ट्रम्पको धम्कीपछि लाखौँ इरानी नागरिकहरू मानव साङ्लो बनाएर देशैभरी सडकमा

ट्रम्पको धम्कीपछि लाखौँ इरानी नागरिक सडकमा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सभ्यता समाप्त पार्ने धम्की दिएपछिन लाखाैँ नागरिकहरू सडकमा उत्रिन थालेका छन् ।  इरानका अलग अलग स्थानमा अत्यावश्यक भौतिक संरचनामा इरानी जनता मानव साङ्लो बनाएर उत्रिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आज राति इरानको पुरै सभ्यता समाप्त पारिदिने धम्की दिएका थिए । ट्रम्पले सामाजिक सञ्जाल  ट्रुथमा लेख्दै मंगलबार राति ८ बजे अर्थात नेपाली समयअनुसार बुधबार बिहान इरानका भौतिक संरचनामा हमला गर्ने धम्की दिएका हुन् । 

उनले लेखेका छन्, ‘आज राति पुरै सभ्यता समाप्त हुनेछ । फेरि कहिल्यै फर्काएर ल्याउन सक्ने छैनन् ।’ 

अमेरिकाको यो धम्कीसँगै इरानका विदेशमन्त्री अब्बास अराघचीले आमसर्वसाधारणलाई इरानका नागरिक भौतिक संरचना र ऊर्जा संरचनालाई मानव साङ्लो बनाएर घेर्न आह्वान गरेका थिए ।

अराघचीले देशका जनता, कलाकार, खेलाडीसहित सबैलाई सडकमा उत्रिन आग्रह गरेका थिए । विदेशमन्त्री अराघचीकाे आह्वानपछि इरानी नागरिकहरू मानव साङ्लो बनाएर सडकमा उत्रिएका हुन् । 

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?