लोकप्रियतावादको उभार र कम्युनिस्ट आन्दोलनको दिशा
लेखक : सुरेश श्रेष्ठ प्रस्तावनाविश्व राजनीति अहिले गहिरो संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नवउदारवादी पुँजीवादी संरचनाले उत्पादन सम्बन्धलाई अस्थिर बनाउँदै असमानता, श्रम असुरक्षा र सामाजिक ध्रुवीकरण तीव्र बनाएको छ । यही प्रक्रियाबाट उत्पन्न प्रतिनिधित्व संकटको राजनीतिक अभिव्यक्तिका रूपमा लोकप्रियतावाद विश्वव्यापी रूपमा उदाएको देखिन्छ । निजीकरण, वित्तीयकरण र सेवा–निर्भर अर्थतन्त्रको विस्तारसँगै प्रतिनिधिमूलक लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गएको छ भने पुँजीवादी राज्यको वैधता संकट गहिरिँदै गएको छ । नेपाल पनि यस प्रक्रियाबाट अछुतो छैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राजनीतिक अस्थिरता, नीतिगत असंगति, संस्थागत भ्रष्टाचार, कमजोर उत्पादन संरचना र बेरोजगारी संकटले व्यापक जनअसन्तोष पैदा गरेको छ । राष्ट्रिय अर्थतन्त्र क्रमशः आयात,…