जन बिहानी

1713 Posts
मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

भारतमा १८ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म ७ चरणमा सम्पन्न चुनावको परिणाम ४ जुनमा बाहिरिएको छ । यो निर्वाचनको परिणामले नरेन्द्र मोदी नेतृत्वको पार्टी भारतीय जनता पार्टीलाई दह्रो सबक सिकाएको छ । हुन त भाजपाले एक्लैले २४० सिट प्राप्त गरेको छ । त्यसकारण त्यो सबैभन्दा ठूलो पार्टी भएको छ । तर ठूलो पार्टी भएर पनि एक्लै सरकार बनाउन सक्ने उसको हैसियत रहेको छैन । भाजपा नेतृत्वको गठबन्धनका घटकहरु जनता दल युनाइटेड र तेलगु देशम पार्टीले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता प्रकट गरेपछि मोदीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए र उनी भारतको तेस्रो प्रधानमन्त्रीको…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) अछामकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) अछामकाे एकता अधिवेशन

कमलवजार: अछाम जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल)विच २०८१ असार ४ गते एकता अधिवेशन सम्पन्न भएको छ।अधिवेशनको ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री व्यानर वाचन गरेर उदघाटन गरेका थिए ।उदघाटनमा प्रशिक्षण मन्तव्य राख्दै इञ्चार्ज जाग्रीले क्रान्तिकारी पार्टीहरुको एकताको आवश्यकता समयको माग भएको, अन्य पार्टीहरु भन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता वैचारिक राजनीतिक रुपमा मात्र नभए व्यवहार र आचरणमा पनि जनताले देख्ने वुझ्ने गरी फरक हुनुपर्ने कुरा बताए । कार्यक्रममा ७ न. प्रदेशका संंयोजक महानले सवै पार्टी सदस्य, कार्यकर्ताहरु पूर्व पार्टीको मानसिकतावाट मुक्तभइ पार्टी एकतालाई रुपान्तरणमा लिएर जानुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जिल्ला इञ्चार्ज शितलले एधार सदस्सीय जिल्ला समितिको प्यानल…
Read More

कम्युनिस्ट पार्टी एकताबारे

– अटलपार्टी एकता भनेको बनाउने कुरा हो । बनाउन जति गाह्रो हुन्छ भत्काउन अत्यन्तै सजिलो हुन्छ । उदाहरणको लागि एउटा घर बनाउन महिनौं वा कतिपय अवस्थामा त वषौं लाग्छ तर त्यो घरलाई बाढी, पहिरो, आगलागी, वम व्लाष्ट हुँदा केही समय मै ध्वस्त हुन्छ । पार्टी एकता पनि त्यस्तै हो । द्वन्द्ववादको नियम अनुसार पनि एकता अस्थायी, क्षणिक, शर्तबद्ध र सापेक्ष हुन्छ । संघर्ष वा फुट स्थायी, निरन्तर निशर्त र निरपेक्ष हुन्छ । मानिसहरु सहज र सजिलै प्रश्न गर्छन् कम्युनिस्टहरु फुट्न मात्र जान्दछन् र जुट्न बडो मुश्किल हुन्छ भनेर महान लेनिनले त्यसको सटिक उत्तर दिंदै भन्नुभएको छ सर्वहारा क्रान्तिकालमा निम्न पुँजीवादी…
Read More
मेरो प्रेम-पत्र

मेरो प्रेम-पत्र

साताकाे साहित्य : कविता मनिष आजाद मेरो यो प्रेम-पत्रतिम्रा सुन्दर अनि ओसिला आँखासम्मपुग्नु अगाडिथाहा छैनकति सुख्खा आँखाहरू हुदै जाने छजहाँ ,मैले लेखेका हरेक हरफको उत्खनन् हुनेछर त्यसको गुह्य अर्थ खोजिने छ ।जब मैलेतिम्रा आँखा तलाऊजस्तै गहिरा छन भनेर लेख्ने छुत्यसको अर्थ निकालिने छ-म राजाका विरुध्द युध्द गर्नगहिरो खाडल खन्दै छुत्यसपछि मेरो प्रेमपत्रतिमीसम्म पुग्नै पाउदैन ।जब म लेख्ने छु-तिम्रा सुन्दर ओठमा मएउटा फूल उमार्न चाहन्छुउनीहरूमैले हतियार उठाउने कुरा गर्दै छु भनेर बुझ्ने छन ।तिम्रा सुन्दर काला र बाक्ला केशरासीमाम हराउन चाहन्छु भनेर लेखें भनेम जङ्गलमा छापामारहरूसँग भेट्न चाहन्छु भनेको बुझ्ने छन् ।तिम्रो मायाँमा डुबेरम जिन्दगी तर्न चाहन्छु भनेर लेख्ने हो भनेगहिरो…
Read More
नेपालमा बिद्यमान गणतन्त्र र समाजवादका भ्रमहरु

नेपालमा बिद्यमान गणतन्त्र र समाजवादका भ्रमहरु

नेपालको राष्ट्रिय राजनीतिकासाथै सत्ता राजनीतिलाई पछिल्लो समयमा भ्रमित बनाउँदै लान खोजेको देखिएको छ । जनपक्षीय नारालाई अगाडि सारेर जनबिरोधी हर्कतहरु भैरहेका छन् । त्यसक्रममा केही समूहहरुले गणतन्त्र र समाजवादकाबारेमा समेत काफि हदसम्म भ्रम सिर्जना गराउने प्रयास गरिरहेका छन् । नेपालको पछिल्लो सत्ता राजनीति साम्राज्यवादी मुलुकहरुबाट प्रायोजित र संरक्षित रहेको छ । जसको आर्थिक नीति पनि सम्राज्यवादी नीतिमै आधारित रहेको कुरामा द्विमतगर्ने ठाउँ छैन । नेपालमा हालैका दिनमा दुईवटा कामहरु तीब्ररुपमा भैरहेको देखिएको छ । त्योभनेको कम्युनिष्ट राजनीतिलाई भ्रमित बनाउँदै लगेर समाप्त पार्ने र देशलाई पनि आर्थिक, समाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै लगेर बिघटनमा पु¥याउने । कतिपयले त आगामी १५ बर्षभित्रमा…
Read More
बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रमा रुपान्तरण गराैँ : सिपी गजुरेल, बरिष्ठ नेता

बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रमा रुपान्तरण गराैँ : सिपी गजुरेल, बरिष्ठ नेता

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् । पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको बताए । नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्नेमा जोड दिए ।नेता गजुरेलले प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल, विप्लव लगायतका नेताहरुलाई जनवादी गणतन्त्रको दिशामा अगाडि बढ्न अनुराेध गर्नुभयाे । ‘जनतामा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरु के भन्छन् भने…
Read More
क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालकाे महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने

क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालकाे महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौंमा गर्ने निधो गरेको छ । महाधिवेशनबाट पार्टीको नयाँ कार्यदिशा र कार्यनीतिको विकासका लागि १९ वटा दस्तावेजहरु प्रस्तुत भएका छन् । ती दस्तावेजहरु छलफल र बहसका लागि तल्ला कमिटिहरुमा पठाउने सो पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ । बैठकमा प्रस्तुत गरिएका दस्तावेजहरु केन्द्रीय सदस्यहरुको समूह बनाएर छलफल गरिएको थियो । समूहमा उठेका विषयहरु समूह नेताहरुले प्रस्तुत गरेका थिए । विभिन्न १० वटा समूह बनाएर दस्तावेजहरुमाथि छलफल चलाइएको थियो । राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पार्टीका संयोजक…
Read More
जेल डायरी : हो ची मिन्ह

जेल डायरी : हो ची मिन्ह

फानु न्हुआनजुलाई १९४६, पेरिस नदीको दायाँ किनारस्थित महलको त्यो स्वागत–कक्षमा करिब १५ मिनेटदेखि एउटा मोटोघाटो पत्रकारले एकजना दुब्लोपातलो मान्छेलाई, जसको अनुहारमा दुःख, पीडाको गहिरो छाप थियो, प्रश्नहरूले हैरान पारिरहेको थियो । त्यो मान्छेको अगाडि सानो फूलदानी सानो गुलाबले सजाइएको थियो । धेरै देशका झन्डै एक सय संवाददाताले उनलाई घेरेका थिए । ‘राष्ट्रपति महोदय, तपाईं एक कम्युनिस्ट हुनुहुन्छ हगि, होइन त ? सन् १९२६÷०२७ तिर न्युगेन आइ कु ओक नामका एकजना भियतनामी देशभक्तलाई सुदुरपूर्वका सबै प्रहरीहरू चिन्थे । जो उथलपुथल इलाकामा यत्रतत्र घुमिरहन्थे । तर देशभक्त न्युगेनको त मृत्यु भैसकेको थियो । त्यो मान्छे उसकै उमेरको थियो । उसका कपडा एकदमै…
Read More
क्रान्तिकारी प्रेस संगठनको संयोजकमा नारायण शर्मा

क्रान्तिकारी प्रेस संगठनको संयोजकमा नारायण शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकतापछि ती पार्टी निकट पत्रकार सङ्गठनहरुका बिचमा केन्द्रीय कार्यालय स्तरीय संयुक्त बैठक २०८१ असार १ गते काठमाडौंमा सम्पन्न भएको जनाइएको छ । बैठकले लिएका निर्णय सार्वजनिक जानकारीका लागि संयोजक नारायण शर्माले जारी गरेको वक्तव्यमा बैठकले दुबै पत्रकार सङ्गठनका बिचमा एकता गर्न नारायण शर्मा संयोजक, सह संयोजकमा कमल बुढा र नारायण पङ्गेनी रहनु भएको ८१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । एकता राष्ट्रिय भेला २०८१ श्रावण ५ गते काठमाडौंमा गरिने जनाइएको छ । एकता राष्ट्रिय भेला आयोजक समिति निम्नानुसार…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । २०८१ असार ११ गते काठमाडौंमा सुरु भएको उक्त बैठकले पार्टीको एकता महाअधिवेशनबारे निर्णय लिने बताइएको छ । बैठक पार्टीको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणको अध्यक्षतामा चलिरहेको छ । बैठकले एकता महाधिवेशनका लागि राजनीति, सांगठनिक, सामाजिक र समसामयिक प्रस्तावहरुबारे टुंगो लगाउने छ । बैठकले एकता महाधिवेशनको मिति तय गर्नेछ । महाधिवेशन सफल पार्न आवश्यक पर्ने समितिहरु गठन गर्ने र एकता महाधिवेशनसम्मका लागि आगामी कार्यक्रम समेत बनाउने ठानिएको छ । बैठकको प्रारम्भमा सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता…
Read More