बेंगलोर दक्षिण नगर समितिको १७ औं सम्मेलन सम्पन्न
बेंगलोर : अखिल भारत नेपाली एकता समाज वेंगलोर दक्षिण नगरसमितिको १७ औ नगर सम्मेलन १४ दिसम्बर २०२५ का दिन वेंगलोरमा अवस्थित रेणुखम्बा थकाइ मंदिर हलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन नगर सचिव हरिष वि.कले र अध्यक्षता नगर उपाध्यक्ष उदय सिंह बिष्टले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्जनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट अर्जुन सिह भाट र गीत–संगीत बाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केंद्रीय सल्लाहकार सदस्य कृष्ण केसीले दीप प्रज्वलन गरेर १७ औं नगर सम्मेलनको उद्घाटन गर्नु भएको थियो। उद्घाटन पछि सम्मेलन सफलताको शुभकामना दिनेहरूमा अखिल भारत…