शैक्षिक संस्थामा नियम विपरीत शुल्क असुलीविरुद्ध अखिल (क्रान्तिकारी)
काठमाडौं : मोहन बैद्य नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौं जिल्ला संगठन समितिले जिल्लाका विभिन्न निजी शैक्षिक संस्थाहरूमा शिक्षासम्बन्धी कानुन विपरीत शुल्क असुली भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले शिक्षालाई व्यापारको वस्तु बनाइएको, शुल्क असुलीको नाममा विद्यार्थीमाथि शोषण भइरहेको, शुल्क वृद्धि बन्द गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भएको जनाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार शिक्षालयले नियमविपरीत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गर्दै आएको, त्यसले विद्यार्थी र अभिभावकमाथि आर्थिक भार बढाएको र शिक्षामा समान पहुँचलाई अवरोध गरेको संगठनको भनाइ छ। संगठनले विद्यालयलाई शिक्षालयकै रूपमा सञ्चालन गर्न आग्रह गर्दै शुल्क असुली रोकेर संविधानअनुसार निःशुल्क…