धर्मेन्द्र बास्ताेलाकाे समूह क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी हो : बास्तोला

बर्दिया : धर्मेन्द्र बास्ताेला नेतृत्वकाे नेकपा (बहुमत) क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी समूह भएकाे नेकपा (बहुमत)का विद्राेही नेता लक्ष्मण बास्तोलालगायतले बताएका छन् ।

शुक्रबार लक्ष्मण बास्तोला जिल्ला कमिटी सदस्य बर्दिया (कसम) जगत ओली-जिल्ला कमिटी सदस्यएवं क्रान्तिकारी युवासंगठन जिल्ला इन्चार्ज बर्दिया र पार्वती बास्तोला सदस् (कल्पना)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे कुरा बताएका हुन् । लक्ष्मण बास्तोला र पार्वती बास्तोला धर्मेन्द्र बास्ताेला कञ्चनका आफ्नै भाइ बुहारी समेत हुन् ।

लक्ष्मण बास्तोलालगायतले जारी गरेकाे विज्ञप्ति भनिएकाे छ, ‘क्रन्तिकारीहरुको एकता आजको आवश्यकता हो । तर हामी संलग्न समूह नेकपा (बहुमत) यसका विपरित क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालबाट फूटेर अलग हुनपुग्यो । हामीले यसका गतिविधीलाई गम्भीरता पूर्वक अध्ययन गरौं। यसबाट हामी के निस्कर्षमा पुग्यौं भने यो क्रान्तिकारी लफ्‌फाजीको जलापले बेरिएको दक्षिणपंथी संशोधनवादी समूह हो । त्यसकारण आजैदेखि यो समूह परित्याग गरेको घोषणा गर्दै यसभित्र रहेका क्रान्तिकारीहरुलाई भ्रममा नपर्न र क्रान्तिकारी जनसमुदायको भावनालाई सम्वोधन गर्न हार्दिक आह्वान गर्दछौ । साथै एकताको मर्मबोध गर्दै क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालमा आवद्ध भई अघि बढने प्रण गर्दछौं ।’

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?