उपनिर्वाचन मङ्सिर १६ गते गर्न निर्वाचन आयोगकाे प्रस्ताव ।

काठमाडौँ, भदौ ३० गते। आइतबार आयोग पदाधिकारीहरूले प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका छन। सरकारसँग स्थानीय तहको उपनिर्वाचन मङ्सिर १६ गते गर्ने प्रस्ताव निर्वाचन आयोगले गरेकाे छ।  

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो।उक्त अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो। 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर  स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिनुभएको हो। 

स्थानीय तहमा हाल जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधि पद रिक्त  छ।

परामर्श भेटपछि आयोगद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालमा सम्पन्न भएको स्थानीय निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी ३९ रिक्त पदमा संवत् २०८१ मङ्सिर १६ गते आइतबार उपनिर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्न आज आयोगबाट नेपाल सरकारलाई परामर्श दिइएको छ। ’

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?