
१) भूमिका :
हामीले हामी स्वयं रहेका कम्युनिष्ट पार्टीहरुमा संशोधनवादीहरु हावी भएपछि त्यस्ता पार्र्टीबाट विद्रोह
गरी क्रान्तिकारी कम्युनिष्ट पार्र्टी नेपालको निर्माण गरेका छौं । आज एकतातिर केही नेताहरूको विचलन र
विश्वासघातले गर्दा जनताको कम्युनिष्ट आन्दोलनप्रति नै अविश्वास बढिरहेको छ भने अर्कोतिर हाम्रो देशमा नै
जनता कम्युनिस्टप्रति सबभन्दा बढी आकर्षित रहिरहेका छन्। हाम्रो पार्र्टी विद्रोही कान्तिकारीहरुबाट बनेको हुँदा
यसका जराहरु जनजमिनमा बलियोसँग गाडिन पाएका छैनन्। त्यसकारण राष्ट्रिय एकता महाधिवेशनबाट बनेको
पार्र्टी, यसको कार्यक्रम र कार्यदिशा जनतामाझ स्थापित गर्न हामीलाई जनसम्बन्ध विस्तार अभियानको
आवश्यकता परेको छ ।
दोश्रो कुरा, हामीले विचारधारात्मक तथा राजनीतिक कार्यदिशालाई नयाँ उचाईमा विकास गरेका छौं ।
हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवादमाथि बहस गरेर माओका योगदानहरु सार्वभौम
छन्भन्ने बुझाईको एकरुपतामा पुगेका छौं र राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिको खुड्किलोपार गर्दै
वैज्ञानिक समाजवादमा संक्रमण गर्ने बनाएका छौं । नेपाली क्रान्तिको मोडल तयार पारेका छौं । यसलाई नेता,
कार्यकर्ता र जनताका बीच पु¥याउन योअभियानको आवश्यकता परेको हो।
तेश्रो, पार्र्टीलाई जनताहरूबीच स्थापित गर्न जनदिशा (mबककष्लिभ) अनुसार जनवर्र्गीय, पेशागत,
राष्ट्रिय मोर्चा र विशिष्ट संगठनलाई सक्रिय र सचेत बनाउनुपर्ने आवश्यकता छ । पार्र्टी यी संगठनहरुको
क्रियाशीलता र जनसम्बन्धबाट मात्र बलियो हुनसक्छ । तिनलाई क्रियाशील बनाउन र विकास गर्न यो
अभियानको आवश्यकता छ ।
चौथो, हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका जल्दाबल्दा मुद्दाहरुलाई लिएर संघर्ष गर्नुपर्ने हुन्छ ।
यदि हामी यो अभियानका साथ जनतामा गएनौं भने जनतालाई परेको समस्या के हो ? त्यसको निराकरण
कसरी गर्ने? आदि प्रश्नहरुकोसही जवाफ दिन सक्तैनौं । स्थानीय र केन्द्रीय मुद्दाहरू छुट्याउन पनि आवश्यक
छ । यी मुद्दाहरु जनताको मन छुने भएपछि मात्र जनसंघर्षमा उनीहरुको सह–भागिता हुनेछ ।
पाँचौं, पार्र्टी एकता र राष्ट्रिय एकता महाधिवेशनपछि हामीले जनतासँग पनि नयाँ आधारमा नयाँ एकता
गर्नुपर्दछ । जनता र पार्टीको सम्बन्ध पानी र माछाको जस्तो बनाउन आवश्यक छ । यो अभियानले हामीलाई
त्यस दिशामा लैजानेछ ।
छैठौं, पार्र्टीका जिम्मेवार कमरेडहरूदेखि आम पार्र्टी सदस्यहरू र जवस÷मोर्चाका जिम्मेवार साथीहरूले
संगठन, अनुशासन र विधि राम्रोसँग सिक्न–सिकाउन जरुरी छ । त्यो प्रवचनबाट मात्र होइन, बरु व्यवहारबाट
पनि सिक्न–सिकाउन जरूरी छ, किनभने व्यवहार सत्यताको कुसौटी हो। जनसम्बन्ध विस्तार अभियान यसमा
विशेष रुपले आकर्षित रहनेछ ।
२) अभियानको उद्देश्य
१) पार्टीलाई जनतासँग जोडी स्थापित गर्ने ।
२) जनसंगठन निर्माणमा जोड दिने र पार्टी संगठनलाई सुदृढ गर्ने ।
३) राष्ट्रिय एकता महाधिवेशनबाट पारित विचारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच प¥याउने ।
४) पार्र्टी एकताको महत्वबोध जनतालाई गराउने ।
४) संघर्षका मुद्दाहरु संकलन गरी सूत्रबद्ध गर्ने।
५) वर्गविश्लेषणका ठोस आधारहरु खोज्ने र दलाल तथा नोकरशाही पूँजीवाद हाम्रो प्रमुख दुश्मन हो भन्ने कुरा
स्थापित गर्ने ।
६) हाम्रो पार्र्टीको स्थिति र अन्य पार्टीको स्थितिबारे ठोस सामग्री संकलन गर्ने।
७) शहीद तथा वेपत्ता परिवारजन, घाइते तथा अपाङ्ग योद्धाहरुसँग भेटघाट गरी उहाँहरुको स्थितिबारे मूर्त
जानकारी तयार पार्ने ।
३) अभियानको अवधि
यो अभियान डेढ महिनाको हुनेछ । चैत्र १ दोखि बैशाख १८ को मे दिवससम्म ।
४) अभियानको विधि
यो जनसम्बन्ध विस्तार अभियानको मार्ग पश्चिमबाट कञ्चनपुर र बैतडीबाट शुरू गरी काठमाडौं
पुग्नुपर्दछ भने पूर्वको झापा र पांचथरबाट शुरु गरी काठमाडौ आउनुपर्दछ । यसको लागि ४ टोलीको
आवश्यकता पर्दछ । यी चार टोलीको नेतृत्व स्थायी समितिका सदस्यहरुले गर्नेछन्। आवश्यक केन्द्रीय सदस्यहरु,
युवा र जनस्वयंसेवकबाट मिलाएर २/२ जना, साँस्कृतिक टीमबाट ३÷३ जना, हरेक जवस मोर्चाहरुबाट १÷१
जना रहनेछन्।्। हाम्रो अभियान मार्गको आधार तराईमा महेन्द्र राजमार्ग र पहाडमा लोकमार्ग हुनेछ । हामीले
केही भूगोल पार गरेपछि दुई टोलीहरूमा पहाडको मधेशतिर झर्नेछौँ र मधेशको पहाड उक्लनेछौं । अन्ततः
काठमाडौँ वरिपरि व्यापक अभियान चलाएर मे दिवसका दिन विशाल सभा गर्नेछौं । यसमा केन्द्रीय अभियान
टोलीको भोजन तथा बासेस्थानकोव्यवस्थापन क्षेत्रीय व्यूरोहरुको समन्वयमा जिल्लाहरुले गर्नेछन्।
५) कार्यक्रम
क्षेत्रीय ब्यूरोहरुको आयोजनामा केन्द्रीय प्रशिक्षणहरु गर्ने र त्यसपछि क्षेत्रीय ब्यूरोहरुको समन्वयमा अभियान
पुगेको जिल्लामा अभियानका नेताहरुसहित बैठक बस्ने । भित्तेलेखन, पर्चा वितरण, कोणसभा, जनभेटघाट,
शहीद–वेपत्ता परिवार र घाइते/अपाङ्ग योद्धाहरुसँग भेटघाट, जनसभा, संगठन निर्माण, सांस्कृतिक कार्यक्रम र
जनसेवा कार्यक्रम गर्ने।
(केन्द्रीय समितिको बैठकमा प्रस्तुत तथा केन्द्रीय समितिको अनुमतिमा आवश्यक परिमार्जनसहित राजनीतिक परिषदको बैठकबाट पारित )