बिक्रम थापा/कास्की : देशभरिबाट पोखरामा जम्मा भएका रवि लामिछानेका समर्थकहरूले आज नाराको भाका फेरेकाछन। सहकारी पीडितको पैसा हिनामिना गरेको आरोपमा पोखरा प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरूले हिजो दिनभरि उनको रिहाईको माग गर्दै नारा लगाएका थिए ।

अर्को तिर सहकारी पीडितहरूले हिनामिना रकम फिर्ता गर्न माग गर्दै जुलुस गरे पछि पोखरामा झडपको स्थिति सृजना भएको थियो । सहकारी ठग रवि लामिछानेका झोलेहरूलाई पोखराबाट लखेट्नु पर्दछ भनेर स्थानीयहरू आक्रोशित भए पछि लामिछानेका समर्थकहरूले नाराको भाका फेर्न बाध्य भएको कतिपय विष्लेशकहरुको बुझाई छ।
हिजो लामिछानेको रिहाईको माग गरेका आन्दोलनकारीहरूले आज सहकारी पीडितलाई न्याय दे भनेर नारा लगाएका छन। लामिछानेको हिरासत अवधि बढ्दै जाँदा उनका समर्थहरू आन्दोलनबाट थाकेर पाखा लाग्ने पनि केहीको बुझाई छ ।