जन बिहानी

1564 Posts
नेता पुर्ण खड्काको रिहाइको माग गर्दै काठमाडौंमा कोणसभा सम्पन्न

नेता पुर्ण खड्काको रिहाइको माग गर्दै काठमाडौंमा कोणसभा सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौं जिल्लाको आयोजनामा निर्वाचन बहिस्कार गर्न अनुरोध गर्दै काठमाडौंको बाङ्गेमुढामा कोण सभा सम्पन्न भएको छ । कोण सभाको संचालन सुरेश तामाङको रहेको थियो भने कार्यक्रममा सम्बोधन अधिवक्ता फणिन्द्र कार्कीको रहेको थियो । फणिन्द्र कार्कीले सम्बोधनको क्रममा फागुन २१ गतेको लागि घोषणा गरिएको निर्वाचनलाई जनस्तरबाट बहिस्कार गर्न अनुरोध गर्नु भयो । उहाँले यो निर्वाचनले जनताको समस्याहरु समाधान गर्ने भन्दा पनि राष्ट्रियता कमजोर पार्ने भन्दै यो निर्वाचन बहिस्कार गरेर स्वाधिन संयुक्त सरकार गठन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । अधिवक्ता कार्कीले क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्कालाई माघ १६ गते सिन्धुलीको दूधौलीमा शान्तिपूर्ण…
Read More
क्रान्तिकारी विद्यार्थी आन्दोलन, एकताको राष्ट्रिय सम्मेलन र वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

क्रान्तिकारी विद्यार्थी आन्दोलन, एकताको राष्ट्रिय सम्मेलन र वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

नविन खडका नेपालको इतिहास परिवर्तन, बलिदान र संघर्षले लेखिएको इतिहास हो । यस परिवर्तनको यात्रामा क्रान्तिकारी विद्यार्थी आन्दोलनले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र अविस्मरणीय छ । शासक वर्गको दमन, अन्यायपूर्ण शिक्षा प्रणाली, सामन्ती र पुँजीवादी सोचको विरुद्ध उभिँदै आएको विद्यार्थी आन्दोलन आज फेरि एक निर्णायक मोडमा आइपुगेको छ । यही सन्दर्भमा फाल्गुन १, २ र ३ गते आयोजना हुन गइरहेको अखिल (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलनले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसर प्रदान गरेको छ ।क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकाक्रान्तिकारी विद्यार्थी आन्दोलन कुनै एक समय वा मागमा सीमित आन्दोलन होइन । यो उत्पीडन विरुद्धको निरन्तर संघर्ष हो । शोषित…
Read More
भक्तपुरमा लक्ष्मी सुलुको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

भक्तपुरमा लक्ष्मी सुलुको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

भक्तपुर : भक्तपुर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला समितिका इन्चार्ज श्रीकृष्ण सुलुकी ममतामयी आमा लक्ष्मी सुलुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । उक्त श्रद्धाञ्जली कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरो र नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः राष्ट्रिय सम्मेलन आयोजक समितिको संयुक्त शनिबार आफ्नै निजी निवासमा आयोजना गरेको थियो । श्रीकृष्ण सुलुकी ममतामयी आमलक्ष्मी सुलुको १९९० जेठ २० गते जन्मनु भएको थियो भने निधन यही २०८२ माघ ४ गते ९२ वर्षमा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका महासचिव सिपी गजुरेल गौरवले सम्बोधन गर्नु भएको थियोे । उहाँले लक्ष्मी सुलुप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त…
Read More
नेता पुर्ण खड्कालाई रिहाई नगरे देशैभरी कडा प्रतिरोध गर्ने नेता केदार खतिवडा

नेता पुर्ण खड्कालाई रिहाई नगरे देशैभरी कडा प्रतिरोध गर्ने नेता केदार खतिवडा

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको रिहाइको माग गर्दै भक्तपुर जिल्ला समितिको आयोजनामा ब्यासीचोकमा शनिबार कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभाको सन्चालन जिल्ला सचिव सुरेश अधिकारीले गर्नुभएको थियोे भने सम्बोधन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्दै नेता खतिवडाले उहाँको गिरफ्तार भएको २४ घण्टाभित्र अबिलम्भ रिहाइको माग गर्नु भएको छ । तत्काल रिहाई नगरे देशब्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । शुक्रबार मध्याह्न १२ बजे पुर्णबहादुर खड्कालाई सिन्धुलीको कमलामाई नगरपालिका स्थित दुधौलीबाट गिरफ्तार गरेको थियो ।
Read More
पूर्णबहादुर खड्कालाई बिनासर्त रिहा गर : महासचिव गौरव

पूर्णबहादुर खड्कालाई बिनासर्त रिहा गर : महासचिव गौरव

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई महासचिव गौरवद्वारा बिनासर्त तत्काल रिहाई गर्न जोडजाड माग राख्नु भएको छ । पार्टीका महासचिव गौरवले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त माग गर्नु भएको हो । नेता खड्कालाई सिन्धुली जिल्लाको दुधौलीबाट आज दिनको करिब १२ बजे आगामी संसदीय निर्वाचन बहिष्कार कार्यक्रमको प्रचारप्रसारमा दुधौली चोकमा कोणसभा गरी पर्चा वितरणका क्रममा हिँडिरहेको बेला पक्राउ गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महसचिव गौरवले एक प्रेस—वक्तव्यमार्फत जानकारी दिनु भएको छ । प्रेस—वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :
Read More
अवसरवादीहरुले आफ्नो नाम भजायो : संयोजक नारायण पंगेनी

अवसरवादीहरुले आफ्नो नाम भजायो : संयोजक नारायण पंगेनी

काठमाडौं : सिद्धान्तहीन, चरित्रहीन अवसरवादी तत्वहरुले उनीहरुको पतन र विचलनलाई ढाल बनाएर आफ्नो वैचारिक आस्था, राजनीतिक निष्ठा र क्रान्तिकारी प्रतिबद्धतामाथि आक्रमण गर्ने दुस्साहस गरेको भन्दै क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण पंगेनीले कडा आपत्ति जनाउनु भएको छ । बालकृष्ण ओलीले आफ्नो नाम दुरुपयोग गरेको उहाँले बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कुनै चुनावी पसल, सत्ताको भ¥याङ वा अवसरवादको शरणस्थल होइन । यो माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तबाट पोलिएको ऐतिहासिक भट्टी हो । तर आज केही व्यक्तिहरू वर्गसंघर्षको बाटो त्यागेर दक्षिणपन्थी संशोधनवादको दलदलमा हामफाल्दै वैचारिक रूपमा नांगिँदै गएका छन् ।अझ गम्भीर कुरा त के छ…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्यो भीम चापागाईसहित पाँचजनालाई निस्कासन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्यो भीम चापागाईसहित पाँचजनालाई निस्कासन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीविरोधी तथा अनुशासनविपरीत गतिविधि गरेको भन्दै पार्टीका वैकल्पिक राजनीतिक समिति सदस्य भीम चापागाईसहित पाँच जनालाई पार्टी तथा मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट निस्कासनको कारबाही गरेको छ । पार्टी महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक राजनीतिक समिति सदस्यहरु भीम चापागाई र बालकृष्ण ओली तथा केन्द्रीय समिति सदस्यहरु सूर्य तिमिल्सिना, शिव धिमाल र सूर्य भूजेलले विरोधी पार्टीहरुसित अनधिकृत भेटघाट गरेको र पार्टीविरोधी, अनन्य सुशासनहीन तथा फुटपरस्त गतिविधिमा लागेकोकुरा पुष्टि हुन आएकोले उहाँहरुलाई पार्टी सदस्यतासहित पार्टी, मोर्चा तथा विभागका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस–वक्तव्य जारी गरिएको छ ।’
Read More
अखिल (क्रान्तिकारी)भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी)भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल निकट अखिल (क्रान्तिकारी)को आज भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न भएको छ । "वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थी एकजुट होऔं, राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र भ्रष्टाचारविरूद्ध संघर्षका लागि हाम्रो आन्दोलन सुदृढ र जुझारू संगठनका लागि एकताको १८औं जिल्ला सम्मेलन "भन्ने मूल नारासहित जिल्ला सम्मेलनमा १ मिनेट श्रद्धाञ्जली गर्दैउक्त कार्यक्रमको अध्यक्षता सागर कार्कीले गर्नुभएको थियो भने सन्चालन विद्यार्थी नेता प्रवेश रुम्बाले गर्नु भयोको थियो। विद्यार्थी नेत्री निर्मला लुहारले स्वागत मन्तव्य राख्नु भयो । विद्यार्थी नेता नवीन खड्का, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर जिल्ला समितिका सचिव सुरेश अधिकारी र विद्यार्थी नेता नेत्र शाहीले नव निर्वाचित…
Read More
स्वाधीनताको लडाइँ लड्नैपर्छ : सीपी गजुरेल

स्वाधीनताको लडाइँ लड्नैपर्छ : सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले जनेजी आन्दोलनपछि मुलुकको स्वाधीनतामाथि गम्भीर संकट पैदा भएको विश्लेषण गर्दै देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि स्वाधीनताको लडाइँ लड्नै पर्ने बताउनु भएको छ । उहाँले आज ललितपुरको कुपण्डोल पार्टी कार्यालयमा पार्टी सम्बद्ध अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । महासचिव सीपी गजुरेलले स्वाधीनताको लडाइँमा अमेरिकी साम्राज्यवादका विरुद्ध ग्रिनल्याण्डका जनताको विशाल प्रदर्शनबारेमा चर्चा गर्दै नेपालको स्वाधीनताको लडाइँमा पनि जनताको देशप्रेम नै आफ्नो पार्टीको तागत भएको बताउनु भयो । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जामा लिने धम्की दिएपछि ग्रिनल्याण्डका लाखौलाख जनता सडकमा उत्रिएर…
Read More
यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

–परि थापास्थायी समिति सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले ६ राजनीतिक दलले २०८२ माघ ५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमका सन्दर्भमा व्यक्त विचार ) हाम्रो कुरा के हो भन्ने कुरा ब्यानरमै प्रष्ट लेखिएको छ। स्वाधीन संयुक्त जनसरकार निर्माण गर्ने, र यो नारालाई जनताको बीचमा लिएर जाने हामीले सोचाइ बनाएका छौं । हाम्रो देश नवऔपनिवेशिक अवस्थामा जकडिएको देश हो। १८१६ मा सुगौली सन्धि भएपछि नेपाल अर्ध औपनिवेशिक अवस्थामा रूपान्तरित भएको थियो । यहाँको अर्थ सामाजिक अवस्था अर्ध सामन्ती अबस्थामा त छँदै थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादको नेतृत्वमा कथित विश्व…
Read More