Blog

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे निर्देशन

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०।१ को खण्ड ९न० मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेका छन् ।सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अधिकांश…
Read More
ललितपुरको टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटना

ललितपुरको टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटना

काठमाडौं : ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको समाचार प्राप्त भएकाे छ । बिहीबार बिहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । चालक विशाल कट्टेल सकुशल रहेको र दुर्घटनाबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
Read More
विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी ३५ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

काठमाण्डौ : विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा युवाहरु प्रवेश गरेका छन् । २०८१ साल भाद्र १५ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेको थियो । कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा वागमती प्रदेश संयोजक अटलको अध्यक्षता, कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यता रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठ , केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश सह–संयोजक प्रभात ,काठमाण्डौ जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ ,ललितपुर जिल्ला इन्चार्ज खगेन्द्र रहेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र अध्यक्षबाट अविर सहित खादा ओढाएर स्वागत गरिएको थियो । ने.क.पा.माओवादी केन्द्र , ने.क.पा. विप्लव समुह…
Read More
शनिबार मध्यरातबाट लागू हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार मध्यरातबाट लागू हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै पेट्रोल र मट्टीतेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४…
Read More
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…
Read More
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशी गिरफ्तार, तत्काल रिहा गर्न माग

काठमाडाैँ : अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश जाेशीलाइ प्रहरीले गिरफ्तार गरेकाे छ । उनलाइ काठमाडाैँकाे नरेफाट काेटेश्वरबाट भदाै १३ गते बिनाकारण प्रहरीले गिरफ्तार गरेकाे छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय संयाेजक महेश श्रेष्ठले उनलाइ तत्काल ससम्मान रिहाइ गर्न माग गरेका छन् ।
Read More
क्रान्तिकारी द्वारा बेपत्ता विद्यार्थीको खोजी गर्न माग

क्रान्तिकारी द्वारा बेपत्ता विद्यार्थीको खोजी गर्न माग

काठमाडौ : अखिल (क्रान्तिकारी)ले रूस अध्यन गर्न भनी गएका विद्यार्थी दिनेश नायक अलपत्र भएकोमा खोजी गर्न नेपाल सरकार सित माग गरेकोछ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले २०८१ भाद्र १४ मा एक वक्तव्य प्रकाशित गरी सो माग गरेका हुन। वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –नेपाली विद्यार्थीहरू शैक्षिक बेरोजगारीको समस्याका कारण ठूलो संख्यामा विदेशिन बाध्य भैरहेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार ड्रीम कन्सल्टेन्सी,ल्याण्डमार्क कन्सल्टेन्सी लगायत शैक्षिक परामर्श केन्द्रबाट अध्ययन सँगै उचित रोजगारीको प्रलोभन देखाइ रूस पुर्याइएका विद्यार्थीहरूलाई भने जस्तो रोजगारीको ब्यबस्था हुन नसकेकाले लगभग १५० विद्यार्थीहरू अलपत्र पर्नुका साथै यसै कारण दिनेश नायक रसियाली सेनामा भर्ती हुन बाध्य…
Read More
सर्वहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने वस्तु केही छैन

सर्वहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने वस्तु केही छैन

लेखक : गंगा पौडेल कम्युनिष्ट घोषणा पत्र वैज्ञानिक साम्यवादका आविष्कारद्वय कार्लमाक्स र फ्रेडरिक एंगेल्सको ऐतिहासिक कृति हो । १८४७ मा वेलायतमा भएको युरोपियन कम्युनिष्टहरुको सम्मेलनमा कम्युनिष्ट लिगको गठन भएपछि माक्र्स एेंगेल्सले घोषणापत्र तयार गरेका थिए । कम्युनिष्ट घोषणापत्र विश्वका मजदुर र क्रान्तिकारी आन्दोलनको एउटा धारिलो हतियार बनेको छ । यो हतियारले अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनको कामलाई गतिशिल बनाएको छ । घोषणापत्र विश्व विख्यात कृतिको रुपमा स्थापित भएको छ । १८४८मा जर्मनभाषामा यसको पहिलो प्रकाशन भएको थियो । संसारका धेरै भाषामा यसका संस्करणहरु निष्केका छन् । नेपालीभाषामा पनि यो प्रकाशन भएको छ । विश्वका विभिन्न मुलुकहरुमा मजदुर आन्दोलन र प्रगतिशील जनवादी आन्दोलनको…
Read More