क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल, बर्दियाको सम्मेलन सम्पन्न

बर्दिया : क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपालको बर्दिया जिल्लाको जिल्ला सम्मेलन प्रेम थापाको अध्यक्षता प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा २०८१ कार्तिक ३ गते सम्पन्न भएको छ । कार्यक्रमका अन्य अतिथिहरुमा दिपक शाही ,विपिन रोकाया , खड्गबहादुर मल्ल , गुणनीधि आचार्य र हरी न्यौपाने रहेका थिए ।

कार्यक्रमको सञ्चालन दिलबहादुर कठायत र स्वागत लक्ष्मण वास्तोलाको रहेको थियो। शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पछि शुभकामना मन्तव्यको क्रममा अतिथिहरुले सम्मेलनको शुभकामना व्यक्त गर्नुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई सही किसिमले अगाडि बढाउने जिम्मेवारी क्रान्तिकारी कम्युनिष्ट पार्टीको काँधमा आएको भन्दै त्यो दिशामा लाग्न सबै कार्यकर्ताहरुलाई अनुरोध गरे । सम्मेलनले २५ सदस्स्यीय समिति गठन गरेको छ । जसमा प्रेम थापा सचिवमा निर्वाचित भएका छन्।

By जन बिहानी

Related Posts