
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुर जिल्ला कमिटी सदस्य भरत ठकुल्ला (आकाश) को उपचारको क्रममा महाकाली अस्पतालमा पौष १४ गते राति ११ बजे असामयिक निधन भएको छ । कञ्चनपुर जिल्ला बेदकोट न.पा. २ बस्ने भरत ठकुल्लाको गत पुस ८ गते बाइक दुर्घटनामा परि उपचारको क्रममा हुनुहुन्थ्यो ।
पार्टीका पोलिटव्यूरो सदस्य शेरबहादुर देउवाले आफ्नो फेस बुक वालमा लेखेका छन्, “ उहाँको निधनले क्रान्तिकारी कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला मात्र नभएर सिंगो क्रान्तिकारी आन्दोलनमा अपूर्णण्ीय , अतुलनीय क्षति भएको छ र पार्टीले एउटा इमानदार, कर्मठ सिपाही गुमाएको छ। घरपरिवार बिचल्ली भएको छ । यस दुःखद क्षणमा सोकाकुल परिवारमा धैर्य धारणा गर्ने र आफुलाई सम्हाल्ने आट पैदा होस् भन्ने गहिरो समवेदना व्यक्त गर्दछु ।कमरेड भरत ठकुल्ला (आकाश) प्रति लाल सलाम सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”