
प्यूूठान : आज फागुन १३ गते दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्यहरू टिकाराम पौडेल र वीरबहादुर पुनलाई प्रहरी प्रशासनले प्यूठानको बिजुवारबाट गिरफ्तार गरेको छ। पार्टीका ४ नम्बर ब्युरो सेक्रेटरी समिरले एक प्रेस वक्तव्य प्रकाशित गर्दै दुवैजना केन्द्रीय सदस्यहरूलाई अविलम्ब रिहाई गर्न माग गर्नुभएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ४ नम्बर ब्युरो सेक्रेटरी समिरले २०८२ फागुन १३ गते जारी गरेको वक्तव्य यस प्रकार छ,“आज हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज कमरेड टिकाराम पौडेल र पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सेक्रेटरी वीरबहादुर पुन पार्टी कामको सिलसिलामा प्यूठान नगरपालिका विजुवार बजारबाट बिना कारण अपहरण शैलीमा गिरफ्तार गरेको छ।कार्की नेतृत्वको कठपुतली सरकार र वर्तमान गृह प्रशासनले जनताले सङ्घर्षबाट प्राप्त गरेको संवैधानिक अधिकारलाई कुण्ठित गर्दै शान्तिपूर्ण कार्यक्रमहरू माथि प्रतिबन्ध लगाउनु,जनताको मौलिक हकमाथि प्रतिबन्ध गर्नु,घोर अन्यायपूर्ण र प्रतिगामी कदम हो।यस कदमको हाम्रो पार्टी घोरभत्र्सना गर्दछ।व्यूरोव्यापी हाम्रो पार्टीमाथि गरिरहेको घोर दमन अविलम्ब रोक्न र गिरफ्तार कामरेडहरूलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्दछौं।हाम्रो पार्टीमाथि भइरहेको दमन नरोके त्यसको डटेर सामना गर्ने, हामीलाई संघर्षमा जान बाध्य पारिए त्यसबाट हुने दुष्परिणामको भागीदार स्वयं सरकार हुनुपर्ने समेत जानकारी गराउँदछौँ।