महिलाको वेदना

लेखक : लक्ष्मी पान्डे

राम्रो रहोस सुन्दर रहोस यो मनको भावना
एकासी साल तीजको शुभकामना ।

सुन्नुहोला दिदी बहिनी सुन्नुहोला दाजुभाई
मेरो मनको बिलौना भन्छु सबैलाई ।

जति शिक्षा भएपनि चेतनाको अभाव छ
महिलालाई आफ्नो घरको भित्री दबाब छ ।

महिलाले सहनु पर्ने अन्याय र अत्याचार
दिनहुँ हुँदै गाको छ हिंसा, बलत्कार

हाम्रो देशका नेताले गर्छन् ठूलो भाषण
अझैपनि गाको छैन कडा शासन ।

पुरुषलाई जन्म दिने उनै आमा महिला हुन् ।
महिलामाथि हत्या हिंसा चलिराछ झन्

जति कानुन बनेपनि नत हिंसा रोकियो
शोषण नभई बाँच्नु पर्ने हकै खोसियो ।

जति भाषण ठोके पनि त्यही भाषणमा सीमित
देशव्यापी आन्दोलन गरौं अबत ।

महिला मुक्ति पाउनलाई हुन्न अब बसेर
हिडौं अब आन्दोलनमा कम्मर कसेर

जोगाउँ है यो देशका भविष्यका कर्णधार
यति भन्दै ओझेल पर्छु सबलाई नमस्कार ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?