Blog

बिगेसो महिला विभागद्वारा विशेष कार्यक्रम सम्पन्न

बिगेसो महिला विभागद्वारा विशेष कार्यक्रम सम्पन्न

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को आयोजनामा सर्वोच्च अदालतको ११ दिने निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रम अन्तर्गत बुधबार बिगेसो महिला विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकार, भूतपूर्व गोर्खा सैनिकका मुद्दा, राष्ट्रिय स्वाभिमान, स्वाधिनता, श्रम शोषण तथा महिला अधिकार हनन जस्ता विषयमा कार्यक्रमका अतितिहरुले विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पमुख अतिथिको रुपमा उपस्थित हुनुभएका बिगेसाका प्रमुख सल्लाकार परि थापाले भूतपूर्व गोर्खाहरुका सम्बन्धमा सर्वोच्च अदालतको दिएको निर्देशनात्मक आदेश अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो । बिगेसो महिला विभाग संयोजक श्रीमती सुलोचना रोक्का गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु, अखिल नेपाल…
Read More
महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज

महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज

माेहन वैद्य 'किरण', महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुस १ गतेदेखि सघन उपचारमा रहनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण स्वास्थ्यमा सुधार भई अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । उहाँ माघ १४ गते साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको पार्टीका कार्यवाहक महासचिव गौरवले एक वक्तव्यमार्फत् जानकारी गराउनु भएको छ । स्वास प्रश्वासको दीर्घरोगी उहाँ निमोनियाबाट समेत संक्रमित हुनुहुन्थ्यो । उहाँको उपचारमा संलग्न डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्य सहित अन्य डाक्टरहरु र परिचारिकाहरुको अथक प्रयास र…
Read More
तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

काठमाडौं : आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा,…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघको ५ बुँदे समसामयिक धारणा सार्वजनिक

क्रान्तिकारी ट्रेड युनियन महासंघको ५ बुँदे समसामयिक धारणा सार्वजनिक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघले समसामयिक विषयमा पाँच बुँदे धारणा सार्वजनिक गरेको छ । महासंघका केन्द्रीय संयोजक इश्वर तिमल्सिनाले सोमबार एक वक्तव्यमार्फत् महासंघको समसामयिक विषयमा धारणा सार्वजनिक गर्नुभएको हो । वक्तव्यमा भनिएको छ, “क्रान्तिकारी मजदुर आन्दोलनको नेतृत्वदायी शक्तिको रुपमा स्थापित हाम्रो संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल देशमा विद्यमान दलाल तथा नोकरशाही एवं सामन्तवाद विरुद्ध अनवरत लाल झण्डा उठाइरहेको छ। विभिन्न घुम्ती र मोडहरुबाट गुज्रदै विभिन्न संघ–संगठनसँग एकता सम्पन्न गरि नीति, योजना र कार्यक्रमको समेत विकास गर्दै अगाडि बढिरहेको छ। मजदुर आन्दोलनमा कृयाशिल साम्राज्यवाद विरोधी शक्तिहरुसँग मोर्चा निर्माण गर्दै अन्य प्रतिक्रियावादी अनुदानमा चलेका संघ–संगठन…
Read More
अध्यादेशको संस्कृति

अध्यादेशको संस्कृति

लेखक – सन्तबहादुर नेपाली के.पी. ओली नेतृत्वको सरकारले जारी गरेको पाँच वटा अध्यादेशहरुलाई लिएर देशमा अहिले व्यापक विरोधको स्वरहरु उठिरहेका छन् । खास गरेर मन्त्री परिषद्को बैठकले पारित गरी राष्ट्रपति समक्ष पठाइएका ५ वटा अध्यादेशहरु मध्ये ४ वटा, (क) “सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” (ख) “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१” (ग) “निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१” र (घ) “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१” लाई गत पुसको २९ गते राष्ट्रपतिद्वारा प्रमाणिकरण गरिएको थियो । विचाराधीन राखिएको अध्यादेश,…
Read More
भूमिसम्बन्धी अध्यादेश खारेज गर्न ६ किसान संगठनकाे जोडदार माग

भूमिसम्बन्धी अध्यादेश खारेज गर्न ६ किसान संगठनकाे जोडदार माग

काठमाडौं : सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न ६ किसान संगठनहरुले जोडदार माग गरेका छन् । किसान हक हित तथा अधिकारकोलागि क्रियाशील वाम राजनीतिक सम्बद्ध किसान संगठनहरुले सरकारले जारी गरेको अध्यादेशमा किसान,भूमिहीन ,गरिब, दलित तथा सुकुम्बासी विरोधी र दलाल तथा भूमाफियाहरुको सेवा गर्ने खालको प्रावधान रहेको भन्दै अध्यादेश तत्काल खारेज गर्न माग गरेका हुन् । काठमाण्डौ अनामनगरस्थित संवाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै किसान संगठनका नेताहरुले आफूहरुले विगतमा राखेको मागहरुको सरकारले बेवास्ता गरेको जनाए र भूमि सम्बन्धी अध्यादेशमा रहेका गलत प्रावधानहरुको विरोधका साथै आफूहरुले विगतमा सरकारलाई बुझाएको ६५ बुँदे मागको सुनुवाईको लागि संघर्षमा उत्रने चेतावनी समेत दिए ।…
Read More
बिगाेसाेद्वारा माघ १३ देखि २४सम्म गरिने शान्ति र्‍याली र सभा गर्दै

बिगाेसाेद्वारा माघ १३ देखि २४सम्म गरिने शान्ति र्‍याली र सभा गर्दै

काठमाडाैँ : २०७९ माघ २४ गतेको सर्वोच्चको निर्देशनात्मक आदेशको उपलक्ष्यमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैसन्दर्भमा बिगेसोव्दारा यही माघ १३ देखि २४ गतेसम्म गरिने शान्ति रयाली, कोणसभा र आमसभामा सहभागितका लागि विभिन्न संघसंस्थाहरुलाई ऐक्यवद्धताका लागि निम्न अनुरोध गरिएको छ । https://www.youtube.com/watch?v=-9V4QjgSngM कार्यक्रम सुरू भएकाे दाेस्राे दिनकाे कार्यक्रमलाइ बिगाेसाेका सल्लाहकार सिताराम तामाङ, समाजसेवी तथा पत्रकार झनक श्रेष्ठ, सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीमगरलेलगायतले ऐक्यवद्धता जनाएका थिए । कार्यक्रमकाे अध्यक्षता बिगाेसाेका अध्यक्ष पदमसुन्दर लिम्बूले गर्नु भएकाे थियाे भने प्रमुख अतिथि उक्त संस्थाका प्रमुख सल्लाहकार परि थापा रहनु भएकाे थियाे । https://www.youtube.com/watch?v=83DnkaQFSkM
Read More
संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार

संस्मरण : आत्मसंर्घष बर्गसंर्घषको आधार रवि 'विकल्प' लेखक : रवि पाण्डे 'निरन्तर क्रान्तिको अभियानमा एकपटक होइन हजारौ पटक आत्मसंर्घषको परिक्षा दिनुपर्छ' मेरो मनमा एक किसिमको नरमाइलो छाएको छ । म आज घरमा कसैलाई खबरै नगरी कतै जाँदैछु । मन गह्रौ भएको छ । कता कता गहौं मनमा कौतुहलता पनि छ । मैले भित्ताको काँटीमा टाँगिएको एकजोर कपडा लिएर निलो प्लाष्टिकको झोलामा राखे । आज आमहडतालको चौथो दिन अर्थात २०६२ साल चैत्र २८ गते । गाउँका एक जना दाजु ठुल्दाईलाई कमरेड नबीन र मैले आज ‘हामी कतै जाने योजना छ’ भन्ने कुरा सुनाऔं । पुरै योजना भने हामीले उहाँलाई भनेनौ ।…
Read More
आज देशभर पश्चिमी वायुको प्रभाव

आज देशभर पश्चिमी वायुको प्रभाव

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
Read More
छाउगोठमा सुतेरहेकी महिलामाथि बाघको आक्रमण

छाउगोठमा सुतेरहेकी महिलामाथि बाघको आक्रमण

धनगढी: कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ । बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।
Read More