चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव
सीपी गजुरेल चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रायोजित निर्वाचनले वर्तमान संकटको निकास दिँदैन भन्नुभएको छ । मङ्सिर १८ गते बिहानमा चितवनको भरतपुरमा उक्त पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौरवले सो कुरा बताउनु भएको हो। गौरवले सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको डिजाइनमा हुन थालेकोले त्यस निर्वाचनमा भाग लिनु भनेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा प्रायोजित निर्वाचनलाई वैधानिकता दिनुहुन्छ भन्नुभयो । गौरवले भन्नुभयो, “प्रायोजित निर्वाचनलाई सहयोग पुर्याउनु हाम्रो काम होइन। ” मंसिर १६ र १७ गते चितवनमा सम्पन्न पार्टीको चौचो पूर्ण बैठकका निर्णयहरुलाई…