सम्झनाका तरेलीमा ती सुन्दर अनुहार(सन्दर्भ : २६ औँ प्रतिरोध सांस्कृतिक दिवस)
लेखक: राजुजनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झनामा र सम्मानमा लेख्न लागिरहेको छु । ‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या…’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली सेवाले समाचार प्रसारण गर्यो । मृत्युको खबरले मुटुलाई बारम्बार गिजोलिरहेको बेला बीबीसीको समाचारले मुटुलाई झन् नराम्रोसँग चपायो । स्तब्ध भएँ म । ‘दोहोरो भिडन्त’ नाटक, केवल नाटक, यस्तै लाग्यो मलाई । दोहोरो भिडन्तमा माओवादीतर्फ सातसातजना मारिनु तर प्रहरीतर्फ भने एकजना पनि नमारिनु, के यस्तो घटना पनि सम्भव छ ? कसरी पत्याउने दोहोरो भिडन्त भनेर ? रक्तपिपासु बगरेहरूले जब निर्दोष…