विदेशी प्रभावमा चलेको सरकारले जेन्जीको मर्म संरक्षण गर्न सक्दैन : सुदर्शन

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली (सुदर्शन) ले शुशिला कार्की नेतृत्वको वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल मर्म तथा उद्देश्यमाथि धोका दिएको आरोप लगाएका छन्। पार्टीको ४ नम्बर ब्यूरोद्वारा आइतबार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार “भारत र अमेरिका द्धारा बनाइएको कटपुतली सरकार” भएको दाबी गरे।

वलीले विदेशी शक्तिको हस्तक्षेपमा बनेको यस्तो सरकारले जनविद्रोहको भावना बुझ्न नसक्ने र जनगुनासो समाधान गर्न झनै कमजोर देखिएको टिप्पणी गरे। “यो सरकार जेन्जीको मर्म र भावनाअनुसार अघि बढ्न असमर्थ छ,” उनले भने, “भ्रष्टाचार, तस्करी र दलाल तत्वमाथि कारबाही गर्न नपुग्ने, विदेशी एजेन्टको रूपमा सञ्चालन हुने चरित्रले देशलाई अझ संकटतर्फ धकेलिएको छ।”

उनका अनुसार अहिलेको राजनीतिक तथा आर्थिक संकट संसदभित्रका दलहरूले समाधान गर्न नसक्ने अवस्थामा पुगेको छ, र विकल्पका रूपमा संसदबाहिरको क्रान्तिकारी शक्तिको भूमिका बढ्न थालेको छ। वलीले पार्टीले उठाउँदै आएका जनसमस्या, भ्रष्टाचारविरोधी अभियान र राष्ट्रिय स्वाधीनताको मुद्दालाई सरकारले नजरअन्दाज गरिरहेको आरोप पनि लगाए।

कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि वर्तमान सत्ता संरचना, विदेशी हस्तक्षेप, तथा जेन्जी आन्दोलनको माग सम्बोधनमा भइरहेको लापरवाहीबारे आक्रोश व्यक्त गरेका थिए।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?