जन बिहानी

1716 Posts
६ वटा कर्मचारी संगठनले ट्रेड युनियन खारेज गर्ने निर्णय नमान्ने

६ वटा कर्मचारी संगठनले ट्रेड युनियन खारेज गर्ने निर्णय नमान्ने

काठमाडौं : सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय ६ वटा कर्मचारी संगठनले नमान्ने घोषणा गरेका छन्। सोमबार साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामति कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्षहरूले सरकारले स्वच्छाचारी कदम चालेको भन्दै खेद प्रकट गरेका हुन्। नेपालको संविधानको धारा १७, धारा ३४, प्रचलित ट्रेड युनियन तथा श्रम ऐन, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २०, श्रम सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि नम्बर ७, महासन्धि नम्बर ९, महासन्धि नम्बर १४४, महासन्धि नम्बर १५१ र महासन्धि नम्बर…
Read More
फासिवादको जगजगी

फासिवादको जगजगी

लेखक : सन्तबहादुर नेपाली गत वैशाख १८ गतेदेखि काठमाडौंका नदी किनाराका थापाथली, मनोहरा, शंखमूल लगायतका क्षेत्रमा बसेका सुकुम्बासी वस्तीमा एक्कासी डोजर चल्न थाले र २/३ दिन मै बस्ती उजाडियो । हजारौं सुकुम्बासीहरुलाई आफ्नो सामान पनि पैक गर्न दिई त्यहाँबाट उठाएर लगियो । केही टाठाबाठाहरुले मात्र आप्mना आवश्यक सामान बचाएर साथमा लगे । यति बेला नवनिर्वाचित प्रधानमन्त्री बालेन साहले चलाएको डोजर आतंकबारे व्यापक बहस भइरहेको छ । कतिपयले सार्वजनिक जग्गा खाली गराउनु सरकारको सही कदम बताइरहेका छन् भने कतिपयले बैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरुलाई आफ्नो घरबाट उठाउन नहुने बताइरहेका छन् ।काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्ती खाली गराउनका लागि यस अघिका सरकारहरुले पनि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्क्रियात्मक तथा  प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्क्रियात्मक तथा प्रशिक्षण सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय सदस्यका बीचमा चार स्थानमा अन्तक्र्रियात्मक प्रशिक्षण सम्पन्न गरेको छ । काठमाडौंमा वैशाख १९–२१ मा सम्पन्नब्यूरो नं ८,९ र १० मा कार्यरत केन्द्रीय सदस्यहरुको लागि अन्तक्र्रियात्मक प्रशिक्षण काठमाडौंमा बैशाख २१ मा सम्पन्न भयो । वैशाख १९ गते उद्घाटन कार्यक्रमको अध्यक्षता महासचिव गौरवले गर्नुभएको थियो ।गौरवले संघर्षको नेतृत्व गर्न सक्ने क्षमतावान पार्टी बनाउन नेता, कार्यकर्ताको स्तर उठाउन यसप्रकारको कार्यक्रम आवश्यक भएको बताउनुभएको थियो । उद्घाटन कार्यक्रमको संचालन राजवीरले गर्नुभएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा असीमले “तात्कालिक राजनीतिक परिस्थिति”, प्रतिकले “माक्र्सवाद र संशोधनवाद”, बसन्तले “संघर्षको कार्यक्रम”, राजवीरले “राष्ट्रिय एकता महाधिवेशनद्वारा पारित संगठनात्मक प्रस्ताव”, असिमले “विधान”…
Read More
केन्द्रीय संयुक्त संघर्ष समितिले बैशाख ११ गते विचारगाेष्ठी गर्ने

केन्द्रीय संयुक्त संघर्ष समितिले बैशाख ११ गते विचारगाेष्ठी गर्ने

सीपी गजुरेल काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका बीच गठित केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले काठमाडौंमा “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचारगाेष्ठी गर्ने निर्णय गरेकाे छ ।समितिका संयोजक गौरवको अध्यक्षतामा बसेकाे बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा समीक्षा गरी यही वैशाख ११ गते “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचार गोष्ठी गर्ने निर्णय गरेको हाे । गोष्ठीको समय र स्थानबारे भने पछि जानकारी गराइने केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा जारी प्रेस वक्तव्यमा जनाइएकाे छ ।
Read More
संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि विरुद्ध प्रदर्शन

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि विरुद्ध प्रदर्शन

काठमाडाैँ : संयुक्त विद्यार्थी संगठनको आयोजनामा काठमाडाैँको माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थमा अस्वाभाविक तवरले मूल्य वृद्धि गरेको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि सँगसँगै सबै कुरामा चर्को मूल्य वृद्धि भएको छ । रास्वपाको बहुमत प्राप्त सरकार गठन भएको केही दिनमा नै मूल्यवृद्धि भएको छ । मूल्य वृद्धिको असर आर्थिक रुपमा कमजोरलाई निकै गाह्रो भएको छ । “विद्यार्थीहरुले १ लिटर पेट्रोलमा सात कर , बालेन सर किन सात कर ,घरमा हाम्रो बास छैन , किनभने घरमा ग्यास छैन , मन्त्रीहरुको सुनै सुन जनतालाई छैन नुन , नो मोर वार नो मोर ट्याक्स, बालेन…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राजनीतिक प्रतिवेदन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राजनीतिक प्रतिवेदन

(२०८२ चैत्र १७–१९ मा सम्पन्न के. स. बैठकमा महासचिव क. गौरवद्वारा प्रस्तुत एवम् पारित) प्रिय कमरेडहरु,क्रान्तिकारी अभिवादन ! हामी आज पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उपस्थित भएका छौं । यस अवसरमा सर्वप्रथम म विभिन्न कालखण्डमा नेपालमा भएका जनआन्दोलन, जनसङ्घर्ष, जनयुद्ध र विभिन्न प्रकारका न्यायपूर्ण सङ्घर्ष तथा विश्व सर्वहारा क्रान्ति एवम् राष्ट्रिय मुक्ति आन्दोलनका क्रममा सहादत प्राप्तगर्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, सहिद तथा बेपत्ता परिवारजनमा समवेदना व्यक्त गर्दछु । हाम्रो देश नेपाल मात्र होइन पुरा विश्व नै एउटा…
Read More
उत्पीडनको माफी नै काफी ?

उत्पीडनको माफी नै काफी ?

लेखक : मनु विक २०८२ भाद्र २३ र २४ गते योजनाबद्ध रुपमा जेजी विद्रोह गराइयो । जेनजी विद्रोहको योजना कहाँ बन्यो ? कसले बनायो ? भौतिक संरचनाहरु जलाउने योजना कता बन्यो ? यसको कुनै खोजी हुन सकेको छैन । सुशीला कार्की नेतृत्वको सरकार बन्यो । सरकारले फागुन २१को निर्वाचन ग¥यो निर्वाचन पछि रास्वपाको सरकार बनेको छ । सरकारले प्रशासन सुधारका सय बुँदाको पाँचौ नं बुँदामा दलित तथा ऐतिहासिक रुपमा बहिस्कृत समुदाय माथि,राज्य,समाज र नीतिगत संरचनाबाट भएका अन्याय ,विभेद र अवसरवञ्चनको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको अधार तयार गर्ने १५ दिन भित्र राज्यका तर्फबाट औपचारिक क्षमा…
Read More
विद्यार्थी संगठनहरूको नागरिक अगुवाहरुसित अन्तर्क्रिया

विद्यार्थी संगठनहरूको नागरिक अगुवाहरुसित अन्तर्क्रिया

काठमाडौँ : १५ विद्यार्थी संगठनहरूले सरकारको विद्यार्थी संगठनहरू माथि प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध नागरिक अगुवाहरूसित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। चैत्र २९ गते पद्मकन्या बहुमुखी क्याम्पसको अडिटोरियम हलमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थी संगठनहरूले घोषणा गरेको संघर्षको कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गरे। चैत्र २७ गते संस्कृत छात्रावासबाट पत्रकार सम्मेलन गरी घोषणा गरिएको संघर्षको कार्यक्रम अन्तर्गत चैत्र २९ गते नागरिक अगुवाहरूसित अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको हो। वर्तमान बालेन शाह नेतृत्वको सरकारले आफ्नो १०० बुँदे प्रशासन सुधार कार्यक्रम अन्तर्गत बुँदा नम्बर ८६ मा शिक्षण संस्थाहरूबाट विद्यार्थी संगठनहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । प्रतिबन्ध विरुद्ध विद्यार्थीहरूले चरणबद्ध कार्यक्रम अगाडि बढाइरहेका छन्।  शेरबहादुर केसी…
Read More
ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : पेसागत महासंघ नेपाल

ट्रेड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम : पेसागत महासंघ नेपाल

काठमाडाैँ : पेसागत महासंघ नेपालले टे«ड युनियनमा प्रतिबन्ध लोकतन्त्र विरोधी कदम भएको बताएको छ । पेसागत महासंघको स्थायी समितिको बैठक पछि महासंघका महासचिव राजन रेग्मीद्वारा चैत्र ३० गते जारी विज्ञप्तिमा सो कुरा बताइएको छ । सरकारको सय बुँदाको १२ बुँदामा दलीय टे«ड युनियन खारेज गर्ने उल्लेख गरेको छ । महासंघले पश्चिम एसियामा जारी द्वन्द्वको कारण महंगी आकाशिएको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ – पेसागत महासङ्घ नेपाल स्थायी समितिको वैठक अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा बस्यो । बैठकले समसामयिक विषयमा छलफल गरिनिम्न विषयमा महत्त्वपूर्ण निर्णय गरेको छ ।१) ट्रेड युनियन माथि प्रतिबन्ध…
Read More
विज्ञापन निजी संचार माध्यमलाई नरोक्न महासंघको माग

विज्ञापन निजी संचार माध्यमलाई नरोक्न महासंघको माग

काठमाडाैँ : नेपाल पत्रकार महासंघले सरकारले निजी संचार माध्यमलाई दिँइदै आएको विज्ञापन नरोक्न सरकारसँग जोडदार माग गरेको छ । महासंघको हेटौंडामा चैत २८ र २९ गते बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ‘हेटौंडा घोषणापत्र’ जारी गर्दै विज्ञापनलाई सरकारी सञ्चारमाध्यम मै सीमित गर्ने नीतिप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले नीतिलाई तत्काल खारेज गर्न माग गरेको हो। जारी घोषणा पत्रमा सरकारको सरकारी विज्ञापन निजीलाई नदिने नीतिले देशभर सञ्चालनमा रहेका ४ सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमको आर्थिक आधार कमजोर बनाउँदै हजारौं पत्रकार, सञ्चारकर्मी तथा कर्मचारीको रोजगारी संकटमा पारेको उल्लेख छ। ‘सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्ने जस्तो संविधान, कानुन,…
Read More