‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’
‘विद्यार्थीले परिपक्व व्यवहार गरेका छन । हसिनाजस्ता शक्तिशाली व्यक्तिलाई त यसरी बाहिर निकाल्न सकिन्छ भने यो त भविष्यका सबै शासकहरूका लागि समेत एउटा पाठ हुनुपर्छ ।’ शाहिदुल आलमकाठमाडौँ : शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए । त्यही निहुँमा उनलाई गिरफ्तार गरिएको थियो । उनै शाहिदुल आलमसँग बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । तपाईंहरू बंगलादेशमा लोकतन्त्र, प्रेस…