पत्रिका मार्फत देश र जनताको पक्षमा निरन्तर जनपक्षीय कामहरु भइरहेको बताउनु भयो । स्थायी समिति सदस्य कृष्णराज पौडेलले हाँक साप्ताहिकले विचारको प्रचारको काममा निरन्तर काम गरेको छ । मिसन पत्रकारिता निरन्तर अगाडि बढेको छ । यो नै वहाँ प्रति सच्चा सम्मान हो भन्नुभयो । हेमन्त प्रकाश ओली शोभाखर धनन्जय प्रति श्रद्धासुमन

प्रकट गर्दै हाँक साप्ताहिकलाई निरन्तर अगाडि बढाउनु नै सबभन्दा ठूलो योगदान हुन्छ, वहाँका सन्ततिहरु कसरी रहेका छन् ? भन्ने कुरा हामीले ध्यान दिनु पर्दछ । वहाँले चलाएको अभियान पछि आएर ठूलाठूला आन्दोलन भएको बताउँदै जनयुद्ध भएको छ । जनयुद्धमा घाइते शहिद भएका छन् उनीहरुको सम्बोधन हुन सकेको छैन भन्नु भयो । शोभाखर त्यसबेलाको स्थितिमा निकै महान मानिस हुनुहुथ्यो भन्दै वहाँले शोभाखरको सपनालाई हामीेले मर्न दिने छैनौं भन्ने भनाई राख्नु भयो । सन्तबहादुर नेपाली वहाँ नेपाली कांग्रेसको पार्टी त्यागेर माओको रचना पढेर क्रान्तिको पक्षमा लागेको भन्दै वहाँ राम राजा प्रसादसिंहको पार्टीमा पुगेको र पछि नेकपा (मसाल)मा जोडिएको बताउनु भयो ।
वहाँ नेपालीहरुको तीजको कार्यक्रममा पत्रिका ‘नेपाली एकता’ वितरण गर्न भनेर बेलापुर जानु भएको त्यसपछि नफर्केको कुरा बताउनु भयो । वहाँको मृत्यु भएको कुरा नवभारत टाइम्सले लेखेर फोटो हाले पछि वहाँको हत्या भएको कुरा थाहा पाएको भन्दै वहाँको लास झाडीमा भेटिएको समाचार आएको बताउनु भयो । वहाँको जीवनबाट सिक्नु पर्ने धेरै कुराहरु रहेको भन्दै नेपालीले वहाँकै कारण वहाँका आफन्तहरु नेकपा मसालमा आएको कुरा उल्लेख गर्नु भयो । वहाँले चलाएको पत्रिका हामीले चलाएका छौं भन्नुहुँदै वहाँले पार्टीका साथीहरुले बन्द गरे तर हामीले निरन्तर निकाल्यौं । हामीले वहाँले छोडेको विचारको प्रवाहलाई हामीले निरन्तर अगाडि बढाउने काम गरेको कुरा बताउनु भयो । शहिद सरोज शर्माले दिएको क्रान्तिकारी भावनालाई हामीले पछ्याइरहने छौं भन्नु हुँदै नयाँ जनवादी सत्ता स्थापना गर्ने सपना साकार पार्नेमा हामी निरन्तर लागिपर्ने छौं भन्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । रामसिङ श्रीसले शोभाखर धनन्जयमा जनताको सेवा गर्ने भावना जन्मजात आएको भन्दै जतिबेला पनि काममा व्यस्त रहने स्वभावको हुनु भएको बताउनु भयो । नेचुरल स्वभावकै कारण पार्टीमा बसेर आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने तिर नभएर कुन पार्टीमा लागेर गरिब दुःखीको सेवा गर्न सकिन्छ भन्ने सोच्नु भयो त्यही भएर वहाँ कम्युनिष्ट पार्टीमा आउनु भयोभन्ने भनाइ राख्नु भयो । वहाँ इमान्दार हुनुहुन्थ्यो हाँक साप्ताहिक राजतन्त्र विरुद्धको प्रतिक थियो । समाजलाई साम्यवादी समाजमा पु¥याउने वहाँको सपना रहेको भन्दै यो सपना साकार पार्न सबैले ध्यान दिनु पर्ने बताउनु भयो र वहाँले भन्नु भयो वहाँको श्रीमती शान्ता भूसालको पनि हाँक साप्ताहिकलाई यहाँसम्म ल्याउन ठूलो भूमिका छ भन्नु भयो कार्यक्रमका अध्यक्षले शोभाकरसितको सम्बन्धको चर्चा गर्नु भयो – नेपाली एकताको म सम्पादक र सहसम्पादक शोभारकर धनन्जय हुनु हुन्थ्यो । मैले बेलापुरमा महिलाहरु आउँछन् म जान्छु भन्नु भयो साथी लिएर जानु पर्छ भनेको साथी दुइ तीन दिन सम्म आउनु भएन । नवभारत टाइम्सल वहाँको मृत्युको समाचार प्रकाशित ग¥यो ।पत्रिकाको सम्पादक वहाँ नै हुनु हुन्थ्यो । पचास रुपियामा ४० रुपिया खर्च भए २० रुपिया ल्याएर बुझाउनु हुन्थ्यो ।नेपाली कांग्रेस हुँदा वहाँ खरदार हुनु हुन्थ्यो भनेर वहाँको स्मरण गर्नु भयो । वहाकी श्रीमती शान्ता भूषाल र बहिनी यमुना भूषाल आएर हाँक आफ्नो नाममा हस्तान्तरण गरिदिएको भन्दै वहाँले त्यसपछि अहिले सम्म पत्रिका अहिलेम्म निरन्तर छ भन्ने भनाइ राख्नु भयो । यसरी पत्रिका प्रकाशन हुनुमा पार्टीका साथीहरुको अत्यन्त ठूलो योगदान रहेको भन्दै वहाँले अब पनि पार्टीले यसलाई गम्भीरतापूर्वक लिएर चलाउनु पर्ने धारणा राख्नु भयो ।शोभाखरलाई शहिद घोषणा गर्न सरकारसँग माग गर्नु भयो ।
कार्यक्रमको सञ्चालन पूर्व कार्यकारी सम्पादक नारायण शर्मा र स्वागत व्यवस्थापक टेकहरी न्यौपानेको रहेको थियो ।शोभाखर धनन्जयको २०४३ भदौ ११ गते दिल्लीमा हत्या भएको थियो । हाँक साप्ताहिकले वर्षेनी स्मृति दिवश कार्यक्रम गर्दै आएको छ ।

By जन बिहानी

Related Posts