माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ट्रेड युनियान महासंघको प्रदेश नम्बर १ को महत्वपूर्ण निणर्य गर्दै बैठक सम्पन्न

ट्रेड युनियान महासंघको प्रदेश नम्बर १ को महत्वपूर्ण निणर्य गर्दै बैठक सम्पन्न

अप्सरा बानीयाँ निरौला/सुनसरी : अखिल नेपाल ट्रेड युनियान महासंघ प्रदेश नम्बर १ को बैठक विभिन्न महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ । सुनसरी जिल्लाको खनारमा बुधबार सम्पन्न बैठकले नजिकै आउदै गरेको मजदुर दिवस भव्य रुपमा सम्पन्न गर्ने र कारखाना जाऔँ भन्ने चार महिने मजदुर अभियान प्रदेश १ मा पनि तिब्र बनाउने निणर्य गर्दै सम्पन्न भएको हो । बैठकको प्रमुख अतिथि रहनु भएका पार्टीका केन्द्रिय सल्लहाकार समितिका सह–संयोजक कमल चौधरीले मजदुर दिवस तथा मजदुर महासंघले चलाएको ४ महिने अभियानलाई सानदार रुपमा सम्पन्न पार्न शुभकामना दिनु भयो । बैठकका अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियान महासंघका केन्द्रिय…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७ प्रदेशमा मनाउँदै चैत्र २४ अर्थात् जनआन्दोलन दिवस

काठमाडौं : नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि तथा अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र २४ अर्थात् जनआन्दोलन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । यो पार्टीले यस पटक सातवटै प्रदेशमा विभिन्न कार्यक्रम गरी चैत्र २४ को जनआन्दोलन दिवसलाई एउटा राजनीतिक उत्सवको रुपमा मनाउने तयारी गरेको हो । प्रदेश १ ले इटहरीमा, प्रदेश ५ ले भालुवाङमा, प्रदेश ४ ले पोखरामा, प्रदेश ३ ले काठमाडौंमा, कर्णाली प्रदेशले सुर्खेतमा र सुदूरपश्चिम प्रदेशले कैलालीमा विशेष कार्यक्रमको आयोजना गरी जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जनआन्दोलन दिवस मनाउनका लागि सबै पार्टी पंक्तिमा विशेष सर्कुलर…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे जनसभा तयारीकाे तीब्रता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे जनसभा तयारीकाे तीब्रता

बुटवल : मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत्र २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरु संचालित छन् । सोही क्रममा प्रदेश पाँचका जिल्लाहरुमा प्रचारात्मक अभियान संचालन भइरहेको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदीले जानकारी गराउनुभयो । यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो । प्रदेश अन्तरगत नवलपरासीबाट शुरु गरिएको प्रचारात्मक तथा परिचालनको अभियान रुपन्देही,कपिलबस्तु र दाङमा घनीभुत रुपले संचालन भइरहेको केसीले जानकारी दिनुभयो । पार्टीका…
Read More
सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

शाेभराज बराल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) ले प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सुदर्शनले जनयुद्धको क्रममा प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका हुन् । जनयुद्धको समयमा कम्युनिस्टहरु ढुंगामा पनि उमृनु पर्छ भन्ने भावनाका साथ संघर्षमा होमिएको बताए । उनले जनयुद्धका क्रममा आफू बाजुराबाट भाग्न सफल भएको बताउँदै एकीकृत क्रान्तिको क्रममा पनि आफू नख्खु जेलमा ३ बर्ष बसेको स्मरण गरे । ‘हामी फेरि पनि कुइरोको काग जस्तो अल्मलिन थालेका छौं । हामी स्पस्ट रूपमा अगाडि जान सकेनौं भने…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…
Read More
क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज विकल्पलाई आज ३८ दिनपछि रिहा भएको छ । उनलाइ काठमाडौँ जिल्ला अदालतले २४ दिनपछि २० हजार धरौटिमा थुनामुक्त गरे लगत्तै प्रहरी प्रसासनले अदालत परिसरबाटै षड्यन्त्रमूलक ढंगले गिरफ्तार गरेको थियो । उक्त संगठनका संयाेजक हरिश भट्टले प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइकाे माग गरेका थिए ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराउनु भएको छ । वक्तव्यमा भनिएको छ, “वैदेशिक रोजगारको विषयमा उहाँंलाई जोडेर पत्रकार सम्मेलन र विभिन्न मिडियामा समाचार आएपछि पार्टीले त्यसको छानबीन गरी सत्यतथ्य सार्वजनिक गरिने छ भनी प्रेस वक्तव्यद्वारा प्रष्ट पारेको थियो । त्यसै अनुसार पार्टीले न्याय तथा कानुन विभागद्वारा आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यहरुका आधारमा क. भूपेन्द्र न्यौपाने निर्दोष भएको ठहर गरेको छ र सो विषयबारे प्रष्ट गरी यसै प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।” वक्तव्यमा यस सन्दर्भमा केही गलत तत्वहरु…
Read More
व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

काठमाडाैँ : व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन(विगेसो)ले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । अनामनगर संवाद डवलीमा शुक्रबार गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध गराउने माग राखी विगतदेखि नै संघर्ष गर्दै आएको हो । व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठन(विगेसो)का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्वुको संचालनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवं व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठनका सल्लाहाकार परि थापाले आफनो भनाइराख्नु भएको थियो भने व्रिटिश गोर्खा भूतपूर्व सिंगापुर विभाग प्रमुख पल वहादुर घर्तीले मागपत्र पढेर पत्रकारहरुलाई सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा जलस्रोतवीद तथा लेखक रतन भण्डारीको पनि उपस्थिति रहेको थियो । पत्रकारहरुलाई पढेर सुनाएको मागपत्र…
Read More
गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य

गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायत चार किसान संगठनहरुले वर्तमान वाम बाहुल्य रहेको गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेध गरेकाे छ । बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले वर्तमान गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेधमा संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । संयुक्त प्रेस वक्तव्यमा भनिएकाे छ, १. अहिले बनेको बाम बाहुल्य रहेको भनिएको गठबन्धन सरकारले प्रस्तुत गरेको संकल्पपत्रमा भूमि बैंक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले दिए दुलाललाइ भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले दिए दुलाललाइ भावपूर्ण श्रद्धाञ्जली

चौतारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य प्रदिप दुलाल (स्वतन्त्र)को ममतामही आमा नन्दमाया दुलालको ७६ वर्षको उमेरमा निधन भएको छ । साेमबार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी ममतामही आमा नन्दमाया दुलालकाे निधनले उक्त पार्टीले दुःख व्यक्त गरेकाे छ । जिल्ला संयाेजक सृष्टिले शुक्रबार प्रेस वक्तव्य जारी गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले भनेका छन्, 'कमरेड प्रदिप दुलाल (स्वतन्त्र) लगायत सम्पूर्ण शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।' प्रेस वक्तव्यमा भनिएकाे छ, 'सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी…
Read More