काठमाडौं : अजित मिजारको हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित संगठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’माथि प्रहरीले हस्तक्षेप गरेको छ । कार्यक्रममा अन्धाधुन्ध बलप्रयोग गरी ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरुमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेक बहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवा लगायत हुनुहुन्छ । त्यसै गरी अन्य संगठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप बि.क. रहनु भएको छ ।
एकीकृत दलित मुक्ति मोर्चा, नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दालित अधिकार मञ्चले विरोध कार्यक्रमको आयोजना गरेका थिए ।