जन बिहानी

1497 Posts
पर्यावरण रक्षाको समस्या : वर्तमान विश्वको मूल प्रश्न

पर्यावरण रक्षाको समस्या : वर्तमान विश्वको मूल प्रश्न

मानिस प्रकृतिकै उपज हो । त्यसैले मानिसले प्रकृतिको रक्षा गर्नु उसको परम कर्तव्य हो । पुरानो शास्त्रमा भनिएको पनि छ कि ‘प्रकृति रक्षति रक्षिता’ अर्थात् प्रकृतिलाई हामीले रक्षा गर्यौं भने प्रकृतिले पनि हाम्रो रक्षा गर्दछ । मानिस र प्रकृतिको अन्तरसम्बन्ध तादाम्यता अत्यन्तै गहिरो र चीरकालिक रहेको छ । मानिस स्वयं प्रकृतिको अंश भएकोले प्रष्ट छ कि जुन जुन तत्वले प्रकृति बनेको छ त्यसको अंश पनि स्वभावतः मानिसको निर्माणमा महत्वपूर्ण र प्रमुख सहयोगी रहेको छ । हुन पनि प्रकृतिले जीवका लागि स्थल,जल, बन र वायुकारुपमा एउटा ब्यापक र बिस्तृत आवरण निर्माण गरेको छ । त्यसैलाई हामी ‘पर्यावरण’ अर्थात् ‘इकोसिस्टम’ भन्ने गर्दछौं…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाको मधुवन नगरभेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाको मधुवन नगरभेला सम्पन्न

गुलरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको मधुवन नगरपालिकाको भेला सम्पन्न भएको छ । उक्त भेला पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज शक्ति प्रमुख आथित्यतामा सम्पन्न भएको भेलामा ,पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सह ईन्चार्ज विशाल ,पार्टीका प्रदेश कमिटी सदस्य बर्दिया जिल्ला संयोजक दिलमान पार्टी सह संयोजक चक्र ,प्रदेश सल्लाहकार समिति का सदस्य भीष्म लगायतका नेताहरुको उपस्थित रहेको थियो । उक्त भेलाले कमरेड बिमला बि क को नेतृत्त्वमा २१ सदस्य नगर कमिटी गठन गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पालिकास्तरको एकता घोषणा गर्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पालिकास्तरको एकता घोषणा गर्दै

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले नवलपरासीमा पालिकास्तरको एकता अधिबेशन तथा एकता घोषणा कार्यक्रम तय गरेको छ । जिल्ला संगठन समिती अन्तरगत कमान्ड नम्बर एकको बर्दघाट नपाको बेलाहानीस्थित नेपालडाडामा मंगलबार सम्पन्न बैठकले कमान्ड मातहत रहेको बर्दघाट नगरपालिका प्रतापपुर र सुस्ता गाउँपालिकाको एकता अधिबेशन तथा पार्टी एकता घोषणा कार्यक्रम ठोस गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नेकपा(मशाल) बीच यहि जेठ १८ गते जिल्लास्तरमा एकता सम्पन्न भएको थियो । जिल्लाको एकता लगतै सातै पालिकास्तरमा एकता घोषणाका कार्यक्रमहरु तिब्रताका साथ गरिने पार्टीले जनाएको छ । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा , जिल्ला संयोजक रवि पान्डेय सहसंयोजकद्व्य गणेश…
Read More
जिल्लामा क्रियाशील जनपक्षीय राजनीतिक दलहरुले बुझाइयो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

जिल्लामा क्रियाशील जनपक्षीय राजनीतिक दलहरुले बुझाइयो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

पोखरा : सहकारी पीडितहरुको पक्षमा कास्की जिल्लामा क्रियाशील जनपक्षीय राजनीतिक दलहरुव्दारा ४ नं. प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।सहकारी पीडितहरुलाई न्याय दिन, सहकारी कसुरधारीलाई कानुनी कारवाही गरी बिधीको शासन स्थापित गर्न , पीडितहरुको पक्षमा आवाज उठाउन अव विलम्ब गर्न हुदैन भन्ने निश्कर्षका साथ समस्याग्रस्त सहकारी बचत पीडितहरुको बचतको सुरक्षा, बचतकर्ताको बचत फिर्ता , सहकारी रकम अवचलन गर्नेहरुको छानविन गरी कानुनी कारवाही , आन्दोलनरत बचत पीडितहरुको जिउधनको रक्षा , पीडितहरुलाई धम्क्याउनेहरुलाई कानुनी कारवाही ,सहकारी सञ्चालकको सम्पत्ति बेचेर ५ लाखसम्मको बचत फिर्ता गर्ने संघिय सरकारको घोषणा व्यवहारमा लागु र सहकारी सन्चालन तथा सहकारी कसुर सजाय ऐन जारी गर भन्ने मागसहीत ४…
Read More
‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

‘सहकारी पीडितलाई न्याय दे’ भन्दै प्रधानमन्त्रीलाई देखायो कालो झण्डा

पोखरा : पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा गएका थिए । आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँची जिल्लामा एकता अधिवसन २०८१ जेठ २० गते सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी विदेशी शक्तिहरुको कसरत भइरहेको बताए । देशको राष्ट्रिय स्वाधिनताको विषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकता हुनुपर्ने कुरामा जोड दिए । नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आवाज बुलन्द गर्न आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य अर्जुन,केन्द्रीय सदस्य कौडिल्य,ओबिराम,केन्द्रिय तथा जिल्ला…
Read More
भारतीय लोकसभा निर्वाचन : भाजपाको लोकप्रियता घट्यो

भारतीय लोकसभा निर्वाचन : भाजपाको लोकप्रियता घट्यो

काठमाडौँ : भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ । २०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । बहुमत गुमाए पनि भाजपा पहिलो दल बन्न भने सफल भएको छ । साथै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई भने बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। गठबन्धन कायमै रहेमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ । यता प्रमुख…
Read More
टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौँ : टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) कपिलवस्तुमा एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) कपिलवस्तुमा एकता अधिवेशन

कपिलवस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टीनेपाल र नेकपा(मशाल) बीच कपिलवस्तुमा पार्टी एकता भएको छ । मंगलबार बाणगगा नगरपालिकाको सिउटीमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य सेरमान थारुको संयोजकत्वमा ३९ सदस्य जिल्ला संगठन समिति निर्वाचित गरेको हो । त्यस्तै जिल्ला सह- संयोजकहरुमा वीर बहादुर बिक क.संर्घष,टुकलाल पुन क. यात्री र कमल उप्रेती निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ५ सदस्य कार्यालय र १४ सदस्य सचिवालय समेत गठन गरेको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो । एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा…
Read More
वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले भने, ‘एजेन्टका कारण ठगीका घटना बढ्यो’

वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले भने, ‘एजेन्टका कारण ठगीका घटना बढ्यो’

काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एजेन्टहरूका कारण ठगीका घटना बढिरहेको छ । विगतमा मेनपावर व्यवसायीहरूले एजेन्ट तथा ब्रोकरहरू नियुक्त गरेसँगै त्यस्ता घटनाहरू बढिरहेको हो । ‘फ्रि भिसा फ्रि टिकट भनेपछि मेनपावरलाई सेवा शुल्क तोकिएन । मेनपावरले एजेन्टहरू नियुक्त गरे । ती एजेन्टहरूले मनलाग्दी तरिकाले पैसा उठाए । उनीहरू न आधिकारिक व्यक्ति हुन्, न लाइसेन्स हुन्छ । उनीहरूकै कारण समस्या आइरहेको हो,’ महानिर्देशक घिमिरेले भने । एजेन्टमार्फत हुने गरेका ठगीमा विभिन्न प्रमाण हेरेर कानुनी कारबाही गर्दै आएको उनको भनाइ छ । ‘च्याट गरेको रेकर्ड लिन्छौँ । उसको खातामा पैसा गएको छ कि छैन भनेर हेर्छौं । विदेश गएको…
Read More