क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा हर्कसिंह ओलीप्रति श्रद्धाञ्जली
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन'को बुवा र पीबीएम अम्बिका चन्दको ससुरा बुबा तथा पार्टी सदस्य हर्क सिंह ओली प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवले २०८२ पौष १४ गते एक प्रेस–वक्तव्य जारी गरी पार्टी सदस्य हर्क सिंह ओली प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –“विक्रम सम्वत १९९३ साल साउन महिनामा जन्मनु भएका रुकुम पश्चिम त्रिवेणी–६ विता निवासी कमरेड हर्कसिंह ओलीको आज विहान ३ ः ४० बजे गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका स्थायी समिति सदस्य…