युएई नेपाली एकता समाजको विगत र यसको भूमिका
संयुक्त अरब ईमिरेट्स नेपाली एकता समाजको स्थापना भएको पनि २६ वर्ष पुगिसकेको छ । यसको स्थापना गर्दा १९९८ मा तुलसीराम खनाल अध्यक्ष र कृष्ण भूसाल महासचिव रहने गरी ५ सदस्यीय समिति बनाइएको थियो । यो संगठन सुरुमा अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहने गरी स्थापना भएको थियो । २००१ जनवरी महिनामा भेला गर्ने निर्णय समाजले गरेको थियो । २००१ जनवरी अन्तिमतिर यसको प्रथम भेला गरियो । युएई छुट्टै देश भएकोले अखिल भारत नेपाली एकता समाज अन्तरगत रहेर काम गर्नु अप्ठ्यारो हुने भएकोले युएई नेपाली एकता समाज केन्द्रीय समिति बेग्लै हुने र युएईव्यापी संगठन विस्तार गर्ने निर्णय गर्दै मानबहादुर थापा…