माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

क्रान्तिकारी सुकुम्बासी सङ्घले भूमि बैङ्क तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने

क्रान्तिकारी सुकुम्बासी सङ्घले भूमि बैङ्क तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने

काठमाडौं : क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही साउन १५ र १६ गते कास्की जिल्लाको सुन्दर नगरी पोखरामा सम्पन्न भएको थियो । राष्ट्रिय भेलाका निणर्यहरुका जानकारी गराउँदै संघका नवनिर्वाचित संयोजक भीम चापागाईंले २०८२ श्रावण १९ गते एक प्रेस वक्तव्य जारी गर्नू भएको छ । वक्तव्यमा क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालले भूमि बैङ्कसम्बन्धी विधेयक तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ – “क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही साउन १५ र १६ गते कास्की जिल्लाको सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ । साउन १५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ पोलिटब्युरो सदस्य…
Read More
क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद : हेमन्तप्रकाश ओली ‘सुदर्शन’

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ “लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ । लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल…
Read More
एमसीसी परियोजनालाई नेपालमा निरन्तरता दिने अमेरिकी निर्णय

एमसीसी परियोजनालाई नेपालमा निरन्तरता दिने अमेरिकी निर्णय

निरन्तरता किन ? “एमसीसीले विश्वभर व्यापार वृद्धि र स्थिरतालाई प्रवद्र्धन गर्ने समय–सीमित लगानी मार्फत् अमेरिकी जनताको सुरक्षा, तागत र समृद्धिमा योगदान पु¥याउँछ ।” -“MCC contributes to the safty, strength and prosperity of the american people through time-limited investments that promote business growth and stability around the world”)दोस्रो कार्याकालको लागि निर्वाचित भएपछि आफ्नो कार्यकाल शुभारम्भ गरेपछि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ले आफ्नो वेवसाइटमा यस्तो ‘स्लोगन’ राखिएको छ । यस स्लोगनबाट प्रष्ट भएको छ कि एमसीसी ‘लगानी’ हो, अनुदान होइन । एमसीसी परियोजनामार्फत् नेपालमा गरिएको लगानीबाट अमेरिकालाई के फाइदा पुग्छ ? यो परियोजनाले अमेरिकी जनताको सुरक्षा, तागत र समृद्धिमा कसरी सहयोग पु¥याउँछ ? यसको…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी, सिन्धुलीद्वारा बयलकोटीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिष्ट पार्टी, सिन्धुलीद्वारा बयलकोटीप्रति श्रद्धाञ्जली

सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीले देवीमाया बयलकोटीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्लाका सचिव भरत बुर्जा मगरले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नु भएको छ , “गोलन्जोर गाउँ समिति सदस्य कबिन्द्र बयलकोटीको जीवन संगिनी देवीमाया बयलकोटीको २०८२ साल श्रावण ५ गते ६७ बर्षको उमेरमा दुखद निधन भएको छ। उहाँ दीर्घ रोगी हुनुहुन्थ्यो। उहाँको निधनबाट पार्टीलाई क्षति भएको छ र उहाँलाई हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला समिति एबम् मेरो तर्फबाट समेत हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु।”
Read More
काभ्रेको बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

काभ्रेको बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

प्रदिप अस्थानी,बनेपा, काभ्रे : अखिल (क्रान्तिकारी) द्वारा सञ्चालन गरिएको जागरण तथा शैक्षिक संघर्ष अभियान–२०८२ काभ्रे जिल्लामा व्यापक ढंगले सुरु भएको छ। विद्यार्थी र युवा वर्गका ज्वलन्त समस्या –जस्तै पुँजी पलायन, बेरोजगारी, युवा र विद्यार्थीको विदेश पलायन—लाई मुख्य एजेन्डा बनाउँदै अभियान काभ्रेको विभिन्न विद्यालय र क्याम्पसहरूमा सञ्चालन भइरहेको छ। अभियान अन्तर्गत बनेपाका विद्यालय र क्याम्पसहरूमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरिनुका साथै उनीहरूलाई संगठनमा आबद्ध गराउने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। शैक्षिक जागरण अभियानको नेतृत्व विद्यार्थी नेता तथा अभियान कमान्डर नेत्र शाहीले गरिरहेका छन्। उनीसँगै सचिवालय सदस्यहरू महेन्द्र ओली, मनोज थापा, अर्जुन विक, संगीन लगायतका नेताहरूले अभियान सञ्चालनमा सक्रिय भूमिका…
Read More
क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाको संयोजकमा श्रेष्ठ

क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाको संयोजकमा श्रेष्ठ

बर्दिया: मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको वर्दिया जिल्ला भेला २०८२ श्रावण गुलरियामा सम्पन्न भएको छ। भेलाले छाया श्रेष्ठको संयोजकत्वमा ११ जनाको जिल्ला संगठन समिति गठन गरिएको छ। जस्मा सदस्यहरु क्रमशः ममता गौतम, गिता राना ,सुमित्रा खत्री, तारा थापा, मिना वन, तुल्सी खत्री, विश्वमोहनी राजवंशी, लक्ष्मी थापा, कविता विष्टर प्रिता लोध रहेका छन्। कार्यक्रममा महिला संगठनकी केन्द्रिय कोषाअध्यक्ष कमला खडकाको विशेष उपस्थिति रहेको थियो।
Read More
भ्रष्टाचार विरोधी अभियान–२०८२

भ्रष्टाचार विरोधी अभियान–२०८२

शालिकराम भण्डारीक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरोधी अभियान संचालन गर्ने निर्णय गरेको छ । यही असार ५ गते पत्रकार सम्मेलन गरी यसको उद्घाटन गरियो । यो अभियान ३ चरणमा गरिने प्रष्ट पारिएको छ । (१) प्रचारप्रसार (२) भण्डाफोर (३) जनकार्वाही पार्टी भ्रष्टाचारलाई नेपाली समाजको निम्ति महारोग भएको ठान्दछ । धेरै लामो समयदेखि जिल्ला, क्षेत्र इलाकामा नेता तथा कार्यकर्ता उपस्थित भै गहिरो अध्ययन गरिएको छ ।त्यसैको प्रतिवेदनअनुसार पार्टीको स्थायी समितिले जनचतेना जगाउन, भ्रष्टाचारीबाट आफ्नो रक्षा आफै गर्न सक्ने बनाउन, पार्टी सधै तिम्रो साथमा छ भन्ने सन्देश दिन यो निर्णय गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको अरु स्वार्थ छैन, ती सबै पीडितलाई…
Read More
देशमा वैचारिक स्खलनको अवस्था

देशमा वैचारिक स्खलनको अवस्था

-मनु वि.क.अहिले देशमा वैचारिक स्खलनको अवस्था चरम सीमामा पुगेको छ । उमेरले पाका भएकाहरु होउन् वा उमेर बढ्दै गरेका भर्खरका युवाहरु होउन् उनीहरुले वैचारिक स्तर विकास गर्न र सोही मुताविक आचरण गर्न, र विचारलाई संरक्षण गर्न सकेको देखिँदैन । उमेरले पाका भएकाहरुमा पनि विचारलाई विकास गर्ने, चिन्तन मनन गर्ने,समाजोपयोगी कामहरुमा कसरी लाग्न सकिन्छ ? समाजलाई के कसरी बढी भन्दा बढि योगदान दिन सकिन्छ भन्ने भन्दा पनि के कसरी आफूले आफ्नो स्थिति बनाउन आर्थिक अवस्था सुधार गर्न सकिन्छ भन्नेतिर मात्रै ध्यान दिएको देखिन्छ ।आफूलाई नै केन्द्रमा राखेर सोच्ने, स्थितिको मूल्याङकन गर्ने, आफूलाई नै सर्वेसर्वा ठान्ने,आफूले भने जस्तो माहोल बनाउन हरसम्भव प्रयत्न…
Read More
मालेमावादको गुदी कुरा

मालेमावादको गुदी कुरा

हेमन्तप्रकाश ओली ‘सुदर्शन’ आजका युवा–विद्यार्थीले मार्क्सवादका आधारभूत सिद्धान्तका कुरा बुझ्न जरुरी छ । कार्यदिशा, कार्यनीति र कार्यक्रमहरू लागू गर्नलाई पहिले सिद्धान्तका कुरा बुझ्न आवश्यक छ । हामीले सिद्धान्तका कुरा बुझ्नलाई लामो समय स्कुलिङ आवश्यक छ । तर यहाँ निकै छोटो समयमा, छोटो र सरल तरिकाले हाम्रो मार्गनिर्देशक सिद्धान्त, हाम्रो कार्यदिशा, कार्यक्रम र कार्यनीतिका बारेमा छलफल गरिएको छ । मार्क्सवाद–लेनिनवाद–माओवाद हाम्रो मार्गनिर्देशक सिद्धान्त हो । हाम्रो न्यूनतम् कार्यक्रम भनेको जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद हो । हाम्रो राजनीतिक कार्यदिशा भनेको वैज्ञानिक समाजवादी क्रान्ति हो । हामीले तत्काल गर्ने काम अथवा तत्कालीन कार्यनीति भनेको स्वाधीन संयुक्त सरकार हो । ज्ञान सिद्धान्त, कार्यनीति,…
Read More
“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो,…
Read More