जन बिहानी

1497 Posts
सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्सविच क्रिकेट २०२४ को शिर्ष उपाधि

काठमाडाैँ : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका कार्किले वेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको…
Read More
जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्ला : मोहन बैध्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेश समितिले सरकारी सवारी साधनहरुको दुरुपयोग लाई रोक्ने कार्यक्रम अन्तर्गत शनिबार जुम्लाको ताताेपानी गाउँपालिका क्षेत्रमा प्रयोगमा ल्याएका गाडिहरु नियन्त्रमा लिएको समाचार प्राप्त भएकाे छ। नियन्त्रणमा लिएकोमा अधिकांश जिम्मेवार सरकारी कर्मचारीनै देखिन्छन् जसमा उच्च अदाल्लत जुम्लाका रजिस्टार ले प्रयोग गर्ने बागमती प्रदेश ०१०० २ झ ५१७९ नम्बरको गाडी ताताेपानी गा. पा. २ नं वाड अध्यक्ष कर्ण बा कठायत सवार क. १ ब ५२ प २२० , चन्दननाथ नगरपालिका कर्माचारी मनोज नाथ योगी सवार क. १ ब ११२…
Read More
कतारमा नेपालीको रोजगारी

कतारमा नेपालीको रोजगारी

कतार पश्चिम एशियाको एउटा देश हो । यो अरव सागरको एउटा प्रायद्वीप हो । ४,४७१ वर्ग किलोमिटरमा फैलिएको सानो क्षेत्रफल भएको यो मरुभूमिको देश हो । नेपाल, भारत, बंगलादेश लगायतका देशरूबाट गएका मजदुरहरूको श्रम र पसिनाले यो देश विकसित भएको छ । यहाँ परम्परागत राजतन्त्रात्मक व्यवस्था छ । व्यवस्थापिकाको रूपमा राजाको सल्लाहकार सभा छ । २०२१ मा पहिलो पटक सल्लाहकार सभाको लागि चुनाव भएको थियो । वैदेशिक रोजगारीमा कतारमा करिव चार लाख नेपालीहरु छन् । कमै मात्र नेपाली सरकारले घोषणा गरेको दस हजारमा विदेश आउने गर्छन । फ्री भिसा, फ्री टिकट भने पनि अधिकांस नेपाली मेन पावरलाई लाखौं रुपैयाँ खुवाएर…
Read More
साम्राज्यवादी गठबन्धन मूर्दावाद ! : “युरोपेली संसद”को निर्वाचन बहिस्कार गरौं !

साम्राज्यवादी गठबन्धन मूर्दावाद ! : “युरोपेली संसद”को निर्वाचन बहिस्कार गरौं !

काठमाडौं : “युरोपमा क्रियाशील आठओटा माओवादी पार्टीहरुद्वारा मई १६ का दिन प्रकाशित संयुक्त वक्तव्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा केन्द्रीय कार्यालय सचिव इन्द्रमोहन सिग्देल बसन्तले गर्नु भएको नेपालीमा भावानुवादलाई यहाँ प्रस्तुत गरिएको हो ।”अस्ट्रिया कम्युनिस्ट पार्टी (माओवादी) निर्माण समिति, कमिटी रेड स्टार, डेनमार्क, फिनल्यान्डको माओवादी समिति, माओवादी कम्युनिस्ट पार्टी फ्रान्स, रेड फ्ल्याग कमिटी, जर्मनी, नेदरल्यान्ड्सको कम्युनिस्ट कमिटी, जनताको सेवा गर –नर्वेको कम्युनिस्ट लिग, माओवादी कम्युनिस्ट पार्टी–स्पेनिश राज्यले जारी गरेको वक्तव्यलाई यहाँ प्रस्तुत गरिएको हो । अनुवादक : इन्द्रमोहन सिग्देल आगामी युरोपेली चुनावमा भाग लिन लाखौँ मानिसहरूलाई आह्वान गरिएको छ । जुन ६ देखि ९ सम्म युरोपेली संघका २७…
Read More
टी–२० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हरायाे

टी–२० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हरायाे

काठमाडौँ : टी–२० विश्वकप क्रिकेटको शुक्रबार सम्पन्न अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हराएको छ । टी–२० विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिज र अस्ट्रेलिया दुबैले खेलेको यो अन्तिम अभ्यास खेल हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २२ रनमात्र बनाउन सक्यो । खेलाडी अभावका कारण दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियन टोली केवल नौ खेलाडीसहित मैदानमा ओर्लिएको थियो । फिल्डिङका क्रममा भने अस्ट्रेलियाले प्रशिक्षकसहित प्रशिक्षण टोलीका अन्य सदस्यलाई पनि प्रयोग गरेको थियो…
Read More
नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ : सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो । सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो । घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम…
Read More
बजेट फेरि पनि दलाल पुँजीवादी शोषणकै पक्षमा

बजेट फेरि पनि दलाल पुँजीवादी शोषणकै पक्षमा

काठमाडौ : नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले हिजो जेष्ठ १५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष ०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा जनाइएकोछ । । नेपालको संविधानको धारा ११९ मा प्रत्येक आर्थिक वर्षको बजेट सङ्घीय संसदमा जेठ १५ गते पेस गर्नुपर्ने व्यवस्था गरिएकोछ । राजस्व तथा व्ययको अनुमानलाई स्वीकृत नगरेसम्म कार्यान्वयन हुन नसक्ने संवैधानिक व्यवस्था छ । सङ्घको बजेट पारित भएपछि…
Read More
समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा अहिलको २१औं शताब्दीमा आउँदा समेत अन्धविश्वास व्याप्त रहेको छ । अन्धविश्वासको शिकार महिला पुरुष दुवै हुने गरेका छन् । मान्छेमा अन्धविश्वास कसरी आयो ? कसरी अन्धविश्वासमा मान्छेले सबै कुरालाई पत्याउँदै आयो भन्ने कुरा, मानवको चेतनाले के महसुस ग¥यो भन्ने कुरा उसको बुझाई उसको हुर्कदाको वातावरण सबैले निर्धारण गर्दछ । मानिसमा अन्धविश्वास कसरी आयो भन्ने कुरा प्रकृतिमा हुने तमाम प्रकारका उथलपुथल कुराहरुको बारेमा सही धारणा नहुँदा बन्न पुगेको थियो । मानिसले भूकम्प आउने , पानी पर्ने ,वादल लाग्ने वा प्रकृतिमा घट्ने अनेक घटनाहरुले गर्दा मान्छेले यो कसरी भयो ? जन्म , मृत्यु जस्ता घटनाहरु कसरी हुन्छन् ? मान्छे विरामी कसरी…
Read More
क्रान्तिकारी प्रेस संगठनले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी प्रेस संगठनले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको नेतृत्व तथा अन्य प्रेस सम्बद्ध संघ संगठनलाई विचार र आस्थाको आधारमा कसैलाई पनि वाइपास नगर्न चेतावनी दिनुभएको छ ।जेठ १६ गते जारी गरिएको वक्तव्यमा भनिएको छ, “आगामी जेठ २६ गते नेपाल पत्रकार महासंघको चुनाव तोकिसकेको अवस्थामा चुनावको तयारीमा लाग्नुपर्ने समयमा पत्रकारहरुसँग सम्बन्धित विभिन्न संघ संगठनहरुले पत्रकार महासंघको केन्द्र र प्रदेश तथा जिल्लाहरुमा गरेको तालाबन्दी र आन्दोलनहरुबारे हाम्रो संगठन कान्तिकारी प्रेस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको आगामी निर्वाचनको पूर्वसन्ध्यामा देखा परेको सदस्यता शुद्धिकरण विवाद समयमै टुङ्ग्याएर निर्वाचन निर्धारित समय अवधिमै होस् भन्ने हाम्रो…
Read More
माेदनाथ मरहट्टाकृत “चित्र र चरित्र” परिचर्चा कार्यक्रम सम्पन्न

माेदनाथ मरहट्टाकृत “चित्र र चरित्र” परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं : काठमाडौंको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा प्रगतिवादी साहित्यकार मोदनाथ मरहट्टाद्वारा रचित निबन्धसङ्ग्रह ‘चित्र र चरित्र’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मपन्न भएको छ । मंगलबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त परिचर्चा कार्यक्रममा पुस्तकबारे वरिष्ठ माक्र्सवादी समालोचक द्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा.अमर गिरीले कृतिको समग्र मूल्याङ्कन सहितको समीक्षा गरेका थिए भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी र वामपन्थी लेखक लेखनाथ न्यौपानेले कृतिकार मोदनाथ मरहट्टाको व्यक्तित्व र लेखनी विषयमा चर्चा गरेका थिए । महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासङ्घका केन्द्रीय सदस्य गौरी देबकोटाले र स्वागत मन्तव्य अर्का केन्द्रीय सदस्य डा.छायादत्त…
Read More