दिनेश शर्मा

‘हामीले नेपाली क्रान्तिको बाटो यहाँकै आर्थिक स्थिति भित्र खोज्नु पर्दछ’

‘हामीले नेपाली क्रान्तिको बाटो यहाँकै आर्थिक स्थिति भित्र खोज्नु पर्दछ’

काठमाडौं : जेष्ठ ५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को बीचमा तीन नम्बर प्रदेशमा एकता सम्पन्न भएको छ । काठमाडौंस्थित ईच्छुक प्रतिष्ठानको हलमा सम्पन्न एकता अधिवेशनबाट उक्त एकता सम्पन्न गरिएको हो । एकता अधिवेशनबाट चन्द्रहरी सुवेदी (अटल) संयोजक,सहसंयोजकहरु सुरेश श्रेष्ठ, लालबहादुर वि.सी., शरद रसाइली र गंगा पौडेल सहित २०३ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तीन नम्बर प्रदेश समन्वय समिति गठन गरिएको छ । जसमा तीन नम्बर प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) रहनुभएको छ । एकता अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) हुनुहुन्थ्यो । सहसंयोजक बास्तोलाले नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को एकता अधिवेशन,प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को एकता अधिवेशन,प्रशिक्षण तथा बैठक सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को एकता अधिवेशन सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच एकताबाट नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश ३ को एकता अधिवेशन सम्पन्न गरेको हो । पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनले पार्टीका कार्यालय सदस्य अटलको संयोजकत्वमा २०३ सदस्यीय प्रदेश संगठन समिति निर्माण गरेको छ । एकता अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक कञ्चनले नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्रमा राखेर दुई क्रान्तिकारी पार्टीबिच एकता गरिएको बताउनु भयो । उहाँले अन्तरिम कालको लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारामा सहमति गरिएको, दशवर्षे जनयुद्धको क्रममा भएका कतिपय उग्रवामपन्थी…
Read More
पार्टी एकता समयको माग र आवस्यकता

पार्टी एकता समयको माग र आवस्यकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) बीच पार्टी एकता सम्पन्न भएको छ ।यो एकताप्रती विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक दुबै प्रकारका टीका टिप्पणी बाहिर आएका छन । ती सबै टिप्पणीप्रती यहाँ चर्चा गर्न खोजिएको छैन , बरु यो एकता किन आवश्यक छ र यसले नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा कस्तो प्रभाव पार्न सक्दछ भन्ने बिषयमा नै मुख्य चर्चा गरिने छ । एकताको मूल आधार बिचार , राजनीतिलाई केन्द्रमा राखेर दुबै पक्ष ले छलफल गर्दै आएको र आधारभुत बिषयमा समान धारणा रहेकोले पार्टी एकता सम्भव रहेको कुरा जगजाहेर नै छ । र ,कतिपय बिषयमा मतभेद रहेको कुरा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता घोषणा सभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकता घोषणा सभा सम्पन्न

क्रान्तिको कार्यभार पूरा गर्ने नेताहरुको प्रतिबद्धता (फोटोफिचर)  काठमाडौं : १३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा आज काठमाडौंमा सम्पन्न भएको छ । घोषणा सभालाई पार्टीका बरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’, सहसंयोजकद्वय धर्मेन्द्र बास्तोला कञ्चन, सन्तबहादुर नेपाली, पार्टीका सल्लाहकारद्वय इश्वरी दाहाल ‘असारे काका’, गोविन्द सिंह थापा ‘मामा’, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’, गुणनिधि आचार्य लगायतका नेताहरुले विशेष सम्बोधन गर्नुभएको थियो ।  पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको अध्यक्षता र कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न…
Read More
१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

“सन् १८६६ मा पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले यो निश्चय गर्याे कि कामको दिन सीमित गरिनु त्यो पहिलो सर्त हो, जस बिना सुधार र मुक्ति अन्य सबै प्रयत्न अवश्य नै निस्फल सिद्ध हुनेछ । काङ्ग्रेसको प्रस्ताव छ कि कामको दिनको कानुनी सीमा आठ घण्टा होस् ।” – माक्र्सको पूँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३४ “सन् १८६६ अगस्ट १६ मा अमेरिकाको वाल्टी मोर मा भएको जनरल काङ्ग्रेस अफ लेबरले घोषणा गर्याे । आज पहिलो र सबैभन्दा ठूलो आवश्यकता यस कुराको छ कि यो देशका मजदुरहरूलाई पुँजीको दासताबाट मुक्त गर्नका लागि एउटा यस्तो कानुन पास गरियोस्, जसको मातहतमा अमेरिकी संघको सबै राज्यहरूमा…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…
Read More
क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जय दाहाल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको केन्द्रीय समितिको आयोजनामा शुक्रबार पार्टी कार्यालय कुपण्डोलमा विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी केन्द्रीय सहसंयोजक शारदा महतले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ की संयोजक अनु निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेल, अतिथिहरु पार्टीका कार्यालय…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्याे सहिद सप्ताहको पहिलाे दिन भव्य उद्घाटन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दङ्गालसहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारू पार्टी सङ्गठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान् वलिदानको माग गर्ने स्पष्ट गरे । ‘जनयुद्ध…
Read More