
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , जिल्ला समिति सल्यानका सचिवालय सदस्य गिरिधाल बस्नेत प्रहरीको गैर न्यायिक गिरफ्तारिमा पर्नु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला समितिका सचिव उज्ज्वलले एक वक्तव्य जारी गरी २०८२ फागुन १३ गतेका दिन सो कुराको जानकारी गराउनु भएको हो ।
वक्तव्यमा भनिएको छ,“आज मिति २०८२ /११ /१३ गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला समितिका सदस्य शारदा नगरपालिका वडा नम्बर १३ बस्ने गिरिधाल बस्नेतलाई माथिबाट ट्रेपिङ आदेश आएको छ भन्दै मुख्ला बजारमा खाजा खाइरहेको बेलामा सादा पोशाकमा आई गुण्डागर्दी शैलीमा पक्राउ पुर्जी बिना गिरफ्तार गरी बन्दी बनाएकोले सुशिला कार्कीको कठपुतली सरकारको निन्दनीय कार्यको घोर भर्सना गर्दछौं।संविधान प्रदत्त मौलिक हक अनुरूप सांकेतिक रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकाररूलाई समेत कुण्ठित गरिएकोले निशर्त रूपमा रिहाइको लागि माग गर्दछौँ। ”
