दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योल पारेकाे अखिल क्रान्तिकारी आरोप
पाेखरा : मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले एक विज्ञप्ति निकालेको छ । २०८० बैशाख १६ गते पृथ्वीनाराण क्याम्पसको हल ४११ मा संचालन भएको मेजर अंग्रेजी प्रथम वर्ष (४२१) को परिक्षामा छात्रा स्मृती पोखरेल उपस्थित भई परिक्षा दिनु भएको तर नतिजा प्रकाशन हुँदा अनुपस्थित भनी प्रकाशन भएको कुरा मिडियामा सार्वजानिक भएको र उक्त परिक्षा हलमा उपस्थित निरिक्षकको नियोजित र षडयन्त्रपूर्वक ढङ्गले परिक्षार्थीको हाजिर काटिएको भन्दै क्यामपस जिल्ला समिति संयोजक मनिष रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। निरीक्षकको विषयमा प्रशासनलाई जानकारी हुँदापनि दोषी लुकाउन खोजेको र विद्यार्थीको भविष्य अन्योलमा पारेकाे कारण बिज्ञप्ति निकालिएको…