चुनाव बहिष्कारबारे रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन
बुटवल : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा पत्रकार सम्मेलन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीको जिल्ला सेक्रेटरी लक्ष्मीकान्त पौडेलको अध्यक्षता र बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन सशक्त रुपमा बहिष्कार गर्नु पर्ने बताउनु भएको छ । अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पुरा गर्न नसक्ने र पुरानै संसदवादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताउनु भयो। क्रान्तिकारी कम्युनिष्ट…