जन बिहानी

1497 Posts
क्रान्तिबारे निम्न पुँजीवादीहरुको धारणा र त्यसका विरुद्ध मार्क्सले र लेनिनले गरेको संघर्ष

क्रान्तिबारे निम्न पुँजीवादीहरुको धारणा र त्यसका विरुद्ध मार्क्सले र लेनिनले गरेको संघर्ष

“क्रान्ति एउटा लामो प्रकृया हो भन्नेकुरा निम्नपुँजीवादी तत्वहरुलाई पचाउन मुस्किल पर्दछ ।” कार्ल मार्क्समाथि उल्लेखित भनाई माक्र्सले जर्मनका निम्न पुँजीवादी तत्वहरुको क्रान्तिबारेको धारणामा भएको प्रमुख कमजोरीलाई औल्याउँदै भन्नु भएको थियो ।क्रान्तिबारे निम्न पुँजीवादी तत्वहरुको धारणा के हुन्छ ? त्यसबारे माक्र्सले जर्मनका जर्मनको तत्कालिन परिस्थिति र निम्न पुँजीवादीहरुको क्रान्तिसम्बन्धी सोचाई बारे माक्र्सले पुनः लेख्नुहुन्छ— “पार्टीका पुराना नेताहरुले कार्यकर्ताहरुलाई यो भनेर उत्साहीत पार्ने प्रयत्न गथ्र्यो । क्रान्ति छिट्टै हुने छ, टाढा भए ४–५ वर्षमा पक्कै पनि । पार्टीले प्रारम्भिक दिनहरुमा प्राप्त गरेका सफलताका पछाडि यसप्रकारको शीध्र विजय वा आशाले प्रशस्त काम गरेको थियो । तर जव क्रान्ति झन् झन् टाढाको कुरा बन्दै…
Read More
ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

काठमाडाैँ : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगोसाझेदारी सम्बन्धी सम्झौतामा मिति २०८१/०३/२४गते हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई ग्लोबल आई.एम. इ बैंकले प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव…
Read More
पानीबारे हजुरआमाको कथा

पानीबारे हजुरआमाको कथा

मेरो मेरो आमाको आमा हजुरआमा उमेरमा निकै राम्री हुनुहुन्थ्यो । अग्लो जिउ ,गोरो मुहार ,मुहारमा राम्रो लाहुरेफूली लगाएको अनि निधारमा उहाँको जहिलेपनि रातो टलकने टिकी रहेको हुन्थ्यो । हजुर आमाले जहिले पनि रातो मखमलको चोली लगाउने गर्नूहुन्थ्यो । वहाँले संधै कक्कड खानुहुन्थ्यो । काँचोपातको वा आँकेको कक्कड बनाएर खाने गर्नुहुन्थ्यो । वहाँले कक्कड चिलिममा भरेर खाने गर्नुहुन्थ्यो । वहाँको सबै बानी व्यवहार निकै राम्रो थियो । पानीको मुहान वरपर सफा राख्नु पर्दछ भनेर संधै भन्ने गर्नु हुन्थ्यो । मेरो हजुरआमाले पढेको लेखेको त हुनुहुन्थेन तर पनि व्यवहारिक रुपमा सबै काम राम्रो संग गर्ने, घरदेखि मेलापात सम्मको सबै काम राम्रोसंग जानेको…
Read More
सत्तालाई स्वस्ति गरिरहेको कवि !

सत्तालाई स्वस्ति गरिरहेको कवि !

कविता जतिसुकै वाचाल होस होस जतिसुकै चर्चित जतिसुकै लोकप्रिय होस होस जतिसुक‌ै ह्याण्डसम/ ब्युटिफूल सत्तालाई स्वस्ति गरिरहेको कवि मात्र एउटा बुख्याँचा हो सत्ताले सत्ता रुँघ्न ठड्याएको एउटा निरिह गोठालो हो । सत्तालाई स्वस्ति गरिरहेको कवि झट्ट हेर्दा जतिसुकै भद्र देखियोस ऊ भित्रबाट अभद्र हुन्छ जतिसुकै सर्वगुण सम्पन्न देखियोस ऊ भित्रबाट रित्तो र खोक्रो हुन्छ जतिसुकै नैतिकताका गफ गरोस पहिलो दृष्टिमै अनैतिक हुन्छ । मञ्चहरूमा दैनिक खादा र मालामा भए पनि ऊ उसलाई मालाहरूले जिस्काइरहेका हुन्छन् मालाहरू स्वयम् हिनतावोधमा हुन्छन् मालाहरू सोच्छन्- यस अनैतिकको गलामा झुण्डिनु र भुस्याहा कुकुरको गलामा झुण्डिनु कुन चै तैबिसेक होला ? मालाहरू स्वयम् अलमलिन्छन । लेखक…
Read More
कोशीको पीडा र इच्छुकको कविता

कोशीको पीडा र इच्छुकको कविता

समीक्षा कोशी टप्पु– इच्छुक टाढा–टाढा जहाँसम्म दृष्टि पुग्छसमुन्द्रजस्तै फैलिएको छआङ तन्काएर कोशी बाँधयो तटवर्र्ती आहत गाउँहरूकोआँसुको आर्त–सागर होया डुबानपीडित बस्तीहरूकोपीडाको गल्छी होयो कोशी टप्पुयो सिमसार क्षेत्र । महाप्रलय भएजस्तोचारैतिर पानी पानीकेबल अगाध पानीमानौं मत्स्य–पुराणमा वर्णितजलाम्य पृथ्वीजस्तोसर्वत्र पानी ! अथाह पानी !यो सुन्दर स्वप्नहरूकोमनोरम सरोवर होया कुरूप दुःस्वप्नहरूकोविद्रुप धरोहर होअथवा जलदस्युहरू विहार गर्नेकुनै आरक्षित जलडमरू होयो कोशी टप्पुयो सिमसार क्षेत्र । पराजित युद्धबन्दीजस्तैविवश पुर्खाहरूमाथि करले लादेकोअतीतको सुगौली सन्धिजस्तैमितेरीको मीठो भाङ खाएरदेशको छातीमा घनले ठोकेकोअपमानको गहिरो किलोजस्तोयो कोशी तटबन्धअसमान सन्धिको रक्षाकवच पैरेरजन्माइरहेछ मुलुकभित्रनौलो उपनिवेशजस्तैनौलो विस्थापित मुलुक बत्तीमुनिको अँध्यारोजस्तैजहाँ पानी छ, सिंचाइ छैनबाढी छ, बिजुली छैनबस्ती छ, विकास छैनजमिन छ, लालपूर्जा छैनबनको आरक्ष…
Read More
बाढी, पहिरो, चट्याङलगायत विपद्‌बाट ६२ जनाको मृत्यु

बाढी, पहिरो, चट्याङलगायत विपद्‌बाट ६२ जनाको मृत्यु

काठमाडौं : मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङ लगायत विपद्‌बाट ६२ जनाको ज्यान गइसकेको छ। गत जेठ २८ गते पूर्वी भेगबाट मनसुन भित्रिएको थियो। लगत्तै पूर्वी पहाडमा बाढी र पहिरोले धनजनको क्षति गरेको थियो। पछिल्लो पटक दुई दिनयता देशभर मनसुनी विपद्ले जनधनको क्षति भएको छ। अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यस्तै, मनसुनजन्य विपद्‌मा परी ९० जना घाइते छन्। केन्द्रका अनुसार बाढीबाट नौ जनाको ज्यान गएको छ। मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेमा दुई, उदयपुरमा एक र पाल्पामा एक जनाको मृत्यु भएको छ। बाढीमा बगेर दुई जना हराइरहेका छन्।…
Read More
सरकार परिवर्तन र संविधान संशोधनको कुरा

सरकार परिवर्तन र संविधान संशोधनको कुरा

नेपालको राजनीतिक बजारमा यतिबेला सरकार परिवर्तन र संविधान संशोधनको कुराले बिशेष चर्चा पाएको छ । हुन त नेपालको समसामयिक सन्दर्भमा उपरोक्त दुबै प्रशंग खासै महत्वका होइनन् किनकी नेकां, एमाले र माओवादी केन्द्र तीनवटै उस्तैखालका संसदवादी बुर्जवा पार्टी हुनभने प्रधानमन्त्रि पदबाट निवर्तमान हुन लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँद फेर्न लाग्नुभएका एमालेका अध्यक्ष केपी ओली दुबै दक्षिणपन्थी अवसरवादी नेता भएको कुरामा द्विमतगर्ने ठाउँ छैन । कम्युनिष्ट पार्टीमा बिचार प्रधान हुन्छ । बिचारका आफ्नै सीमा, मूल्य, मान्यता र आदर्शहरु रहेका हुन्छन् । तर एमाले र माओवादी केन्द्र नाममात्रका कम्युनिष्ट पार्टी हुन्भने उनीहरुले ‘बिचारको राजनीति छाडेर’ ‘संभावनाको राजनीति’ अर्थात अवसरवादी राजनीति…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण प्रक्रियामा देखिएका विभिन्न प्रवृृत्तिहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण प्रक्रियामा देखिएका विभिन्न प्रवृृत्तिहरु

पोहोर साल (२०८० वैशाख १८ गते) मे दिवसको अवसर पारेर तत्कालीन नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको घोषणा गरियो । यो एकतालाई कम्युनिस्ट क्रान्तिकारीहरु र वामपन्थी शक्तिहरुले सकारात्मक रुपमा लिएको पाइयो । तर तत्कालीन नेकपा (बहुमत) का केही साथीहरुले नेकपा (बहुमत) जीवित छ भनेर वक्तव्य निकाल्नु भयो । एकता प्रक्रियामा सामेल हुनु भएन । तर नेकपा (बहुमत) भन्ने अहिले अस्तित्व छैन । त्यसको केही समयपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट तत्कालिन नेकपा (बहुमत) पक्षका केही साथीहरुले नेकपा (माओवादी) बनाएको घोषणा गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अस्तित्वमा आएको ठीक एक…
Read More
भारतमा क्रियाशील दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

भारतमा क्रियाशील दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

हैदराबाद : अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको छ। एकता अधिवेशनको अध्यक्षता आनन्द थापाले गर्नु भयो। अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्झनमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलार्इशब्दबाट गोविंद पान्डेले र संगीतबाट रक्तिमका कलाकारहरूले आउ है एकताका हातहरूले तिमीलार्इ स्वागत छ भन्ने गितद्धारा स्वागत गर्नु भएको थियो। त्यस पछि प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा भारत प्रदेश ईन्चार्ज कृष्ण धमला (गंभीर) ले मैन बत्ती प्रज्वलित गरेर तालीको गडगडाहटमा एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो। उहाँले मन्तव्यको क्रममा एकता…
Read More
श्रीनाथ अधिकारी (श्याम) को पाँचौं बार्षिक स्मृति दिवस कार्यक्रम पोखरामा सम्पन्न

श्रीनाथ अधिकारी (श्याम) को पाँचौं बार्षिक स्मृति दिवस कार्यक्रम पोखरामा सम्पन्न

बिक्रम थापामगर/पोखरा : कमरेड श्रीनाथ अधिकारी (श्याम) को आज पाँचौ बार्षिक स्मृति कार्यक्रम क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपाल,४ नम्बर प्रदेशको आयोजनामा प्रदेश पार्टी कार्यलय सृजना चोक, पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कमरेड श्यामले अवलम्बन गर्दै आउनु भएको क्रान्तिकारी बिचार र आदर्शलाई सबैले पछ्याउनु पर्ने कुरामा सबै वक्ताहरुले जोड दिंदै कमरेड श्रीनाथ अधिकारी (श्याम) प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समिति सदस्य क.भिम बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका केन्द्रिय कार्यालय सदस्य एवं प्रदेश संयोजक क. चिन्तामणि पौडेल ,अतिथिहरु एकता महाधिवेशन आयोजक समिति…
Read More