क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे यस्ता छन् ताजा समसामयिक विषयमा निर्णयहरू

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राजतन्त्र फर्काउन गरिने कुनै पनि प्रयासका विरुद्धमा रहेको जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । देशको समसामयिक विषयमा निर्णय लिन फागुन १२ गते बसेको पिवीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै पार्टीको सो धारणा सार्वजनिक गरिएको हो ।

बैठकले समसामयिक घटनाहरु सम्बन्धी विभिन्न निर्णयहरु लिएको छ । जसमध्ये गत फागुन ७ गते “प्रजातन्त्र दिवस”मा पूर्वराजा ज्ञानेन्द्र शाहले “हामीलाई साथदिन सबै देशवासीलाई आह्वान गर्दछौं” भन्दै देशवासीका नाममा दिएको भिडियो सन्देशप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको र पूर्व राजामा यसरी बोल्ने आँट आउनुमा एकातिर नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको राष्ट्रहित, जनहित विरोधी नीति तथा व्यवहार हो भने अर्कोतिर भारतीय जनता पार्टीको उक्साहट हो भन्ने ठहर गरेको छ । र प्रेस विज्ञप्तिमार्फत पूर्वराजा र राजावादीहरुले राजतन्त्र फर्काउन गर्ने कुनै पनि प्रयासका विरुद्ध हाम्रो पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ भनिएको छ ।
साथै प्रेस विज्ञप्तिमार्फत ताप्लेजुङ जिल्लाको मकुम्लुङमा स्थानीय जनचाहना विपरीत केबुल कार निर्माण गर्न राज्यले जनतामाथि जुन दमन गरिरहेको छ, त्यसको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र त्यहाँ केबुलकार निर्माण गर्ने वा नगर्ने भन्ने कुरा त्यहाँकै स्थानीय जनताको चाहना अनुसार होस् भन्ने माग गर्दछ भनिएको छ ।

माथि उल्लेखित घटनाहरुका साथै भारतको ओडिसामा कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत प्रकृति लम्सालको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दूरव्यवहारले नेपालको शिक्षा क्षेत्रमा आएको ह्रास र नेपाल सरकारको लापरवाहीको प्रदर्शन गरेको छ भनिएको छ । साथै विज्ञप्तिमा नेपाल सरकारसँग त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी कति थिए र कति फर्किए भन्ने सही तथ्याङ्क प्रकाशित गर्न र उच्च शिक्षा हासिल गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेश मै सर्वसुलभ रुपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपालका ती नेताहरु मुख्यतः नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुको कामलाई फ्रड (ठगी)को आरोप लगाएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालका संसदवादी दलका नेताहरुले देशलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतिर लैजाने भन्दा पनि विभिन्न साम्राज्यवादी शक्तिहरुको दलाली गरेर देशलाई पर निर्भरतातिर लगिरहेका छन् भनेर जुन आलोचना गर्दै आएको छ, त्यो कुरा थप पुष्टि हुन पुगेको छ भनेर विज्ञप्तिमा जोड दिइएको छ ।
वक्तव्य यसप्रकार छ –

By जन बिहानी

Related Posts