माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ल्होसार बारे

ल्होसार बारे

लेखक : दिपक गुरुङ ल्होसार तथा पुसे पन्ध्रलाई तमु गुरुङहरुले राष्ट्रिय पर्वकोरुपमा धुमधामले मनाउदै आईरहेका छौ।यस वर्षपनि अङ्ग्रेजी वर्ष २०२५ संगै नयाँ वर्ष सप्री ल्हो सर्प वर्ग भित्रीदै छ ।सर्व प्रथम त सम्पुर्ण देश तथा प्रदेशमा रहनु हुने नेपालीहरुमा तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। (छ्याजलो,.नमस्ते)(आशििमाला.हार्दिक शुभकामना ( व्यक्त गर्न चाहान्छु ।खासमा ल्हो को अर्थ वर्ष हो भने,सारको अर्थ नयाँ भन्ने हो।समग्रमा ल्होसार( नयाँ वर्ष) भन्ने नै हुन्छ।गुरुङ समुदायले मान्नै पर्ने र मनाउनै पर्ने,प्रकृतिमा पाईने १२ प्रकारका प्रजाति पशु पंक्षिहरुको नाम बाट ल्हो वर्षलाई नामाकरण गरिको छ।सर्प,घोडा,भेडा,बादर,चरा,कुकुर मृग,मुसा,गाई बाघ,बिरालो र गिद्द वर्ग हुन।यि बाहृवटा वर्ग क्रमश पालो पालो गरि १२…
Read More
राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

राष्ट्रिय एकता महाधिवेशनको समीक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौमा सम्पन्न भयो । पार्टीका सबै तहका समितिहरूमा महाधिवेशनको अवश्य पनि समीक्षा हुने छ,तथापि यहाँ संक्षिप्तमा प्रारम्भिक समीक्षा राखिएकोछ । यो महाधिवेशन अवश्यमेव दीर्घकालीन महत्वको हुनेछ । महाधिवेशनको मुख्य दुई वटा कार्य हुन्छ ,एक वैचारिक कार्य र दुई सांगठनिक कार्य । यसलाई अर्को शब्दमा नीति र नेतृत्व तय गर्ने पनि भनिन्छ । यो महाधिवेशनको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको यसले पार्टीको सही राजनीतिक कार्यदिशा तय गरेको छ । नयाँ जनवादको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा पुग्नका लागि कार्यनीतिक शृङ्खला तय गरिएकोछ । जन संघर्ष , प्रतिरोध संघर्ष…
Read More
काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाण्डौ : अखिल क्रान्तिकारीले काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको तत्काल रिहाइको माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रवेश रुम्बा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सदस्य नवराज ढकाललाई सांगठनिक कामका सिलसिलामा बिना कारण प्रहरी प्रशासनले काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वाड न. ६ स्थित भगवति उच्च माविबाट गिरफ्तार गरेको थियो । पौष ४ गते युनियनका संयोजक महेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी रिहाइको माग गरेका हुन् ।
Read More
स्पाटार्कस ! तिमी यतिबेला हाँस्नु हुन्न

स्पाटार्कस ! तिमी यतिबेला हाँस्नु हुन्न

लेखक : जगदिश चन्द्र आबारा गुन्डालेस्पाटार्कसलाई धारे हात लगाएरलाञ्छित गर्दैमाअथवा इतिहासको सङ्गीन घडीमाखिसिट्युरी गरेररत्यात्मक आनन्द लिएरदाहिने र देब्रे दुवै सिङलेहानेर स्पाटार्कसलाईरगतपच्छे बनाएको ठानेका हौलास्पाटार्कस जिउँदो मानिस होबहुराष्ट्रिय कम्पनीकोदानापानी खाएरउग्राउने र बान्ता गर्नेविचारविहीन गधा त हुँदै होइन प्रुधों काउत्स्की बर्नस्टिनबाकुनिन मार्तोभ ख्रुस्चेभकाट्सकी मिलेंरा देङहरुकोवीर्याधानमा निर्मित विकसितकुनै बर्बर अजीवप्राणीको स्वरूपमा ढालिएकोकाम्य आराध्य पुरुष जस्तोपनि त होइन मेरो स्पाटार्कस मिथक फेन्टासीलाईआफ्नो आँखामा राखेरदुनियाँ र यसका बासिन्दालाईभ्रमको पोखरीमा डुबाउनेतिम्रा नायकभन्दामेरो स्पाटार्कस कति हो कति अग्लो बुर्जुवा ठर्राको मातमान पराक्रमी पाइला देखिन्छन त उत्सर्गका ध्वनि सुनिन्छकहिले कथितका पाउमाग्याालेनका ग्यालेन ओसारेरकहिले एनजीओ आइएनजिओकामानव तस्करीमा लागेरकमाउन कमायौ होलार मुस्करायौ होलापरन्तुस्पाटार्कस तिमी जस्तो छैन हुन्न पनि क्रान्ति र…
Read More
फोरम (आन्तरिक बहस) सम्पन्न

फोरम (आन्तरिक बहस) सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशनको सन्दर्भमा सञ्चालन गरेको फोरम ( आन्तरिक बहस) सम्पन्न गरेको छ । प्रदेश र जिल्ला स्तरका फोरमहरु सम्पन्न भएपछि २०८१ कार्तिक २५ गते प्रवास क को कार्तिक ३० गते केन्द्रीय सल्लाहकार र गैरभूगोलसंग सम्बन्धित सदस्यहरुको र मंसिर २ गते प्रवास ख,को फोरम सञ्चालन गरिएको थियो । २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)का बीचमा माओवाद र माओविचारधारा ,जनयुद्धको मूल्याङकन र राज्य पुनःसंरचनाको बारेमा खुला बहस गर्ने निर्णय भए अनुरुप छलफल भईरहेको बताईएको छ । खुला छलफलको बहसमा पार्टी भन्दा बाहिरका व्यक्तिहरुबाट पनि छलफलमा भाग लिने काम भएका छन्…
Read More
महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौले महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा २०८१ मंसिर ३ गते कीर्तिपुर बाघभैरवमा कोणसभा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रमेश महर्जनले गरेका थिए कार्यक्रममा केन्द्रीय प्रवक्ता सुदर्शन र तीन नं प्रदेश संयोजक अटलले सम्बोधन गरेका थिए । साथै दक्षिणकालीको फर्पिङमा पनि कोण सभा सम्पन्न भएको सभाको उद्घोषण सुरेश तामाङले गरेका थिए भने काडमाण्डौ जिल्ला सदस्य बन्धुदेव पाण्डे लगायतले मन्तव्य राखेका थिए । सोही दिन नै कीर्तिपुरको पाँगा दोबाटोमा कोणसभा सम्पन्न भएको छ । कोण सभामा सचिन महर्जन लगायतले सम्बोधन गरेका थिए । काठमाण्डौ जिल्लाका इन्चार्ज पुस्कर श्रेष्ठ विद्यार्थी…
Read More
उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८१ मंसिर १६ गते गर्ने भनिएको स्थानीय तहको उप निर्वाचनको शसक्त प्रकारले बहिस्कार गर्ने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले कार्तिक २८ गते एक प्रेस वक्तव्य जारी गरी सो कुराको जानकारी गराएका हुन् । वक्तव्यमा अगाडि भनिएको छ । –विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं.२०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको…
Read More
राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

लेखक : मनु विक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन यही मंसिर १३ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको छ । “राष्ट्रिय एकता महाधिवेशन भव्यरुपमा सफल पारौं । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ।”भन्ने मूल नाराका साथ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न हुन गइरहेको छ । एकता महाधिवशेनको सन्दर्भमा देशव्यापी रुपमा भेला सम्मेलनहरु सम्पन्न भइरहेका छन् । महाधिवेशको प्रचार प्रसार तीव्र रुपमा भइहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला तथा केन्द्रका कार्यकर्ताहरु महाधिवेशन सफल पार्नकोलागि निरन्तररुपमा जनभेटघाट ,छलफलमा लागिपरेका छन् । महाधिवेशन सफल पार्नको लागि हरतरहले लाग्नु पर्ने भएको छ ।महाधिवेशनकोलागि क्रान्तिकारी कम्युनिष्ट पार्टी…
Read More
कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीको एकता महाधिवेशन आयोजक समितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जलीसभामा कमरेड पुष्पगोपाल श्रेष्ठले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता र कार्यालय सदस्य दिनेश शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा अतिथिहरु सीपी गजुरेल, रामसिंह श्रीस, सुदर्शन, प्रतीक, कुमुद लगायतका नेताहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक किरणले कमरेड पुष्पगोपाल श्रेष्ठमा निडरतापूर्वक आफ्नो कुरा राख्ने बेजोड कला भएको बताउनु भयो । उहाँले भन्नुभयो, “क्रान्तिप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । क्रान्तिकारी शक्तिलाई कसरी…
Read More
जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ : संयोजक मोहन वैद्य ‘किरण’

जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ : संयोजक मोहन वैद्य ‘किरण’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले आसन्न महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्ने बताउनु भएको छ । वर्गदृष्टि र मूलबाटो डटकमलाई अन्तर्वार्ता दिंदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा राजनीतिक संकट चुलिएको, देशमा जनअसन्तुष्टी चुलिएको र जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको विश्लेषण गर्दै उहाँले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै नेपाली राजनीतिको एकमात्र क्रान्तिकारी विकल्प रहेको पनि दावी गर्नुभयो । उहाँले मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट नेपालमा विद्यमान राजनीतिक संकट समाधानका लागि आवश्यक पर्ने राजनीतिक क्रान्तिको कार्यभार पूरा गर्ने गरी राजनीतिक कार्यदिशाको विकास गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीभित्र ‘माओवाद र माओविचारधारा’, जनयुद्धको मूल्यांकन,…
Read More