
चेन्नई : अखिल भारत नेपाली एकता समाजले कृष्णपुर नगरपालिका वार्ड नंबर ४ मालुवेला, जिल्ला कञ्चनपुर निवासी लाल बहादुर ओडका ५५ वर्षीय छोरा अर्जुन ओडको उपचारमा अस्पतालसँग समन्वय गरी ठूलो मात्रामा छुट गराउन सफल भएको छ । हाल चेन्नईको पुलियान्तोप एरियामा अवस्थित एक फ्लैटमा कार्यरत ओड अचानक विरामी भएको हुँदा नजिकैको प्राइड हस्पिटलमा भर्ना गरिएको थियो। चेक जाच गर्दै जाने क्रममा निजको किड्नीमा ट्यूमर भएको र ट्युमरको अपरेशन गर्नुका साथी किड्नीको डायलिसिस पनि गर्न पर्ने देखीयो। उक्त विषय अखिल भारत नेपाली एकता समाजलाइ जानकारी भए पछि केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी र महासचिव महेन्द्र वस्याल हस्पिटलमा पुगेर विरामी र आफन्तजनलार्इ भेटी बिरामीको बारेमा बुझ्दा ईमर्जेन्सीमा प्राइवेट हस्पिटलमा भर्ना गरिएको तर उपचार खर्चको अनुमान गर्दा उक्त हस्पिटलमा उपचार गर्न नसक्ने देखियो। त्यस पछि समाजले सरकारी हस्पिटलमा लाने जानकारी हस्पिटल प्रशासनलार्इ गरायो तर डक्टरले सबै कुरा चेक जाँच भएको छ अब विरामीलार्इ अन्यत्र सिफ्ट गर्न मिल्दैन किन भने बिरामीको अवस्था क्रिटिकल छ भनेको र केही अनुमानित बजेट जानकारी गराउने काम भएको थियो । त्यस पछि समाजले यो बजेटमा उपचार गर्न सकिदैन ,यहा हुदैन ,डक्टर कृपया सिफ्ट गर्नु भनेर अनुरोध गर्ने काम भएको थियो । तर त्यो अनुमानित बजेटमा केही रकम घटाएर विरामीको उपचार अगाड़ी बडाउने निर्णय भएको थियो। अपरेशन पश्चात बिल अनुमानित बजेट भन्दा धेरै आयो। लगातार आइसीयुमा राख्न पर्ने भयो। अर्को तर्फ निज अर्जुनको बिमार केही ठिक भएता पनि केही समस्या उक्त हस्पिटलमा पुरै ठिक नहुने देखीयो। हस्पिटलमा औषधिको बिल तिर्न पनि पैसाको अभाव भयो। आफन्तहरू चिन्तित हुदै गए। पैसा तिर्न नसके पछि हस्पिटल प्रशासनले वास्ता गर्न पनि छोड्यो। हस्पिटलले विल तिरेर तुरन्त विरामी डिस्चार्ज गरी लान भन्यो तर समाजले उक्त बिल कुनै पनि हालतमा तिर्न नसक्ने जानकारी गरायो। डक्टरले हस्पिटलको मालिक सँग गएर बात गर्नु भने पछि समाजले लामो समय हस्पिटल प्रशासन र मालिक सँग छलफल र बहस गरी टोटल बिलमा रू २०६७००डिस्काउंट गराउन सफल भयो। १५ दिनको हस्पिटल बसाइ पछि २ अप्रेलका दिन बिरामीलार्इ डिस्चार्ज गरी रूममा पठाउने काम सफलतापूर्वक सम्पन्न गरेको छ।
एकता समाजको यो सहयोगप्रति अर्जुन ओडका परिवार खुसी भएर अखिल भारत नेपाली एकता समाज नभएको भए हामी ठूलो समस्यामा पर्ने थियौ। साच्चिकै एकता समाज भारतमा रहने नेपालीहरूको अभिभावकीय संगठन रहेछ भन्दै धन्यवाद दिँदै आफुहरू पनि समाजमा लाग्ने प्रण गर्नु भएको छ र अरूलाइ पनि एकता समाजमा लाग्नु पर्छ भन्नु भएको छ। अखिल भारत नेपाली एकता समाज भारतमा रहने नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूत गर्ने अभिभावकीय संगठन हो र हमेसा रहिरहने विश्वास श्रमजीवि नेपालीहरुको माझमा रहेको छ ।